• होमपेज
  • राजनीति
  • नेपाली काँग्रेस खप्तड छेडेदहका पालिका सभापतिले दिए राजीनामा

नेपाली काँग्रेस खप्तड छेडेदहका पालिका सभापतिले दिए राजीनामा

  • सोमवार, बैशाख १२, २०७९
नेपाली काँग्रेस खप्तड छेडेदहका पालिका सभापतिले दिए राजीनामा

बाजुरा– नेपाली काँग्रेस खप्तड छेडेदह गाउँ कार्य समितिका सभापति हर्क बहादुर रावतले सभापती पदबाट राजीनामा दिएका छन् । पार्टी जिल्ला नेतृत्वले टिकट वितरणमा गुटगत निर्णय गरेको आरोप सहीत सभापति पदमा नबस्ने विज्ञप्ती सहीत राजीनामा गरेका हुन् ।

खप्तड छेडेदह गाउँपालिका ४ का वडा अध्यक्ष समेत रहेका रावतले पार्टीको कुनै जिम्मेवारीमा नबस्ने घोषणा सहीत पदबाट राजीनामा दिएका छन् । नेपाली काँग्रेसले खप्तड छेडेदहमा पार्टी सभापति रामसिंह रावल निकट मानिएका खडक बुढालाई अध्यक्षमा र विसुदेवी नाथलाई उपाध्यक्षमा टिकट दिएको छ ।

बुढा केही दिन पहिलेसम्म आधारभुत तहको शिक्षक पेशामा आवद्ध हुन्, भने नाथ सामुदायिक अध्ययन केन्द्र आटीचौरको सहजकर्तामा कार्यरत थिइन् । काँग्रेस जिल्ला अधिवेशनमा सदस्य पदमा उम्मेदवारी दिएर पराजित बनेकी थिइन् ।

पार्टी विधि, विधानमा नचलेको र एकल नेतृत्वको निर्देशनमा चल्ने गरेको आरोप सहीत पार्टी सभापति रावतले आक्रोश समेत पोखेका छन् । रावत स्वयम आफै वडा अध्यक्षका पनि उम्मेदवार थिए ।

वर्तमान अध्यक्ष नरबहादुर रावत, मिनबहादुर धामी लगायतका नेताहरुलाई पाखा लगाएर शिक्षक पेशा छोडेको महिना दिन नपुगेको व्यक्तिलाई टिकट दिएकोमा देउवा पक्षधर नेता कार्यकर्ता आक्रोशित बनेका छन् ।

काँग्रेसमा देउवा पक्षको बर्चश्व मानिएको खप्तड छेडेदहमा फरक गुटका व्यक्तिलाई टिकट दिएपछि देउवा पक्षधरहरु असन्तुष्ट देखिएका छन् । नेपाली काँग्रेस बाजुराले खप्तड छेडेदहको वडा अध्यक्षमा १ मा वीरबहादुर रावल, २ मा भक्त बुढालाई टिकट दिएको छ ।

यस्तै ३ मा विर्ख बहादुर रावत, रुपेश धामी, ५ मा जितबहादुर रावत, ६ मा हर्क विष्ट र ७ मा धनबहादुर बुढालाई टिकट दिएको हो । सर्वसम्मत बनेका १ र ७ बाहेक सबैमा जिल्ला पार्टी सभापति रामसिंह रावल निकटलाई नै अध्यक्षको उम्मेदवार बनाइएको छ ।

नगरपालिकामा देउवा पक्षले प्रदेशबाट एकलौटी निर्णय सहीत प्रमुख पदमा उम्मेदवार बनाएपछि जिल्लाबाट रामसिंह रावल समूहले वडा अध्यक्ष र पालिका अध्यक्ष उपाध्यक्षमा आफू निकटलाई टिकट दिएको छ । पालिका तहमा अध्यक्ष र उपाध्यक्ष, वडा अध्यक्षमा काँग्रेस भित्र व्यापक असन्तुष्टी बढेको छ ।

चर्चामा

सम्बन्धित समाचार