• होमपेज
  • समाज
  • एमालेमय बाजुराको मुक्तिकोट

एमालेमय बाजुराको मुक्तिकोट

  • शनिबार, कार्तिक ५, २०७९
एमालेमय बाजुराको मुक्तिकोट

बाजुरा–  भोक, अभाव र गरिबी, खडेरी लगायतको पर्यावाची हो, मुक्ति कोट । स्वामिकात्तिक खापर गाउँपालिका १ मा पर्ने मुक्तिकोट नाम भन्दा धेरै फरक छ । जहाँका प्रत्येक बालबालिका कुपोषणको सिकार छन् । अभाव र गरिबीले सिंगो जनजीवन थलिएको छ । घरमा एक छाक टार्न समेत कसैलाई पुग्दैन् । गाउँमा उमेर नपुगेका आमाहरु मात्र भेटिन्छन् ।
तर उनीहरुको आश मरेको छैन्, भरोसा गुमेको छैन् । दलका नेताहरु गाउँ पुग्दा स्वागत गर्ने र अपेक्षा राख्ने गरेका छन् । राजनीतिक व्यवस्था बदलिएपनि सामाजिक अवस्था अझै फेरिएको छैन् । गाउँमा ३ सय बढी परिवारको बसोबास छ । सबैका समस्या एउटै छन् । स्वास्थ्य उपचार देखि शिक्षा आर्जनको विषय धेरै टाढा जस्तै छ ।
त्यही गाउँलाई तत्कालिन जनयुद्धको समयमा मुक्तिकोटको रुपमा नामाकरण गरिएको थियो । २०७४ को स्थानीय तह निर्वाचनमा एमलोले जितेको वडा २०७९ मा माओवादी र समाजवादीको गठबन्धनबाट उठेका उम्मेदवारले जितेका छन् । एमालेका उम्मेदवार दोस्रो भए र काँग्रेस तेस्रो । दलित टोलबाटै उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवारले पनि जित्न सकेन् ।
मुक्ति कोट एउटै राजनीतिक आस्था र विचारमा आवद्ध छैन् । गाउँमा काँग्रेस, एमाले, माओवादी र समाजवादी सबै विचारमा आस्थावान भेटिन्छन् । तर यो पटकको चुनावमा अधिकांश स्थानीयले एमाले रोज्ने निर्णय गरेका छन् । आश भरोसा र विश्वास एमाले प्रति नै रहेको निष्कर्षमा उनीहरु छन् ।
सत्ता सबैको हेरियो, तर एमाले प्रति बढी विश्वास र भरोसा छ । सामाजिक आन्दोलन र सहायता समेत एमालेबाटै पाउने अवस्था आएपछि अर्को उम्मेदवारसँग लाग्नेको अर्थ नरहने गाउँका अगुवाहरुकै निष्र्कष छ । माओवादी र समाजवादीका जिल्ला कमिटीकै सदस्य सहीतको टोली एमाले प्रवेश गरेको छ ।
नेकपा एमालेका प्रतिनिधी सभा तर्फका उम्मेदवार एवं स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र प्रदेश (क) का उम्मेदवार बल्देव रेग्मी, एमाले केन्द्रीय सदस्य सहदेव बोगटी सहीतले स्वागत गरेका छन् । एकै दिन ३१ परिवार एमाले प्रवेश गरेको नन्दबहादुर खत्रीले बताएका छन् ।
गाउँमा ३ सय बढी घरधुरी छन् । ६ सय बढी मतदाता नै छन् । गाउँका देवराज विक माओवादीबाट बाँचे विक सहीतको टीम समाजवादीबाट एमाले प्रवेश गरेका छन् । उनीहरुले समस्या र अभाव देख्नु भएको छ ।
हामीले सुनाउनु र भन्नु छैन्, अवस्था बदल्न काम गर्नु होला, हामी विश्वासले मत दिन्छौं, तपाईहरु कामले मन जित्नु होला, प्रवेश कार्यक्रममा नवप्रवेशीहरुले नेताहरुलाई सुनाएका छन् । मुक्तिकोट सहीतको प्रवेशको लहरले नेकपा एमालेका नेताहरु उत्साहित बनेका छन् ।

चर्चामा

सम्बन्धित समाचार