• होमपेज
  • समाज
  • ३५ बुँदे घोषणपत्र बुझाउदै सम्पन्न भयो युवमैत्री स्थानीय शासन सम्बन्धि तालिम

३५ बुँदे घोषणपत्र बुझाउदै सम्पन्न भयो युवमैत्री स्थानीय शासन सम्बन्धि तालिम

दशरथचन्द युवामैत्री नगर बन्ने आशा

  • सोमवार, साउन ९, २०७९
३५ बुँदे घोषणपत्र बुझाउदै सम्पन्न भयो युवमैत्री स्थानीय शासन सम्बन्धि तालिम

बैतडी — युवामैत्री स्थानीय शासन अवलम्बन गर्ने उद्देश्य सहित देशभरीका ७ वटा नगरपालिका मध्येको एक दशरथचन्द नगरपालिकामा साउन ६ गतेदेखि सुरु भएको युवा तथा किशोर-किशोरीमत्रै स्थानीय शासन सम्बन्धि ३ दिने तालिम ३५ बुँेदे घोषणपत्र बुझाउदै आज सम्पन्न भएको छ ।
तालिममा सहभागि हरेक क्षेत्रका युवाहरुको छलफलबाट तयार गरिएको ३५ बुँदे घोष्णापत्र दरशथचन्द नगरपालिका मेयर पुस्करराज जोशी (लख्खाभाई) लाई बुझाउदै तालिम सम्पन्न भएको हो । तालिममा युवाहरुले युवा तथा किशोर-किशोरीमैत्री स्थानीय शासन प्रबर्दन कसरी गर्ने भन्ने बारेमा सिकेका थिए । तालिमका लागि प्रत्येक प्रदेशबाट एउटा स्थानीय तह छनोट गर्ने कार्यक्रम वमोजिम सुदूरपश्चिम प्रदेशबाट दशरथचन्द नगरपालिका छनोट भएको थियो ।

युवामैत्री स्थानीय शासनको आवश्यकता र यसले समग्र विकासमा पार्ने सकारात्मक प्रभावलाई मध्यनजर गर्दै दशरथचन्द नगरपालिकाकोे संयोजन, राष्ट्रिय युवा परिषद्, जागृति बाल तथा युवा सरोकार नेपाल, युएनडिपि र युनिसेफ नेपालको संयुक्त प्रयासमा युवामैत्री स्थानीय शासन अभियानलाई ठोस रुप दिन साझेदारी भईरहेको छ ।
दशरथचन्द नगरपालिकामा आयोजना भएको तालिमको उद्घाटन र समापन कार्यक्रममा दशरथचन्द नगरपालिकाका मेयर पुस्करराज जोशी (लख्खाभाई), प्रमुख प्रशासकीय अधिकृत विक्रम बहादुर चन्द लगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो भने तालिममा कार्यपालिका सदस्य, वडा अध्यक्ष, विषयगत समिति, सवालगत संरचना, अपाङ्ग, किशोरी, युवा उद्यमी, कृषक, नीजि क्षेत्र, नागरिक संघ संस्था, बाल क्लबका पुर्व सदस्य, संचारकर्मि युवा, अधिकारकर्मि लगायतका सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

यस अन्तर्गत विभिन्न्न सरोकारवालाहरुको संलग्नतामा युवामैत्री स्थानीय शासन दिग्दर्शन, २०७५ को परिमार्जन र युवामैत्री स्थानीय शासन क्षमता विकास निर्देशिका तयार गरिएको छ । युवामैत्री स्थानीय शासनको प्रवद्र्धनको पहिलो चरणमा देशका सातै प्रदेशका एकएक स्थानीय तहको छनौट गरी सम्वन्धित स्थानीय तहका जनप्रतिनिधी, कर्मचारी तथा युवाका सवालमा प्रमुख सरोकारवालाहरुको लागी युवामैत्री स्थानीय शासनसँग सम्वन्धी क्षमता अभिवृद्धि तालिम दिइएको हो ।
कार्यक्रमको समापन सत्रमा बोल्दै दशरथचन्द गनरपालिकाका मेयर पुस्करराज जोशी (लख्खाभाई) ले युवाहरुको समग्र विकास तथा युवामैत्री स्थानीय शासन प्रवद्र्धनका लागि नगरपालिकाले सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत विक्रम बहादुर चन्दले पनि युवा देशको मुल शक्ती भएकाले हरेक कार्यक्रममा युवा परिचालन अनिवार्य रहेको बताउनुभयो । युवाको क्षमता विकासका लागि यस तालिमले पनि महत्वपुणर् भुमिका निर्वाह गर्ने उहाँको भनाई थियो ।
दशरथचन्द नगरपालिकामा युवामैत्री स्थानीय शासनको अवलम्वन, कार्यान्वयन, घोषणा र दिगोपनामा योगदान दिनका लागि गाँउपालिकाका सरोकारवालाहरुबाट युवामैत्री स्थानीय शासन सहयोग समितिको निमाणर् गरी स्वयमसेवी रुपमा युवामैत्री स्थानीय शासन प्रबद्र्धनका लागी योगदान गर्ने आधार निमाणर् गरिएको छ ।

