• होमपेज
  • समाज
  • बाजुराकाे डोगडी बाट १० किलो चरेशसहित युवक पक्राउ

बाजुराकाे डोगडी बाट १० किलो चरेशसहित युवक पक्राउ

  • बिहिबार, माघ २०, २०७८
बाजुराकाे डोगडी बाट १० किलो चरेशसहित युवक पक्राउ
फाइल तस्बिर

बाजुरा– जिल्ला प्रहरी कार्यलय बाजुराले चरेशसहित एक युवकलाई पक्राउ गरेको छ।  खप्तड छेडेदह गाउँपालिका–५ डोगडी बजारबाट प्रहरीले १० किलो अवैध लागूऔषध चरेशसहित उनलाइ पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सोही गाउँपालिका–७ लमगाउँ बस्ने ४० वर्षीय हर्कबहादुर रावत रहेका छन्। से १ ज ६०९ नम्बरको जिप जाँच गर्दा त्यसमा सवार रावतबाट उक्त पदार्थ फेला परेको थियो। घटनामा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार