• होमपेज
  • समाज
  • यी हुन् मुम्बई उड्न लाग्दा जहाजबाट पक्राउ परेका धनगढीका सुन व्यवसायी

यी हुन् मुम्बई उड्न लाग्दा जहाजबाट पक्राउ परेका धनगढीका सुन व्यवसायी

  • बुधबार, साउन १८, २०७९
यी हुन् मुम्बई उड्न लाग्दा जहाजबाट पक्राउ परेका धनगढीका सुन व्यवसायी

धनगढी– नेपाल सुनचाँदी व्यवसायी महासंघ, सुदूरपश्चिमका सभापति र उनकी पत्नीलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंबाट मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट उनीहरु पक्राउ परेका हुन्।

प्रहरीका अनुसार नेपाल सुनचाँदी व्यवसायी महासंघ, सुदूरपश्चिमका सभापति सन्तोष लामिछाने र उनकी पत्नी मीना लामिछानेलाई पक्राउ गरिएको हो। बुधबार दिउँसो शंकास्पद व्यक्ति चढेको सूचना पाएपछि भारतको मुम्बई उड्न लागेको नेपाल एयरलायन्सको विमान प्रहरीले रोकेको थियो। उनीहरुले गर्ने कारोबारमाथि शंका लागेपछि प्रहरीले अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिएको छ। धनगढीका लामिछानेमाथि यसअघि पनि उजुरी परेको प्रहरी स्रोतले जनाएको छ। उनीमाथि ठगीको कसुरमा जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी परेको थियो।

उनीहरु सुनचाँदी व्यवसायीहरुको टोलीसँग मुम्बई घुम्न जान लागेका थिए। त्यही बेला कैलाली प्रहरीले प्रधान कार्यालयमा मुम्बई जान लागेको कुरा जानकारी गराएको थियो। जहाज उड्न लागेको बेलामा प्रहरीको विशेष ब्युरोले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरूले भारतबाट सुन चोरेर बिक्री गर्ने गरेको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको थियो। उनीहरूलाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको एक टोली कैलालीमा नै खटिएको थियो।

चर्चामा

सम्बन्धित समाचार