कार्यक्रममा उपस्थित सहभागीहरुले दशरथचन्द नगरपालिकालाई युवामैत्री स्थानीय तहका रुपमा अवलम्वन, कार्यान्वयन र घोषणा गर्नका लागि कार्ययोजना तयार गर्दै सबै सहभागीहरुले आआफ्नो व्यक्तिगत र संस्थागत रुपमा योगदान पुर्याउदै युवामैत्री दशरचथन्द नगरपालिकाका लागि घोषणापत्र सार्वजनिक गर्दै घोषणापत्रमा उल्लेख बुँदाहरु कार्यन्वयनका लागी सबै क्षेत्रका सरोकारवालाबाट सहयोगको लागी अपेक्षा गरेको छन् ।
यो पनि पढ्नुहोस
नेपालले जाहेर गरेका अन्र्तराष्ट्रिय प्रतिवद्धताहरु, दिगो विकासका लक्ष्यहरु (२०१६(२०३०), नेपालको संविधानको मौलिक हक तथा राज्यका निर्देशक सिद्धान्तहरु, पन्ध्रौ योजना, राष्ट्रिय युवा नीति २०७२, राष्ट्रिय युवा परिषद् ऐन २०७२, राष्ट्रिय युवा परिषद् नियमावली २०७३, युथ भिजन २०२५ तथा दश वर्षे रणनीतिक योजना लगायतका विभिन्न प्रतिवद्धता र दस्तावेजहरुमा युवा अधिकार र युवाको समग्र विकासका सम्वन्धमा विभिन्न प्रतिवद्धताहरु व्यक्त गरिएका छन् ।

राष्ट्रिय युवा नीतिले १६ देखि ४० बर्ष उमेर समुहका नागरिकहरुलाई युवाको परिभाषामा समेटेको छ । राष्ट्रको समग्र विकास, परिवर्तन र प्रगतिमा युवाहरुको सकारात्मक र रचनात्मक योगदान रहेको छ, रहन्छ र रहनु पर्दछ भन्ने विषयलाई आत्मसात गर्दै बालमैत्री, लैङ्गिकमैत्री, पोषणमैत्री, वातावरणमैत्री अभियानसँगसँगै युवामैत्री अभियानको कार्यान्वयन गरिएको छ ।
युवाको समग्र विकासको लागी युवाको अर्थपुणर् सहभागिताको साथ राष्ट्रिय तथा अन्र्तराष्ट्रिय तहमा प्रतिविम्वित भएका प्रतिवद्धता तथा व्यवस्थाहरुको प्रभावकारी कार्यान्वयनका लागी स्थानीय सरकार संचालन ऐन २०७४ ले स्थानीय सरकारलाई दिएको काम, कर्तव्य र अधिकारको कार्यान्वयन गर्दै युवामैत्री स्थानीय शासन को अवलम्वन र कार्यान्वयन आवश्यक छ । युवाको अधिकारलाई सुनिश्चित गर्न स्थानीय तहदेखि नै युवाका सवालहरु शासन प्रणालीमा जोड्दै, युवाको सक्रिय सहभागिता, संलग्नता र सहकार्यमा संचालन गरिने शासन प्रणाली युवामैत्री स्थानीय शासन हो ।

यसको लक्ष्य नेपालको संविधानमा रहेका मौलिक हकहरु तथा विभिन्न कानुनी व्यवस्थाहरु र युथ भिजन २०२५ तथा दश वर्षे रणनीतिक योजनाका पाँच स्तम्भहरु गुणस्तरिय र व्यावसायिक शिक्षा, रोजगारी, उद्यमशिलता र सिप विकास, स्वास्थ्य र सामाजिक सुरक्षा, युवा परिचालन, सहभागिता र नेतृत्व विकास तथा खेलकुद र मनोरन्ंजनका शिर्षकहरु अन्तर्गत तय गरिएका लक्ष्यहरुको प्राप्ति गर्दै देशैभरीका स्थानीय तहहरुलाई युवामैत्री स्थानीय शासनका रुपमा विकास गर्ने रहेको छ ।

यस अवधारणामा ७ रणनीति, ४६ कार्यनीति, ४५ सुचकहरु र अवलम्वन, कार्यान्वय र घोषणाका लागि ४ चरणहरु प्रस्ताव गरिएको छ । स्थानीय आवश्यकता अनुसार रणनीति, कार्यनीति, सुचक र चरणहरुको स्थानीयकरण गर्न सकिन्छ । देशका ७५३ वटै स्थानीय तहहरुमा युवामैत्री स्थानीय शासनलाई अवलम्वन, कार्यान्वयन र घोषणाले नीति, निर्माण र कार्यान्वयनमा युवाहरुको अर्थपुणर् सहभागिता, नेतृत्व विकास, विशेष वर्ग, यौनीक तथा लैङ्गिक अल्पसङख्यक तथा अन्य सिमान्तकृत समुदायका युवाहरुका सवालहरुको प्राथमिकता लगायतका युवासँग सम्वन्धित साझा सवालहरुको युवाहरु कै नेतृत्वको साथ सम्वोधन गर्न सहयोग पुग्दछ । यस अभियानको दिगोपनाका लागि संघ तथा प्रदेशबाट शसर्त र निशर्त बजेटको सुनिश्चितता, सबै स्थानीय तहहरुको वार्षिक नीति, कार्यक्रम र बजेटमा व्यवस्था र विकासका साझेदार, गैरसरकारी संस्था, नीजि क्षेत्र र सरोकारवालाहरुबाट समन्वय र सहकार्य हुनु आवश्यक छ ।

No description available.

No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार