बुधबार, मंसिर १२, २०८१
  • होमपेज
  • राजनीति
  • जाँड र जागीरको प्रलोभनमा जेलिएका जनता

जाँड र जागीरको प्रलोभनमा जेलिएका जनता

  • आइतवार, मंसिर ११, २०७९
जाँड र जागीरको प्रलोभनमा जेलिएका  जनता

मनव अधिकार मानवीय व्यवहारको उच्चतम आदर्श हो । नागरिक शिक्षाले हरेक मानवमा साहास, त्याग एवम् वलिदान, सेवा र माया-ममता जस्ता कम्तिमा चारवटा दायित्व सुम्पिन्छ । यसका अलावा नागरिकहरुमा सभ्यता, सहनशीलता, दया, माया जस्ता भावना पनि सदैव मौजूद हुनुपर्दछ र यिनै दायित्व मार्फत नै नागरिक विच एक अर्का प्रतिको सम्बन्धमा सौहार्दता कायम हुन्छ । जाड र जागिरको प्रलोभनमा मात्तिएका मानवता हराएका ढुंगामुडा गर्न उत्रिने तिनिहरु भन्दा हामिलाई, तिनिहरु मर्दाको मलामि पनि हामी नै हो र तिनिहरुलाई पर्दा सहयोग गर्ने पनि हामि नै हो, तिनिहरु माथी आक्रमण गरेर घाईते पारिसके पछि तिनिहरुलाई उपचार पनि हामिले नै गर्न पर्छ भन्ने गहिरो चेत थियो, अझ त म तिनिहरु गाऊँका सवैको एकदमै नजिकको आफन्त थिए ।

मैले पटक पटक यो शोभनिय कार्य, हैन तपाईको गरिमामय पदको हैसियत के हो, यो शोचनीय विषय हो गम्भीर हुनुस भनेर वडाध्यक्षलाइ सम्झाए। हैन बद्री पाण्डेले आदेश दिसके भनेर मतदान स्थलको सबै पोल उखेल्ने, डोरी चुड्ने जस्ता अभद्र क्रियाकलापमा स्वयम् वडाध्यक्ष र पुर्व वडाध्यक्ष हरुनै संलग्न भए प्रहरी शक्ति प्रदर्शन गर्न बाध्य भयो । बाजुरामा सहभागी राजनीतिक संस्कार विकास गर्न जोड दिनुको सट्टा बद्री पाण्डेले जात, जाति, धर्म, क्षेत्र इत्यादीको घेरामा भित्र राखिएको परम्परागत, आदिम, संकुचित राजनीतिक संस्कारलाई प्रसय दिएको प्रष्ट देखिन्छ। यो सबै हुनूमा गुजाराउन्मुख राजनीतिक कार्यकर्ता, नागरिक अधिकार माथीको ठालुहरुको हस्तक्षेप, जाँड र जागिर अनि उपभोक्ता समितीको प्रलोभनको पिजडामा रहेका निष्क्रिय (नब्युझिएका) नागरिकहरु, निमुखा केन्द्रित कानून नै प्रमूख कारण हुन ।

मानवाधिकार मानवीय व्यवहारको उच्चतम आदर्श हो, विकसित देशहरुको सभ्यता र संस्कारको परीक्षण गर्ने कसिको रुपमा रहेको हुन्छ। त्यस्तै नागरिक शिक्षाले लोकतान्त्रिक परिवेशमा सार्वजनिक जीवनमा कसरी प्रभावकारी सहभागीता जनाउने भनि नागरिकहरुलाई उर्जावान र चेतनशील बनाउछ भने आवश्यक ज्ञान र सीप प्रदान गरि अधिकार र कर्तव्यको उचित प्रयोग गर्न सिकाउछ। नागरिक शिक्षाले स्वतन्त्रता लाई सम्वर्द्धन, प्रवर्द्धन गर्न मदत गर्छ । अमेरिकी पूर्व राष्ट्रपती बुसले नागरिक शिक्षा लाई मानवताको लागी भगवानको उपहार भनेर सम्बोधन गरेको पाईन्छ। नागरिक शिक्षाले हरेक मानवमा साहास, त्याग एवम् वलिदान, सेवा र माया-ममता जस्ता कम्तिमा चारवटा दायित्व सुम्पिन्छ । यसका अलावा नागरिकहरुमा सभ्यता, सहनशीलता, दया, माया जस्ता भावना पनि सदैव मौजूद हुनुपर्दछ र यिनै दायित्व मार्फत नै नागरिक विच एक अर्का प्रतिको सम्बन्धमा सौहार्दता कायम हुन्छ । यसैको माध्यमबाट मात्रै स्वस्थ राजनीतिक समाज निर्माण हुन सक्दछ।

आम जनमानसमा गुण्डा गर्दि मात्रै राजनितिको पर्यावाची हो भन्ठान्ने हरुलाई शिक्षित मतदाता भएको ठाउँहरूमा भने गतिलो झापड हानिसकेका छन। काठमाण्डुबाट कोल्टी पुग्दै थिए सेर्कोटमा एक जना काँग्रेस कार्यकर्ता दाई संग भेट भयो, “स्थानीय निर्वाचनमा त उल्ट्यायौ भाई पैसा खायौ भोट दिएनौं। यिनिहरुले पैसा नै सर्वेसर्वा ठाने हामीलाई मान्छे नै ठानेनन् । पैसा दिन आउछन त के गर्नु खानै पर्यो…..।“ उसो त अछामबाट बाजुराको सिमाना देखिनै यस्तै बाटो भरि रक्सिमा मात्तिएर बद्री पाण्डेको नाम लिईरहेका भेटिरहेका थिए। जिपहरु पनि बद्री पाण्डेयलाई नै जिताउन रिजर्व गरेको भनेर भोट दिने भए लिन्छौ नत्र लिदैनौ भनेर करकापमा यात्रु ओसार्दै गरेका थिए । अन्य जिपहरु नचलेको कारण यात्रुहरु सोही जीपहरुमा यात्रा गर्न वाध्य थिए। जिपमै कसैले भन्दै थिए उपभोक्ता समितीको अध्यक्ष आफुलाई नै राख्ने सहमती भैसकेको छ अब बद्रीलाइ नै हो जिताउने…..। यो सबै के र कस्को लागी? त्यो लगानी किन? जीतेर के गर्छन यिनले? लगानि उठाउन के के गर्लान? नगर्लान? मन भरि प्रश्नको वर्षा भयो ।

घर पुग्दै थिए बाँधु बगरमा एक जना नेपाली कांग्रेसका पुरानो नेता संग भेट भयो। दर्शन गरे। भलाकुसारी भयो। उहाँ भन्नु हुन्छ “कसै संग जवाफ नफर्काएस लाटा, यहाँ कसो नाई कसो छ, तिमिलाई तारगेटमा राखेको छ भनेका छन, कता कता योजनामा अनियमितता गरेका हरुलाई मुद्दा हालेको थियौ रे, पालिकामा पनि गलत गरेको विषयलाई गलत गरेको भनेर पालिका अध्यक्षलाइ फोन गरेका थियौ रे, पालिका अध्यक्षले अनियमितता गरेको भनेर मिडियामा पनि ल्याएका थियौ रे, कसैले केही भनिहाले पनि विवाद हुने गरि नबोल्नु, अहिले भर्खर बद्री पाण्डेले युवा परिचालन गर्न भनेर ९५,००० (पञ्चानव्य हजार) रूपैया समेत दिएर गएका छन। यि राक्षसहरू रक्सि सक्सी खाएर आउलान सके सम्म लफडामा नपर्नु है‘‘।“ मैले हस् भने । यसरी कति पय अन्य व्यक्तिहरुबाट पनि यस्तै धेरै विषय सुने, मनन् गरे ।

मसिर ४ गते बाँधूमा निर्वाचन सहज रुपमा सम्पन्न हूँदै थियो। मतदान केन्द्रमा ३०४ जना मतदाताहरुले मतदान गरिसकेका थिए। करीब २५० जना मतदाताहरुको अनुपस्थिति देखिए पछि ति अनुपस्थित मतदाताहरुको नाममा पनि मत खसाल्ने प्रपञ्च रचिदै रहेछ। सबै दलहरूको सहमतिमा नेपाली कांग्रेसबाट निर्वाचित एक जना वडा सदस्यले सुरुमा १०० मत रुखमा खसाले, ८० मत सुर्यमा खसाल्ने प्रस्ताव ल्याएका रहेछन । सहमति नभए पछि २५० मत मध्य १२५ एमाले, १२५ काँग्रेस प्रत्यक्ष तर्फ र समानुपातिकमा राप्रपालाई मत खसालौ (हाम्रै गाउका उम्मेद्वार भएको कारण) भनेर प्रस्ताव ल्याएर निर्वाचन अधिकृत देखि सबैलाई ट्र्यापमा पारेका रहेछन, करीब करीब सहमती नजिक पुगिसकेको समयमा मलाई बोलाए। वडाध्यक्ष, नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेतको उपस्थिति थियो, मैले सो प्रस्ताव अवैधानिक छ, यसरी अनुपस्थित मतदाताहरुको मतको दुरुपयोग गरिनु हुदैन भनेर सिधै अस्वीकार गरिसके पछि मावल विथोलियो, हो सकिदैन हजुर भनेर निर्वाचन अधिकृत बाहिर निस्के, म बोले पछि उनलाई अलिकति सहज भएको महसूस गरे। उनिहरुले नेकाको सहमहामन्त्रीको पालिका हो भनेर बाहिर निस्केर फोन घुमाउन थाले। फेरी बैठक बस्यो सहमती हुदैन यो विषयमा भनिसकेको थिए मैले।
