सोमवार, कार्तिक ५, २०८१
  • होमपेज
  • समाज
  • दार्चुलामा राशन घोटालाको आरोप लागेका सशस्त्रका एसपी जिम्मेवारीबाट हटाइए, छानबिन सुरु

दार्चुलामा राशन घोटालाको आरोप लागेका सशस्त्रका एसपी जिम्मेवारीबाट हटाइए, छानबिन सुरु

  • शुक्रबार, भदौ ३, २०७९
दार्चुलामा राशन घोटालाको आरोप लागेका सशस्त्रका एसपी जिम्मेवारीबाट हटाइए, छानबिन सुरु

धनगढी– दार्चुलाका सशस्त्र प्रहरीका एसपी त्रिभुवन विष्टलाई जिम्मेवारीबाट हटाइएको छ। दार्चुलास्थित ४४ नम्बर गणका गणपति एसपी त्रिभुवन विष्टको जिम्मेवारी खोसिएको हो। आफू मातहतका सुरक्षाकर्मीलाई बिदामा छाडेर राशनमा अनियमितता गरेको आरोप लागेका सशस्त्र प्रहरी बल दार्चुलाका एसपीको जिम्मेवारी खोसिएको स्रोतले जनाएको छ। एसपी विष्टलाई गणपतिको जिम्मेवारीबाट हटाएर सशस्त्र मुख्यालय हल्चोकमा तानेर छानबिन सुरु गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

कार्यालयमा भएका कर्मचारीमध्ये १० देखि १५ प्रतिशतसम्म मात्रै एक पटकमा बिदामा छाड्न सकिने प्रावधान छ। तर, ठूलो संख्यामा सुरक्षाकर्मीलाई बिदामा राखेर एसपी विष्टले राशनमा अनियमितता गरेको देखिएपछि उनलाई जिम्मेवारीबाट हटाइएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ। गणमा २५८ जना कार्यरत रहेकोमा एसपी विष्टले एकै पटकमा १२२ जनालाई बिदामा राखेर राशन अनियमितता गरेको आरोप छ।

राशनमा अनियमितता गरेको आरोप लागेपछि छानबिनका लागि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पुरुषोतम थापाको नेतृत्वमा समिति गठन गरिएको थियो। समितिले एसपी विष्टलाई बिभागीय कारबाही गर्न सिफारिस गरेपछि उनलाई हेडक्वार्टर तानेर छानबिन अगाडि बढाइएको छ।

चर्चामा

सम्बन्धित समाचार