काठमाण्डौ — एम्बुलेन्सको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ।
भरतपुर महानगरपालिका–१५ मा हिजो बेलुका पौने ७ बजे से १ च ५८८ नम्बरको एम्बुलेन्सको ठक्करबाट अन्दाजी ३५ वर्षका पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ।
प्रहरीकाअनुसार घाइते भएका उनको भरतपुरको कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचारका क्रममा गएराति साढे ८ बजे ज्यान गएको हो।
ज्यान गुमाउने व्यक्तिको परिचय खुलेको छैन। एम्बुलेन्सका चालकलाई प्रहरीले पक्राउ गरेको छ।