
काठमाडौं– बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुबाहक बस दुर्घटनामा परेको छ ।
दुर्घटनामा परी सात जनाको मृत्यु भएको काभ्रेका डीएसपी रवीन बिष्टले जानकारी दिए । दुर्घटनामा परी घाइते भएका १५ जनालाई उद्धार अस्पताल पठाइएको उनले बताए ।
बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरे जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस बीपी राजमार्गको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा दुर्घटनामा परेको हो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


