• होमपेज
  • समाचार
  • ढुंगा निकाल्ने क्रममा कालिगण्डकीमा डोजर खस्यो

ढुंगा निकाल्ने क्रममा कालिगण्डकीमा डोजर खस्यो

  • बिहिबार, भदौ ३, २०७८
ढुंगा निकाल्ने क्रममा कालिगण्डकीमा डोजर खस्यो

जोमसोम — उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्डअन्तर्गत प्याकेज नं. ४ को मुस्ताङ खण्डमा सडक निर्माणको काम गरिरहेको स्काभेटर बुधबार बिहान कालिगण्डकी नदीमा खसेको छ ।

कालिगण्डकी नदीमा खसेको डोजर बाहिर निकाल्ने प्रयास गरिएपनि नदीको बाहव उच्च रहेकाले निकाल्न सकिएको छैन। मुस्ताङको घरपझोङ—२ मार्फा सामग्री नजिकको सडकमा रिटेरिङ वालको लागि कालिगण्डकी नदीबाट ढुङ्गा निकाल्ने क्रममा बा २ क ३८८१ नम्बरको होन्डा स्काभेटर उपकरण अनियन्त्रित भई कालिगण्डकी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्डको प्याकेज नं. ४ मा सडक स्तरोन्नतिको जिम्मा कोशी एण्ड न्यौपाने जेभीले लिएको थियो । उक्त स्काभेटर निर्माण कम्पनीले भाडामा लिएको थियो ।

सडक निर्माण स्थलनजिक कालिगण्डकी नदीबाट ढुङ्गा निकाल्ने क्रममा स्काभेटर खसेको थियो । अचानक कालिगण्डकी नदीमा खसको स्काभेटर कालिगण्डकी नदीले बगाएर करिब २५ मिटर तल पुर्याएको जिप्रका मुस्ताङले उल्लेख गरेको छ ।

कालिगण्डकीमा स्काभेटर खसेपनि स्काभेटर अपरेटर भने सुरक्षित रहेको जनाइएको छ । स्काभेटर नदीमा खसेपछि पुरै इन्जिनभित्र पानी पसेको थियो । बर्खायामको मौसममा कालिगण्डकी नदीको सतह उच्च हुँने भएकाले स्काभेटर कालिगण्डकी नदीबाट बाहिर निकाल्न अप्ठ्यारो परेको छ ।

यस्तै, दुई वर्षअघि बेनी-जोमसोम सडक स्तरोन्नति गर्ने क्रममा मुस्ताङको थासाङ गापा-४ घाँसा नजिक स्काभेटर कालिगण्डकी नदीमा खसेको थियो ।अन्नपुर्ण पाेस्टबाट

चर्चामा

सम्बन्धित समाचार