
बाजुरा– कुटपिट मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका एक फरार प्रतिवादीलाई बाजुरा प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत बाजुराको मिति २०८२ जेठ ६ गतेको फैसलाले कुटपिट सम्बन्धी मुद्दामा २ महिना २ दिन कैद सजाय तथा ५ हजार रुपैयाँ जरिवाना तोकिएका स्वामिकार्तिक खापर गाउँपालिका–३ निवासी ४० वर्षीय अनिल सिंहलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले बुधबार बडिमालिका नगरपालिका–९ स्थित मार्तडी बजार क्षेत्रबाट सिंहलाई पक्राउ गरेको जनाएको छ।