एक जना नेपाली कांग्रेसबाट वडा सदस्य जीतेका व्यक्ति जवाफ दिनुहुन्छ, यो पढेलेखेको युवा जस्तो नि छैन यार वद्रीको गाउ फैति, धिम, वाई तिर पुरै बुत क्याप्चर गरिसके, हामिलाई क्याप्चर नगर्न भन्छ यार, कति गाह्रो छ था छ हामिलाई, भोली मतदाता थोरै छन भनेर एक त हाम्रो भ्यालु गर्दैनन्, योजना दिदैनन् अर्को तिर हामिले यहाँ एमाले कम्जोर छ भनेका छौ, अनि हामिलाई कम्जोर एमाले भएको ठाऊमा पनि बुत क्याप्चर गर्न सकेनौ भनेर भन्दैनन्? ठाऊ ठाऊ मा लफडा गरिसकेका छन त्यो सिक्न पर्छ, उ त्या कालसिल तिर ढुंगा हानेर मान्छे घाइते भए पछि मतदान स्थगित भैसक्यो, पोल्लो बेल्डमा प्रहरीलाई ढुंगा हानेर घाइते पारिसके, प्रहरीले गोली चलाएर एकजना मान्छे मारिसके हामिले किन नगर्ने …….?
बिचमै रोकेर मैले भने अंकल कस्लाई हान्ने हामिले ढुंगा ? मैले तपाईलाई, तपाईले मलाई हान्ने अनि तपाईलाई चोटलागे मैले बोकेर उपचार गर्न लिने, मलाई चोटलागे तपाईले बोकेर उपचार गर्न लिने? फेरि तपाई हामी बद्री पाण्डेका पालिकाका मान्छेलाई सिटामोल किन्न काठमाण्डौ जानपर्छ, सिटामोल नपाएर बोल्डीक, फैतिका मान्छे कोल्टी सम्म बोकेर लिदालिदै मरेको तपाईलाई नै बढी थाहा छ । यहाँ स्वास्थ्य चौकि समेत छैन। राम्रो कुरा सिकौं न, हामी उदाहरणीय बनौं न, निर्वाचन स्थल र मतदाता कस्तो हुनपर्छ देशभरले हामिबाट सिकोस् न अंकल। उहाँ उठेर बाहिर जादै भन्नुहुन्छ दे क्या गरु मसंग अहिले केटाहरु भैदिए देखाइदिन्थे। पुरै घेरेर कब्जा गर्दिन्थे। अहिले अरु थाहा छैन मलाई राजनितिक भविष्य हेर्नुछ।
यसै बिचमा २ जना मतदाता मतदान गर्न आउनुभयो । मतदाताले आफु सक्षम भएर पनि अर्को व्यक्तिलाई मत खसाल्न दिएको देखे पछि सोधे मैले।
बाजे दर्शन!
भाग्यमानी भएस , कहिले आईस?
हिजो आएँ बाज्या, सञ्चै हुनुहुन्छ?
ठिकैछ, मावली पनि आए कि तँ एक्लै आइस?
मामाको १५ दिने तिथि आज ४ गते पशुपतिमा हुदैछ, म १३ दिने तिथि सकेर आए । सबै उतै काठमाण्डौं मै छन, १५ दिने तिथि सकेर आउछन, अनि बाज्या तपाईले आफै भोट हाल्नु भएन नि?
“क्या गरौँ बा!, हाल्ने रहर त छियो, बेलिबासा बसौं भन्या फलानाका घर बस्यौं मेरो भोट फलानाले हाल्दिने भन्या दे हाल त भन्या। याँ कसो छ कसो नाई बा !“ अगाडी भन्नुहुन्छ, “पार्टी प्रवेश गरेनौ र यसरी भोट हाल्न दिएनौ भने पालिकाबाट दिने सेवा सुविधा पाउदैनौ भन्छन, काम गरिरहेका कर्मचारीलाई हटाईदिन्छौं भन्छन, घरमा आएरै धम्काउछन, पालिकामा कसैलाई पालिका अध्यक्षले नै मुख छाडे, गाली बेईजती गरे भनेर सूनाउछन, उस्तै परे गाउपालीका अध्यक्षका छोराहरु घरमै आएर घरका दाँति समेत उजाड्दिन्छन भन्छन, तै बद्री पाण्डेको गाँऊ फैति तिर। हाम्रा पास गतिलो मान्छे छैन, जे जे भन्छन त्यो मान्नु पर्यो….. यहाँ तानाशाह छ बा….!“ भनेर हात समात्नु हुन्छ। यतिकै मा ‘‘..
