सुरेशकुमार पान्डे — कतिय साथिहरू अहिले क्रान्तिकारी आन्दोलनको रक्षागर्ने भन्दै ठाउं ठाउमा फुटको अपिल गरेकाछन।कम्युनिष्टको फुटले निश्चित रूपमा कम्युनिष्ट कम्जोर हुंनेछन।
नेकपा मसाललाई दक्षिण पन्थि दलदलमा भासियो त्यो चुनावप्रस्त भयो भन्दै मसाल बाट बिद्रोहगर्नेहरूले आफुलाई सधै क्रान्तिकारी भन्ने गरिन्छ।त्यो अहिले बिद्रोह गर्नु भएका तमाम साथिहरू लाई जानकारीछ उंहाहरूले वेला बखतमा फुटप्रस्तहरूको बिरूद्धमा लेखेका लेख बिचार अहिलेपनि थुप्रै पत्रपत्रिकाहरूमा भेट्न सकिन्छ।
हिंजो नेकपा माओवादीहरूले नेपालमा दुइटा मात्रै राजनीतिक दल भएको बताएकाथिए एउटा राजावादी आर्को माओवादी।उनिहरूले त्यो वेलाको सरकार लाई राजाको नोक्कर भन्दै नोक्कर सँग कुनै पनि बार्ता नगर्ने बताएका थिए।उनैका नेताले गोरूको मासु नखाने अम्युनिष्ट हुन सक्दैन बताएका थिए।दिना नाथ शर्मा मसाल बाट जानेभन्दा पहिले “लाल सेना नभएको कुनैपनि कम्युनिष्ट पार्टी हुँनै सक्दैन”भनेका थिए।अहिले सम्म नेकपा मसाल बाट जानेसाथिहरूले नेकपा मसालले क्रान्ति गर्न नसकेको भन्दै गएकाहुँन।सि पि गजूरेल देखी अहिले कृष्ण पौड्यल ज्यु समेतका नेकपा मसाल बाट जाने साथिहरूले नेतृत्वलाई क्रान्तिगर्न नसक्ने आरोप लगाउँदै गएकाछन।उनिहरू मध्य केहि साथिहरूले संगठन बनाएर बिगतमा जनयुद्ध पनि नगरेका होइनन्।सांच्चै भन्दा क्रान्तिकारी अभ्यास पनि गरेर हेरे अनि अन्तिममा आफैले “बहुदलिय ब्यबस्थालाई आफुले अहिले सम्म खारिएको र माझिएको ब्यबस्था” पनि बताएअहिले उनिहरूको कुन अबस्थामा पतन भएकोछ त्यो मैले उल्लेख गर्नै पर्दैन प्रष्टनैछ।
उनिहरूका कुरागरेर आफ्नो समयलाई ब्यार्थैमा नष्ट गर्ने गर्नुपनि ठिक नहोला।बरू अहिले कम्युनिष्टको क्रान्तिकारी धारलाई जोगाउँनुपर्छ भन्दै समनबय समीति गठन गर्नु भएका हाम्रा महान कामरेड्सहरूको बारेमा सटिकमा केही भनौकी किन भने स्वांस रहंदा सम्म आस रहिरहन्छ।
हाम्रो लागि अंझै पनि उंनिहरू मित्र शक्तिमात्रै होइनन् एउटै परिवारकाहौं भन्ने हामिलाई लाग्छ।यद्मापी उनिहरू मध्यका कतिपय नेताहरू नेकपा मसालको अनुसाशनको कार्वाइमा परेका हुन।कयौं साथिहरू हामि एउटै संगठनका जिम्मेवारी बहनगरेका मध्यछन र कयौं अनुसाशित जिम्मेवारी बहन गरेका सम्मानिय नेताहरू पनिछन जस्ले हिंजो हामिलाई अनुसाशनको गुर सिकाउँनु हुन्थ्यो।उंहाहरू सँग हाम्रो भावनात्मक सम्बन्ध छ र त्यो मित्रता रहिरहने पनिछ।राजनीतिक नबुझेकाले यसलाई नकारत्मक रूपमा लिन सक्छन तर वास्तबिक रूपमा राजनीति बुझेकाहरूले यो दुरीलाई सामन्य रूपमा लिएर मैत्रिपुर्ण सम्बन्ध राख्छन।कम्युनिष्टहरूले देशका पिन्चान्नब्ये प्रतिसत जनताहरूको पक्षमा उनिहरूको हितका लागि शंघर्ष गर्ने गरिन्छ।हाम्रो दुश्मन शक्ति भनेको दलाल पुंजिपती बर्ग मात्रैहो राष्ट्रिय पुंजिपतिहरू समेत क्रान्तिकारीका मित्र शक्तिहुन्छन।त्यसकारणले हाम्रो बिचमा अहिले सिमित रूपमा बैचारीक मतभेद आयो भन्दाबित्तिकै एकले आर्कालाई दुश्यन सम्झिने प्रबृती भने ठिक लाग्दैन र यो मालेमा सद्धान्तपनि होइन।मार्क्सवाद -लेनिनवादले सधैभरी बैचारीक शंघर्ष मा जोड दिएकोछ बिरोधी तत्वहरूको बिचको एकता शंघर्ष शंघर्ष एकताले द्वौन्दत्मक बिकास गर्दछ भन्ने कुरा हामिले बुझेकाछौं।शैधान्तिक छलफल गर्नु राम्रो पक्षहो त्यसबाट कम्युनिष्ट आन्दोलनलाई ऐतिहाशिक फाइदाहुन्छ तर ब्यक्तिगत रिसबी वेमान्यस्तले कम्युनिष्ट आन्दोलनलाई नोक्सान हुन्छ भन्ने कुरा साथिहरूले बुझ्नुपर्छ।
