बाजुरा–परम्परागत रुपमा मनाउदै आएको भुव पर्व सुदुरपश्चिमका पहाडी जिल्लामा शुक्रवार बाट शूरु भएको छ । यस क्षेत्रको दशै तिहार पछिको दोस्रो ठुलो चाड भुवा पर्व विधिवत रुपमा सुरु भएको छ । पौराणिक कालमा कौरव माथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा मनाइने भुवा पर्व पौष औसी अर्थात आजबाट विधिवत रुपमा सुरु भएको हो ।
पञ्चेबाजाका साथ खेलिने भुवा पर्व बाजुरा लगाएत सुदुरपश्तिचमका अछाम, डोटी, बझाङ्ग कर्णाली अञ्चलका मुगु, हुम्ला, जुम्ला कालिकोट लगाएतका जिल्लामा पनि मनाउने प्रचलन रहेको छ । शुदुरपश्चिमका पहाडि जिल्लामा भुवपर्वको अबसरमा सार्वजनिक बिदा दिएको छ ।
तीन देखि पाँचदिनसम्म मनाइने पर्व जिल्लाका बह्मतोला, मार्तडी, आटीचौर, बाह्विस, जुगाडा, कुल्देवमाण्डौ लगाएतका ठाउँमा विशेष महत्वका साथ खेल्ने गरिन्छ । पौराणिक कालमा पाण्डव र कौरव बीच भएको लडाइको सम्झना स्वरुप युद्ध कलाका हतियार प्रयोग गरी भुवा पर्व खेल्ने परम्परा रहेको भुवा पर्वका जनाकार कुस्मराज पण्डितले वताएका छन् । यस पर्वलाई असत्य माथि सत्यको विजय भएको दिनको रुपमा पनि लिने गरिन्छ । भुवा पर्वको अवधिभर पुरुषहरु हातमा तरवार र खुकुरी लिएर युद्ध कलाको प्रर्दशनी गरी आत्मीयता, भाइचारा र सद्भाव बाँड्ने प्रचलन रहेको छ ।
लोक सँस्कृतिको जगेर्ना गर्ने लक्ष्यका साथ मनाइने भुवा पर्व सत कर्मको प्राप्ति, आदर सत्कारको भावना र मनोरञ्जनको विषयका रुपमा परापूर्व कालदेखि मनाइदै आएको छ । भुवाको सुरुको दिन राँके जुलुस निकालेर रातभर गीत मागल गाउने र दिनमा युद्ध कला प्रर्दशन गर्ने प्रचलन रहेको छ । भू क्रियामा आ प्रत्यय लागेर निर्माण भएको भवालाई भूको अर्थ पृथ्वी र आको अर्थ चारैतिर हुन्छ जसलाई पृथ्वीको चारैतिरको रमाइलो वा खुसीयाली छाउने अर्थका रुपमा पनि विश्लेषण गरिएको कुस्मराज पण्डितले वताए ।
पुरुषहरुको पर्वका रुपमा लिइने यस पर्वलाई पछिल्लो सयममा महिलाहरुले पनि हातमा तरवार ढाल लिएर खेल्ने गरेको पाइन्छ । भुवा पर्वलाई रमाइलो र महिमाका आधारमा बाजुुरा बासीले दशै तिहार भन्दा बढी महत्वका साथ मनाउने गर्दछन् । यस अवधिभर मीठो मसिनो पकाएर खाने भगवान, कृष्ण, स्वर्गका राजा इन्द्र र पाण्डव गौरव गाथा गाउने प्रचलन रहेको छ ।