नेपाली कांग्रेसका साथीहरूले तत्काल प्रत्यक्ष तर्फको प्रतिनिधि सभा उम्मेदवार बद्री पाण्डेयलाई फोन गरेछन । बद्रि दाइले एमालेलाई लखेटेर बाँकी रहेका सबै मत रुखमा खसाल्न निर्देशन दिईसकेको छ, ल केटाहरु ढुंगा हानेर लखेट भनेर बहालवाला वडाध्यक्ष र पूर्व वडाध्यक्षले चिच्याएर निर्देशन दिए पछि नेपाली कांग्रेसका साथिहरु ढुंगा मुडा गर्न थाले, एमालेका साथिहरुलाई लखेट्ने प्रयास गर्न थाले तर सफल भएनन् । जाड र जागिरको प्रलोभनमा मात्तिएका मानवता हराएका ढुंगामुडा गर्न उत्रिने तिनिहरु भन्दा हामिलाई, तिनिहरु मर्दाको मलामि पनि हामी नै हो र तिनिहरुलाई पर्दा सहयोग गर्ने पनि हामि नै हो, तिनिहरु माथी आक्रमण गरेर घाईते पारिसके पछि तिनिहरुलाई उपचार पनि हामिले नै गर्न पर्छ भन्ने गहिरो चेत थियो, अझ त म तिनिहरु गाऊका सबैको एकदमै नजिकको आफन्त थिए । मैले पटक पटक यो शोभनिय कार्य, हैन तपाईको गरिमामय पदको हैसियत के हो, यो शोचनीय विषय हो, गम्भीर हुनुस भनेर वडाध्यक्षलाइ सम्झाए। हैन बद्री पाण्डेले आदेश दिसके भनेर मतदान स्थलको सबै पोल उखेल्ने, डोरी चुड्ने जस्ता अभद्र क्रियाकलापमा स्वयम् वडाध्यक्ष र पुर्व वडाध्यक्ष हरुनै संलग्न भए पछि प्रहरी शक्ति प्रदर्शन गर्न बाध्य भयो । निर्वाचनमा खटिएका कर्मचारीहरु मतपेटिका सुरक्षित गर्न र आफ्नो सुरक्षा गर्न तिर लागे, भिड नियन्त्रणमा नआए पछि प्रहरीले फाएर गर्यो, भिड नियन्त्रण बाहिर गएपछि अश्रु ग्याँस पट्काएर तितर बितर गर्न खोज्दा एकजना एमालेको कार्यकर्ताको शरीरमा बन्दूकबाट निस्केको अश्रु ग्याँसको डल्लो लाग्दा शक्त घाइते हुनुभयो उपचारको क्रममा कोल्टी लगियो। तत्काल खबर गर्न पर्ने ठाउमा खबर गर्दागर्दै फोन स्वीचअफ भैसकेको थियो । गाँउमा बत्ती थिएन । नेपाली सेनाको हेलिकोप्टर पनि घुमेर फर्कियो, भिड नियन्त्रिण भयो । मत पटीका सरक्षित रहे ।
झडप संगै बाँधुको निर्वाचन केन्द्रबाट बाहिर आयौ बुढापाका आदारणिय अभिभावकले हात समात्दै भन्न थाल्नु भयो, “ कलभलबाट बाच्न पर्छ बा । पञ्चायत देखि आज सम्म हाम्रो बाँधु गाउँमा कहिलै पार्टीगत रुपमा झगडा भएन स्थानीय निर्वाचनमा राजेन्द्र बहादुर शाहीको छोरालाई राजेन्द्र जस्तै कुनै एउटा पार्टीको हैन सबैको नेता होला भन्ठानेर जितायौ, यसो गर्दा राजेन्द्र शाही नै पाएको महसूस हुन्छ होला सोच्यौ, जितायौ तर उल्टो भयो, प्राय दिनहू भाडभैलो नै छ, नेता गुमायौ, नेताको छोरो नेतै होला सोच्यौ काको दारि काट्न पनि नसक्ने भिल्दरी अगतिलो, जड्याया रहेछ, आफ्नो पदको कद सम्म राख्न नसक्ने रहेछ। आज फेरी बद्री हाम्रै तिरको मान्छे राम्रो होला, भलादमी भन्छन भनेर रुखमा भोट हाल्यौं तर अहिले भोट हालेर हातको मसि सुकेको छैन गाउँमा झडप गराउने, गुण्डा लगाउने, गोली चलाउन