आजकालको भागदौडयुक्त जीवनमा भिटामिन बी१२ को कमी एक सामान्य समस्या बन्दै गइरहेको छ । नेपालमा पनि धेरै मानिसहरु यो रोगको शिकार भएका छन् । भिटामिन बी १२ को कमी सुरुमा साधारण जस्तो लाग्छ तर लामो समयसम्म यसको कमीले शरीरलाई भारी क्षती पुर्याउन सक्छ । भिटामिन बी १२ शरीरमा रेड ब्लड सेल्स, डिएनए बनाउनेदेखि दिमाग र तन्त्रिका कोसिकालाई बलियो बनाउन पनि मद्दत गर्छ । यसको कमीले रक्तअल्पत्ताको खतरा बढ्छ । भिटामिन बी–१२ शरीरका लागि असाध्यै आवश्यक छ । यसमा कोबाल्ट पाइन्छ जुन अन्य भिटामिनमा हुँदैन जुन रेड ब्लड सेल्सका लागि असाध्यै आवश्यक छ । पुरुषलाई दैनिक २.३ माइक्रोग्राम र महिलालाई २.६ माइक्रोग्राम भिटामिन बी–१२ को सेवन गर्नुपर्छ र यदि कसैमा यसको कमी हुन्छ भने यसमा तुरुन्तै ध्यान दिनुपर्छ र प्रभावकारी ढंगले यसको उपचारसमेत गर्नुपर्छ ।
भिटामिन बी–१२ ले के गर्छ ?
भिटामिन बी–१२ शरीरमा तन्त्रिका कोशिका र रक्त कोशिकालाई स्वस्थ राख्न मद्दत गर्छ । यसले डिएनए बनाउन पनि मद्दत गर्छ । तपाईंको शरीरले भिटामिन बी–१२ आपसे आफ बनाउँदैन, तपाईंले यो तत्वलाई खानामार्फत् लिनुपर्छ । अण्डा, मासु र डेरी उत्पादनमा भिटामिन बी–१२ पाइन्छ । यसका साथै केही अन्न, पाउरोटी र यिस्टमा पनि पाइन्छ ।
भिटामिन बी–१२ को कमी छाला, आँखाको समस्यासमेत न्युरोलोजिकल डिसअर्डरको कारण पनि बन्ने गर्छ । त्यसैले ती सबै लक्षणमा निगरानी राख्न महत्वपूर्ण छ जसले यसको कमीतर्फ इशारा गर्छ । बेलायतको सरकारी स्वास्थ्य एजेन्सी एनएचएस भिटामिन बी १२ को कमीका केही लक्षणबारे जानकारी दिएको छ जसको मद्दतले कतै तपाईं यसको कमीसँग त जुधिरहनुभएको छैन भनेर पत्ता लगाउन मद्दत गर्छ ।
यी हुन् भिटामिन बी १२ को कमीका प्रमुख लक्षण
– छालाको रंग हल्का पहेँलो हुनु
– जिब्रो दुख्ने वा रङ कालो हुँदै जानु
– मुखमा घाउ आउनु
– हेर्न समस्या हुनु
– चिड्चिडापन
– डिप्रेशन
विज्ञका अनुसार भिटामिन बी –१२ को कमी कुनै पनि उमेरमा हुनसक्छ तर ६० वर्ष माथिका मानिसहरुलाई यसको कमी धेरै हुने सम्भावना हुन्छ । यसका साथै शाकाहारी वा भिगन व्यक्तिका लागि पनि पर्याप्त मात्रामा भिटामिन बी–१२ प्राप्त गर्नु चुनौतीपूर्ण हुनेछ किनभने यो धेरैजसो जनावरसँग सम्बन्धित उत्पादनमा पाइन्छन् ।
शरीरका यी अंगले भिटामिन बी–१२ को कमीको संकेत दिन्छन्
एनएचएसले भनेको छ, ‘भिटामिन बी–१२ माथि भएका थुप्रै अनुसन्धानमा हामीले पायौँ कि हात, पाखुरा, तिघ्रा र खुट्टामा भिटामिन बी – १२ को कमीको लक्षण देखिन्छ । यो तत्वको कमी हुँदा शरीरका यिनै चारै भागमा अचम्मको झन्झनाहट हुन्छ । यो स्थितिलाई ‘पेरेस्थेसिया’ भनिन्छ ।’
