शनिबार, जेष्ठ २३, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • यसपटक एसईई पूरक परीक्षा मार्तडीमा मात्रै हुने, तोकिए परीक्षा केन्द्र

यसपटक एसईई पूरक परीक्षा मार्तडीमा मात्रै हुने, तोकिए परीक्षा केन्द्र

  • शनिबार, जेष्ठ २३, २०८३
सेयर गर्नुहोस् :
यसपटक एसईई पूरक परीक्षा मार्तडीमा मात्रै हुने, तोकिए परीक्षा केन्द्र
फाइल तस्वीर । मार्तडी बजार

बाजुरा--बाजुरामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेडवृद्धि परीक्षा सदरमुकाम मार्तडीमा मात्रै हुने भएको छ । गत वर्ष कोल्टी, मार्तडी र बुढीगंगा गरी तीन स्थानबाट सञ्चालन भए पनि यसपटक मार्तडीमा मात्रै हुने भएको हो ।

शिक्षा विकास तथा समन्वय इकाई बाजुराले परीक्षा केन्द्रहरु सार्वजनिक गर्दै यसपटक जिल्लाभरीका विद्यालयहरुको ग्रेडवृद्धि परीक्षा सदरमुकाममा हुने जानकारी दिएको छ । शिक्षा इकाईका सूचना अधिकारी लालबहादुर बिष्टले केन्द्रको निर्देशनअनुसार सदरमुकाममै ग्रेडवृद्धि परीक्षा सञ्चालन हुने जानकारी दिएका छन् ।

गत वर्ष बर्षातमा विद्यार्थीहरुलाई सदरमुकाम पुग्न विभिन्न समस्या हुने गरेको भन्दै सहजताका लागि तीन क्षेत्रमा सञ्चालन गरिएको थियो ।

शिक्षा विकास तथा समन्वय इकाईको अनुसार यस वर्ष आगामी असार १ गतेबाट सञ्चालन हुने एसईई ग्रेडवृद्धि परीक्षाका जिल्लाबाट ८०९ जना विद्यार्थी सहभागी हुदैँ छन् । जिल्लाभरका ३८ वटा विद्यालयबाट ग्रेडवृद्धि परीक्षामा सहभागी विद्यार्थीहरुका लागि सदरमुकाम मार्तडीमा दुई वटा परीक्षा केन्द्र निर्धारण गरिएका छन् । जसमा मालिका मावि (क) र (ख) परीक्षा केन्द्र तोकिएका छन् ।

२०८२ चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसईई नतिजा करिव एक महिनाभित्रै वैशाख २८ गते सोमबार सार्वजनिक भएको थियो । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार बाजुरामा ६१ दशमलव ९ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएका छन् । साधारण धारतर्फ एक हजार २५१ र प्राविधिक धारतर्फबाट ६५ जना विद्यार्थी उत्तीर्ण भएको हुन् । यस्तै साधारणबाट ७६९ र प्राविधिकबाट ४१ गरी ८१० जना नन ग्रेडमा परेका थिए ।

हेर्नुस् परीक्षा केन्द्र ।

May be an image of blueprint, ticket stub and text

May be an image of ticket stub, blueprint and text

May be an image of ‎blueprint and ‎text that says '‎परीका केन्द्र विधालय केन्द्र सहभागी हुने विध्यालय न. नाम र ठेगाना सि.न. विद्यालयको नाम र ठेगाना २९ परीक्ामा सहभागी हुने विघ्यार्थी संख्या कोड न. R0 ६९०६० ३१ ۹٦ ६९०६१ ३२ لا ६९०६२ ३३ २ ६९०६४ RY सरस्वती मा.वि आटीचौर कैलाश्वरी मा.वि. दम्था धौलपुरी मा.वि.पुरभमुता जाल्पादेवी मा.वि सुदाडा ठुलाकोट मा.वि. हिमाली जनता मा.वि वौधु वैदिक सनातन (संस्कृत) नरसिंह मा.वि. कालापानी युना मा.वि.युना कैलाश मा.वि. कोर्ध ل ६९०६६ 구노 ७ ६९०६७ ३६ २ ६९०६६ ३७ २ ६९०६९ ३ত २ ६९०७० 9 ६९०७१ जम्मा 5 5ل २०९ सबै केन्द्रको कुल विद्यार्थी संख्या cлюo3 ح ទា ff Ay ብ‎'‎‎

याे पनि पढ्नुहाेस् । 

बाजुरामा एसईई नतिजा सुधारोन्मुख, ६१ प्रतिशत विद्यार्थी उत्तीर्ण

चर्चामा

सम्बन्धित समाचार