पर्ने बनाउने हाम्रो यस्तो मिलेर रहेका दाजुभाई भड्याउने, यस्ता नालायकलाई भोट हाल्ने हाम्रो हातमा मुते पनि हुन्छ, थुके पनि हुन्छ, काँग्रेस हूँ भन्न पनि धिक्कार लाग्न थाल्यो, त्यस भिल्दरीको भलो नहोस् , यस्तै चोट त्यैखन परिजावस् , भोट हाल्नु अगाडी यसले झगडा गर, बुथ क्याप्चर गर भनेर आदेश दिएको थापाए भोटै हाल्ने थिएनौ, वर्षौ देखि काग्रेस भए पनि कर्न्या थापालाई भोट हाल्ने थियौ‘‘।“
मैले सम्झे नेपाली कांग्रेस, विपिको विचार, वैयक्तिक स्वतन्त्रता, आवधिक निर्वाचन, वाक स्वतन्त्रता अनि नेपाली कांग्रेसकै सहमहामन्त्री बद्री पाण्डे र उनकै पालीका अनि मञ्च बाट चिच्याउने बद्रीको स्वर, संविधाको रक्षा भनेर कुर्लीने मिडिया तिरको बद्रिको आवाज गुञ्जिदै थप प्रश्न मनमा खेल्छ यो संविधानको रक्षा चै केको लागी रहेछ ? यिनिहरु के र कस्को लागी निर्वाचन लड्दैछन? उसै माथि अहिले बाजुराको त्रिवेणी नगरपालिका ३ नम्बर वडाका नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले कांग्रेस बाहेक अरु कसैले प्रचार प्रसार समेत गर्न पाउदैन भनेर गाली-गलौज गर्दै जनप्रतिनिधि नभएर आफु यहाँको राजा भएको र फरक मत राख्नेलाई लखेट्न उम्लिरहेको भिडियो सामाजिक सञ्जालमा त छताछुल्लै छ । यहाँ जवाफदेही कोही हुनु पर्दैन ?
लोकतन्त्र नै सरकारका किसिम मध्य सर्वोत्तम ठहरिन्छ । लोकतान्त्रिक शासन हो भने यसले नागरिक सर्वोपरिताको पक्षपोषण गर्नु पर्दैन? नागरिकहरु स्वतन्त्रताले सम्पन्न हुनु पर्ने हैन? कानूनको सर्वोच्चा र सर्वोपरितालाई आधार मान्नु पर्ने हैन? एउटा मात्रै तथ्य सार्वजनिक गरिदिन चाहान्छु । हिमाली ७ बाधुमा ९५,००० ( पञ्चानव्य हजार) दिएर झडप गराउनु कुन शासन प्रणाली भित्र पर्दछ बद्री पाण्डे ज्यू? तपाईलाई हामीले हेर्ने नजर फरक थियो तपाईलाई वौद्धिक, शालीन, भद्र ठान्थ्यौ हाम्रो चाहाना थियो हाम्रो पालीकाले, बाजुराले एउटा नेपाली कांग्रेस जस्तो शक्ति पार्टीको सहमहामन्त्री पाएको छ, जो आज भन्दा भोली अझ बढी व्यवहारिक र बढी प्रजातान्त्रिक होस् तर ठिक उल्टो? अनि त्यो पद, त्यो बद्रीले जनताको ज्यान लिन्छ र लिन लगाउछ अनि फरक मत राख्नेलाई काट्न लगाउछ भने जनताको लागी त्यो गरिमा कागलाई बेल पाक्यो हर्ष न विष्मात जस्तो भएन र ?
यि सबै घटनाक्रम निहाल्दा अलिअलि बद्री पाण्डे प्रति भएको सकारात्मकता पनि ओरालो लाग्न थाल्यो, घृणा जाग्न थाल्यो, मनमनै आफैलाई सोधे, यहाँ कुन प्रकारको शासन बाट शासित छन जनता? र यो कहिले सम्म भोग्न बाध्य हुन्छन ? आवधिक निर्वाचन लोकतन्त्रको आधार हो । तर त्यो निर्वाचन कस्तो हुन पर्छ आदर्श, वैचारिक, विद्वान, नैतिकवान भनिएका नेता बद्रीले नै जानुन्, यि सबै शब्दको अर्थ पनि उनैले शब्दकोशमा परिवर्तन गरेर राखुन् !