तर यदि तपाईंको शरीरमा यस्ता समस्या छन् भने यसको अर्थ तपाईंलाई भिटामिन बी को कमी नै भएको हो भन्ने चाहिँ होइन । यो विभिन्न कारणले पनि हुनसक्छ जसमा नसामा दबाब, नसामा पीडा, रक्त सञ्चारमा कमी, हाइपरभेन्टिलेशन, मधुमेह, मल्टिपल स्केलेरोसिस, हाइपरथायरायडिजमजस्ता रोग समावेश छन् । त्यसैले यस्ता लक्षण देखिँदा डाक्टरलाई भेट्न जानुहोस् ।
‘पेरेस्थेसिया’ मा हात–खुट्टाबाहेक शरीरको अन्य हिस्सा पनि हुनसक्छ । यतिबेला कसैलाई कतै पनि दुख्दैन र यो लक्षण बिना कुनै चेतावनी अचानक देखिने गर्छ । यो धेरैजसो तपाईं बसिरहेका वा सुतिरहेका बेला केही मिनेटका लागि तपाईंले महसुस गर्नुहुन्छ ।
जिब्रोले पनि दिन्छ भिटामिन बी– १२ को कमीको संकेत
भिटामिन बी–१२ को कमीले मुखको समस्या पनि हुनसक्छ जसले तपाईंको मुखभित्र घाउ हुने जिब्रो सुन्निने र कालो वा रातो हुनसक्छ । जिब्रो सुन्निनुलाई ग्लासिटिक भनिन्छ जुन भिटामिन बी–१२ को कमीको प्रमुख संकेत हो । यसका कारण मानिसलाई रक्तअल्पत्तासमेत हुनसक्छ ।
दिमागमा भिटामिन बी–१२ को कमीको असर
अनुसन्धानबाट के पत्ता लागेको छ भने भिटामिन बी १२ को कमीले दिमागमा निकै गहिरो असर पर्ने गर्छ । यतिबेला व्यक्तिले धेरैजसो कुराहरु बिर्सने हुन्छन् । नयाँ कुरा याद राख्न नसक्नु र एकाग्रतामा समस्या हुनसक्छ । यसैकारण भिटामिन बी १२ द्वारा पीडित व्यक्तिको स्वभावमा चिड्चिडापन, व्यवहारमा परिवर्तन आउने गर्छ र उनीहरुलाई डिप्रेशन हुने र स्मरण शक्ति कमजोरसमेत हुने गर्छ ।
लक्षण देखिँदा परीक्षण गर्न आवश्यक
यदि तपाईंको शरीरमा भिटामिन बी–१२ को कमीको संकेत देखिएको छ भने तपाईंले डाक्टरलाई तुरुन्त भेट्न आवश्यक छ । ज्येष्ठ नागरिक, बालबालिका, भिगन, भेजिटेरियन र मधुमेहका बिरामीमा बी–१२ को कमीको खतरा अत्यधिक हुन्छ । त्यसैले यस्ता मानिसहरुले आफ्नो नियमित परीक्षण गराइरहनुपर्छ ।
भिटामिन बी–१२ को कमीबाट बच्न के खाने ?
मिटामिन बी–१२ एउटा यस्तो पोषक तत्व हो जुन शरीरमा प्राकृतिक रुपमा बन्दैन । त्यसैले यो शरीरलाई दिनका लागि यस्ता खाद्य पदार्थको सेवन गर्न आवश्यक छ जुन यो भिटामिनले भरपुर होस् । यसका साथै डाक्टरको परामर्श लिएर केही सप्लिमेन्ट पनि लिन सक्नुहुनेछ ।
मिटामिन बी –१२ का केही उत्कृष्त स्रोतमा अण्डा, पोर्क, डेरी उत्पादन–दुध, पनिर, दही, शेलफिस इत्यादि पाइन्छ । केही प्रकारका अन्नमा पनि यो प्रचुर मात्रामा पाइन्छ । केही तरकारी जस्तै पालुङ्गो, चुकन्दर, चना पनि यसका प्रमुख स्रोत हुन् ।