
धनगढीः सुदूरपश्चिम प्रदेश सभाको सोमबार अपरान्ह ५ बजे बस्ने तय भएको आठौँ अधिवेशनअन्तर्गत तेह्रौँ बैठक विशेष कारणवश स्थगित गरिएको छ। प्रदेश सभा सचिवालयले जारी गरेको सूचनाअनुसार मिति २०८३ असार १ गते सोमबार अपरान्ह ५ बजेका लागि बोलाइएको बैठक स्थगित भई आजै राति ९ बजे बस्ने गरी समय निर्धारण गरिएको हो।
प्रदेश सभा सचिवले जारी गरेको सूचनामा विशेष कारणवश बैठकको समय परिवर्तन गरिएको उल्लेख गर्दै राति ९ बजे बस्ने बैठकमा उपस्थित हुन सम्पूर्ण प्रदेश सभा सदस्यहरूलाई जानकारी गराइएको छ। सत्ता साझेदार काँग्रेस र एमालेबीच बजेटका विषयमा टकराव हुँदा मन्त्रिपरिषद्कै बैठक बस्न सकेको छैन। क्याविनेटबाट बजेट पास गर्न समय लागेकाले प्रदेश सभाको बैठक राति धकेलिएको हो।


