• होमपेज
  • समाचार
  • गोठे लुहारको गाडीले ठोकेर भारतमा मृत्यु

गोठे लुहारको गाडीले ठोकेर भारतमा मृत्यु

  • बिहिबार, भदौ ३, २०७८
गोठे लुहारको गाडीले ठोकेर भारतमा मृत्यु

बझाङ — भारतमा  गाडीको ठक्करबाट एकजना नेपालीको ज्यान गएको छ। भारतको तामिलनाडु राज्यमा गाडीले ठक्कर दिँदा बझाङका गोठे लुहारको ज्यान गएको हो। बझाङको केदारस्युँ गाउँपालिका २ स्थित जुब गाउँका गोठे लुहारको भारतको तामिलनाडु राज्य तिरपुर जिल्ला अन्तर्गत उरुमलापेटमा गाडीले ठक्कर दिँदा ज्यान गएको सेती महाकाली प्रवास सेवा समिति भारतका अध्यक्ष अम्मर बिष्टले जानकारी दिए।

अध्यक्ष बिष्टका अनुसार साउन ३१ राती ८ बजेको समयमा तरकारी किन्न बजार गएका बेला दुध बोक्ने ट्यांकरले ठक्कर दिँदा घट्नास्थलमा नै मृत्यु भएको हो। बिक सेती महाकाली प्रवास सेवा समिति भारतका तिरपुर जिल्ला अन्तर्गत अबिनासी क्षेत्रका उपाध्यक्ष हुन्।

६५ वर्षीय लुहार लामो समयदेखि भारतमा काम गरिरहेका थिए।

चर्चामा

सम्बन्धित समाचार