• होमपेज
  • समाचार
  • गाजा क्षेत्रमा इजरायलको हमला, १३ वर्षका बालकको टाउकोमा गोली प्रहार

गाजा क्षेत्रमा इजरायलको हमला, १३ वर्षका बालकको टाउकोमा गोली प्रहार

  • आइतवार, भदौ ६, २०७८
गाजा क्षेत्रमा इजरायलको हमला, १३ वर्षका बालकको टाउकोमा गोली प्रहार

इजरायलले गाजा क्षेत्रमा हवाई हमला सुरु गरेको छ । इजरायली सैनिकको हमलाका कारण ४१ जना घाइते भएको प्यालेस्टाइनी स्वास्थ मन्त्रालयले जनाएको छ । १३ वर्षका एक बालकको टाउकोमा गोली प्रहार भएको पनि मन्त्रालयले जानकारी दिएको छ । अल जजिराकाअनुसार घटनामा कम्तिमा २ जना गम्भीर घाइते छन् । यद्यपी, अहिलेसम्म कसैको मृत्युको खबर आइसकेको छैन ।

जेरुसलेमको अल अक्सामस्जिद जलाइएको ५२ औं वर्षगाँठ मनाउन भेला भएका प्यालेस्टाइनी प्रदर्शनकारी र इजरायली सैनिकबीच भिडन्त निम्तिएपछि अवस्था बिग्रिएको हो । शनिबार राती इजरायली सैनिकले विज्ञप्ति जारी गर्दै गाजास्थित हतियार उत्पादन गर्ने चारवटा कारखानामा हमला गरिएको जनाएको छ । यी कारखाना हमास विद्रोहीले सञ्चालन गरिरहेको उसको दाबी छ । प्यालेस्टाइनी इलाका हमासको कब्जामा छ ।

प्रदर्शनकारीहरूले सीमा क्षेत्रको पर्खाल नाघेर आफ्ना सैनिकमाथि बिष्फोटक पदार्थ फ्याँक्ने प्रयास गरेको इजरायली सैनिकको दाबी छ ।

चर्चामा

सम्बन्धित समाचार