बाजुरामा सहभागी राजनीतिक संस्कार विकास गर्न जोड दिनुको सट्टा बद्री पाण्डेले जात, जाति, धर्म, क्षेत्र इत्यादीको घेरामा भित्र राखिएको परम्परागत, आदिम, संकुचित राजनीतिक संस्कारलाई प्रसय दिएको प्रष्ट देखिन्छ। यहाँ बद्री पाण्डेको गाँऊमा, पालिकामा कसैले चोरेर लुटेर लग्यो त्यो कांग्रेसको कार्यकर्ता हो भने किन चोरिस भन्न पाईदैन, कुनै शिक्षक महिनौ सम्म स्कुल नगएर तलब मात्रै खादैछ भने त्यसलाई किन स्कुल नगएर झण्डा बोक्दै तलब मात्रै खाएको भन्न पाईदैन, किन अनियमितता गरेको भन्न पाईदैन, किन योजना समयमै नसकेको भन्न पाईदैन, वडाध्यक्ष वडाकार्यालयमा भेटिदैन न त वडामा सचिव वा अन्य कर्मचारी नै हुन्छन जस्ले यसरी आवाज उठाउछ उसलाई ठेगान लगाउन त्यहा तिनका निर्वाचित जनप्रतिनिधिहरुले आफै रक्सिको मात चडाएर २,४ जनालाई जाँड खुवाई ल्याएर घर घेर्न आउछन, सामाजिक रुपमा दुर्व्यवहार गर्न पठाउछन। यो विकृती रोक्न आफ्ना कार्यकर्तालाई प्रशिक्षण दिन त सक्थे नि पाण्डेले? यो रोक्न लगाउनुस् भनेर सुझाव दिदा उल्टै राष्ट्रिय राजनीति संग तुलना गर्छन र गरेको ठिकै छ, गर्न पर्छ नत्र आफु कम्जोर हुने जस्ता गैरजिम्मेवार तर्क दिन्छन।
फेरी मनमा हजारौ प्रश्न र प्रतिप्रश्न खेल्न थाले, नेपाली कांग्रेस र लोकतन्त्रले जन्माएको नेता त हुन नि बद्री पाण्डे? साच्चै नेपाली कांग्रेसका सह महामन्त्री नै हुन त ? व्यक्तिगत स्वतन्त्रता? आवधिक निर्वाचन? लोकतन्त्र? सहभागीता? प्रेस स्वतन्त्रता? ….. यिनले उच्चारण गर्ने यि तमाम शब्दहरु?…. म मौन !
शासकले गर्ने यस्तै स्वेच्छाचारिताको नियन्त्रण गर्न व्यवस्था परिवर्तन गरिएको हो, मौलिक हकहरुको दायरा बढाउदै प्रजातान्त्रिक बातावरण फराकिलो पार्दै लोकतान्त्रिक व्यवस्था मौलाउनको लागी, सार्वभौम सत्ता सम्पन्न नेपाली जनतालाई थप सशक्क्त बनाउन आवधिक निर्वाचनको परिकल्पना गरिएको हो। प्राप्त राजनीतिक अधिकारलाई आफ्नै आँखा अगाडी लुटिएको हेर्न लाई पक्कै हैन होला ।
काठमाण्डौ फर्किदै थिए । प्लेन चढ्न कोल्टी पूग्न पर्छ, जिप चल्छन बाजुरामा, जिपको भाडा पनि मनपरी रहेछ सरोकारवाला मौन । काँग्रेसका कार्यकर्ताले अनेरास्ववियुको एक जना जुझारु नेता चेतन ऐडीको घरमै गएर वीभत्स हत्या गरे पछि तनावग्रस्त बाजुरामा सवारी साधनको आवागमन ठप्प थियो, सयौं मानिसहरु ५,६ हजार पर्ने बाजुरा-नेपालगञ्ज टिकट नपाएर १३,१४ हजार तिरेर पनि जान बाध्य थिए तर पनि टिकट पाईरहेको थिएन, प्रशासन देखि लिएर सबै लाचार थिए । एकदिन कोल्टी बस्न पर्ने भयो त्यही समयमा एकजाना बद्री पाण्डेकै गाऊँका मान्छे संग भेट भयो भलाकुसारी गर्ने क्रममा उहाँ भन्नुहुन्छः- “एक जना व्यक्तिले २३ पटक सम्म मतदान गर्यो, २३ जनाले आ-आफ्नो औंलामा रंग दलेर मतपत्रको अर्ध कट्टीमा हस्ताक्षर गरे तर मतपत्र र स्वस्तिक छाप छुन सम्म पाएनन्, कुन चिन्हमा मेरो मत खस्यो सम्म पनि बुझ्न पाएनन्, फेरी तिनिहरुको मतदान गरिदिने व्यक्ति न त उनिहरुको छोरा छोरी थिए न त नातेदार नै थिए तर उनि कांग्रेसको कार्यकर्ता थिए। “ म संग कुरा गर्दै अगाडी भन्नुहुन्छः “मैले सोधे तपाईले आफ्नो मत आफै किन नहालेको दाई ? तपाई अशक्त, अशिक्षित जस्तो पनि हुनुहुन्न? तपाईको छोरी पनि यही नेर छ, अशक्त भए पनि छारीलाई हाल्न दिन पर्थ्यो। उहाँले भन्नु हुन्छ यही छोरीको लागी त भोट हाल्न पाईन, मैले भोट हाल्दा विश्वास लागेन रे तिनिहरुलाई अन्तै पो हाल्छ कि भनेर त्यैले आपि हाल्यो, बेली बासा बैठकमा तै कुरा गर्या प-पान्सय पनि दिया अब पालीकामा जागिर लाईदिन्छु भन्याछन…….। “ …….म मौन।
जनताहरुले योग्य, सक्षम, भरपर्दो उम्मेदवार छनौट गर्नको लागी न चाहिने हो आवधिक निर्वाचन, सबै बाडा, पट्टी, गाऊँ, घरमा भएका हरुलाई समेत भोट हाल्न नदिएर, देशमा नरहेका, मृत्युवरण गरिसकेकाहरुको समेत (उनिहरुका) भोटर कार्ड जम्मा पारेर बाडाको एक जना, पट्टीको एकजना लाई मतदान गर्न खटाउने, फरक पार्टीको एजेन्ट हरुलाई २,४ पैसा फालेर मुखमा टेप लगाईदिने हात बाधिदिने, आफु विरुद्ध मतदान गर्नेलाई सुन्ड मुसुन्न्ड पठाएर सुतेकै अवस्थामा घर बाटै थुतेर निर्घात कुट पिट गरि वीभत्स हत्या गर्ने यो कुन प्रकारको लोकतान्त्रिक अभ्यास हो ? बद्री पाण्डे ज्यू लाई सोध्न चाहान्छु। चेतन ऐडीको ठाऊँमा बद्री पाण्डे नै भए पनि त बद्री पाण्डेकी पत्नीको सिन्दूर खोसिन्थ्यो होला, बालबच्चा टुहुरा हुन्थे होला, आमा-बा लाई छोराको शोक पर्थ्यो होला, जसरी अहिले चेतन ऐडीको घरमा परेको छ, त्यो कहिलै महसूस भयो बद्री पाण्डेयलाई? कि हत्या नगरी सत्तामा पुगिदैन भन्ने पथ अंगाल्दै हो? जीवन रहे न स्वतन्त्रता, समानता, मर्यादाको कुरा रहला, निर्वाचन लडौला हैन र ?
यो सबै हुनुमा यहाँको धार्मिक सांस्कृतिक उल्झन, सामाजिक, जातीय, लैंगिक विभेद, वर्गीय असमानता, राजनीतिक अदूरदर्शीता, गुजाराउन्मुख राजनीतिक कार्यकर्ता, नागरिक अधिकार माथीको ठालुहरुको हस्तक्षेप, जाँड र जागिर अनि उपभोक्ता समितीको प्रलोभनको पिजडामा रहेका निष्क्रिय (नब्युझिएका) नागरिकहरु, निमुखा केन्द्रित कानून, फितलो नीति कार्यान्वयन, निष्प्रभावी अनुगमन मुल्याङ्कन, अशिक्षित जनता, परम्परागत यहाँको शिक्षा प्रणाली, परनिर्भर युवाहरु, गरीबी, मिडियाको अभाव, डन प्रवृती, लाचार कर्मचारी र प्रहरी प्रशासन, बजेट अनुशासको अभाव, आफु अनुकुल राजस्व असुली, सार्वजनिक खरिदमा मनपरी, सामाजिक सुरक्षा र अनुदानमा हुने बेइमानी, सेवा प्रवाहमा हुने मनपरी, सार्वजनिक सम्पत्तिको उपयोग र संरक्षणमा गरिने मनपरी ……. जस्ता कारणहरु नांगो आखाले सहजै देख्न सकिन्छ।

यस पटक बूतमा भेटीएका यि कम्जोरीहरू पछिल्ला निर्वाचनमा नभेटीयोस ।
 निर्वाचनमा राज्य मतपेटीकाको सुरक्षामा मात्रै खटिने तर आम जनताको सुरक्षालाई ओजेलमा पार्ने खासै चासो नदिने गरेको भेटियो यसमा राज्य गम्भीर बन्न पर्छ र मतपेटीका भन्दा पनि जनजीवनलाई प्राथमिकतामा राखिन पर्छ ।