कामरेड्स पार्टीलाई फुटाउंने लेख र भाषन गर्दा बिरोधीहरूले पनि तालि बजाउंछन सम्मान गर्छ त्यो देखेर हामि मख्खपर्न थाल्यौं भने हाम्रो कम्युनिष्ट आन्दोन कहां पुग्छ?निश्चितरूपमा कम्युनिष्ट आन्दोलनको धरासाई यहि प्रकृयाबाट हुन्छ।
अहिलेको हाम्रो लडाई ब्याक्तिगत लडाई होइन भने त्यसलाई राजनीतिक करण गरेर मैत्रिपुर्ण रूपमा बैचारीक छलफल गरौं।त्यो सकारत्मक पाटो हुनसक्छ तर नेतृत्वको बिरूद्धमा गालिगलौच गरेर राजनीतिक रूपमा हामि झन तल झर्दै जानेछौं।साथिहरूलाई लाग्छ तपांई हरूले अप्नाएको बाटो ठिकछ ठिकछभने आफ्नो त्यो राजनीतिलाई अगाडी बढाउंदै जानुस हुनसक्छ पार्टीको भोलि बिकास पनि होला।राजनीतिक पार्टीले वैचारिक रूपमा छलफल चलाएर जानुपर्छ।क्रान्तिकारी धार कुनहो र त्यसको नेतृत्व कस्ले गरेकोछ भन्नेबारे समयले बताउंदै जानेकुराहो।
एकपटक डा.बाबुराम भट्टराईले क्रान्तिको नेतृत्व गर्छन भनेका थिए र उनैलाई रअ को एजेन्ट पनि उनैका पार्टीले भने उन्लाई घेराहाले त्यो वेलामा उन्को जिवरक्षाको माग गरेर हामिले आन्दोलन गरेका थियौं।अहिले उनै बाबुराम भट्टराईले कुन बाटो छोपेकाछन त्यो कसैबाक लुकेकोछैन।यि सबैकुरा वेला बखतका हुन।कम्युनिष्ट पार्टी एउटा निर्धारित अनुसाशनको दायरामा रहेर शंघर्षको कार्यक्रम तय गर्छ त्यो दुई प्रकारका हुन्छ एउटा सहमतिय प्रणालि बाट आर्को बहुमतिय पर्णालिबाट बहुमतिय पार्णिलि बाट कार्यक्रम पारित भयपछि पनि अल्पमतले बहुमतले गरेको निर्णयलाई ब्यबहारिकता दिनेहो तर यो मेरो प्रस्ताब होइन भनेर त्यसलाई बहिस्कार गर्न मिल्दैन भन्नेकुरा आदरणिय साथिहरूलाई हामिले सम्झाउँनु पर्दैन।जे हौश हाम्रो देशमा आमूल परिवर्तनको जिम्मा लिएको कम्युनिष्ट पार्टीले वेला वेलामा फुटेर त्यो जिम्मा भने कदापि पुरा हुन सक्दैन।अनि फुटेर क्रान्तिकारी आन्दोलनको रक्षा गर्छौ भन्ने साथिहरूले कम्तिमा दश बर्षमा त यो आफ्नो भनाईलाई पुरा गर्नु निस्यपनि हुनेछ त्यो एकदशक पछि समयले निश्चित रूपमा बताउँनेछ।त्यो भन्दा पहिले यदि साथिहरू फुटेर नगयको भए नेकपा मसालले दशबर्ष भित्र गुणत्मक फड्को मार्ने थियो भन्ने कुरा भने सत्यहो।अहिले साथिहरू फुटेर गएपछि कसैलाई पनि फाइदा हुनसक्ने कुराभयन।अहिले पनि हामिले उंहाहरूलाई हेर्ने दृष्टीकोण भनेको भावनात्मक र बर्गिय मायां पारिवारीक सम्बन्धनैहो।आपसमा हामी लडेर क्रान्तिकारी कम्युनिष्टको बिउ जोगिदैंन बरू कम्युनिष्ट आन्दोलन भित्र रहेका सैधान्तिक अनुभबी खम्बाहरूलाई हामिले कम्जोर बनाएर कम्युनिष्ट आन्दोलनलाई छिया पारेर अन्तत्वगत्व कम्युनिष्ट क्रान्तिकारी आन्दोलनको बिउ समेत भुटिने आधार बन्दै गयकोछ।