 मतदाता शिक्षाको अभाव, कतिपयले यसैको दुरुपयोग गरेर जनताको मताधिकारको दुरुपयोग गरेको भेटियो, यसका लागी हरेक बुतमा एक हप्ता अगाडी देखि नमुना मतदान कार्यक्रम संचालन गरिनु पर्दछ ।
 शक्तिमा रहेका राजनीतिक दलहरुले आम जनताहरुलाई धम्काएर, करकापमा राखेर मत किनेर हैन, मन जितेर स्वतन्त्र रुपमा मतदान गर्न दिन पर्छ ।
 निर्वाचनमा खटिएका कर्मचारीहरुले स्वतन्त्र निष्पक्ष भएर रुजु नगरेर, आवश्यक कागजात विना मतदान गर्न दिनु हुदैन। मतदानमा खटिएका कर्मचारी र प्रहरी प्रशासन मात्रै चुस्त हुँदा निर्वाचनमा फर्जी मत खस्न पाउदैन ।
 एकपटक मतदान गरिसकेको नागरिकले पटक पटक मतदान स्थलमा नरहेको नागरिक, मृत्युवरण गरिसकेको व्यक्ति, विदेशमा रहेको नागरिकहरुको उनिहरुको अनुपस्थितिमा उनिहरुको राजनितिक अधिकारको दुरुपयोग गरेर मतदान गर्नु हुदैन ।
 एक पटक मत खसालेर औलामा मसि लगाएको व्यक्ति पटक पटक मत खसाल्न आउछ भने त्यस्तो व्यक्तिहरुलाई नियन्त्रणमा लिन पर्छ। हैन भने त्यो मसि लगाउनुको अर्थ रहदैन ।
 राजनीतिक दलको एजेन्टको रुपमा बसेका कार्यकर्ताहरूले पनि कुनै किसिमको प्रलोभनमा नपरी निष्पक्ष रुपमा पार्टीले दिएको जिम्मेवारीलाई सार्थक बनाउनु पर्छ ।
 आम नागरिकहरुले आफ्नो मत आफै खसाल्न पर्छ र एकले अर्कोलाई दवाव करकापमा राख्नु हुदैन, अनावश्यक हो हल्ला झै झगडा गर्नु हुदैन ।
 स्थानीय सरकार, जनप्रतिनिधिहरुले आफ्नो पदिय गरिमाको ख्याल गर्दै स्वतन्त्र, निष्पक्ष व्यवहार प्रदर्शन गर्न पर्छ न कि प्रतिपक्षलाई आक्रमण गर्न तिर उत्रिन हुदैन ।
निर्वाचन आयोगले नै भनेको छ कि जनताले निर्वाचनका माध्यमबाट मतदान गरी आफ्नो अधिकार प्रयोग गर्दछन् । नागरिकले आफूमा रहेको अधिकारको प्रयोग गर्ने माध्यम निर्वाचन हो । निर्वाचनले मतदाताको मताधिकारलाई सुनिश्चित गर्छ । आवधिक निर्वाचनको माध्यमबाट नै लोकतन्त्र जिवन्त रहन्छ । निर्वाचनलाई लोकतन्त्रको मुटु पनि भनिन्छ । निर्वाचन लोकतन्त्रको पहरेदार हो । निर्वाचन मतदाताको संमृद्धि र खुसीको आधार पनि हो । जनताको विश्वासलाई राज्य संयन्त्रमा मुखरित गर्ने माध्यम निर्वाचन हो । निर्वाचन स्वच्छ निष्पक्ष र विश्वसनीय हुन आवश्यक छ । यसका लागि राज्य संयन्त्र मात्र होइन नागरिक समाज पनि सचेत र जागरुक रहनु पर्दछ । देशमा कसले शासन गरिरहेको छ ? कस्तो शासन व्यवस्था चलेको छ ? कस्तो निर्वाचन प्रणाली छ ? संविधानमा के प्रावधान रहेको छ ? निर्वाचन सम्बन्धी कानुनहरु के कस्ता छन् ? स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचनका लागि कस्ता काम हुने गर्छन् ? निर्वाचनका समयमा एउटा समान्य नागरिकको के कस्तो जिम्मेवारी रहेको हुन्छ ? हाम्रो मतको मूल्य के हो ? जस्ता कुराका बारेमा हरेक नागरिक जानकार हुनु पर्दछ । आगामी निर्वाचनमा यो विषयहरु शव्दमा हैन भावमा व्यक्त गर्नु पर्ने देखिन्छ ।

चर्चामा

सम्बन्धित समाचार