बुधबार, जेष्ठ २०, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • यूएफसी छनोटमा फिलिपिन्सका प्रतिस्पर्धीलाई सजिलै हराए रवीन्द्र ढाँटले

यूएफसी छनोटमा फिलिपिन्सका प्रतिस्पर्धीलाई सजिलै हराए रवीन्द्र ढाँटले

रविन्द्रले रचे इतिहास

  • बिहिबार, जेष्ठ १४, २०८३
सेयर गर्नुहोस् :
यूएफसी छनोटमा फिलिपिन्सका प्रतिस्पर्धीलाई सजिलै हराए रवीन्द्र ढाँटले

काठमाडौं- नेपालका रवीन्द्र ढाँटले यूएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी ५ मा विपक्षीलाई दोस्रो राउन्डमै पराजित गरेका छन् ।

चीनको मकाउमा भएको प्रतिस्पर्धाको मिक्स मार्सल आर्ट्स (एमएमए) खेलाडी ढाँट ब्यान्टमवेट विधाको क्वाटरफाइनलमा भिडेका उनले विपक्षीलाई नकआउट हानेका हुन् ।

फिलिपिन्सका फाइटर किम्बर्ट अलिन्टोजोनसँग भएको प्रतिस्पर्धामा ढाँटले दोस्रो राउन्डमै जित निकालेर सेमिफाइनल यात्रा तय गरेका हुन्।

फिलिपिनो प्रतिस्पर्धीसामु रवीन्द्र एकपक्षीय देखिएका थिए । पहिलो र दोस्रो दुवै राउन्डमा शक्तिशाली देखिएका उनी सजिलै विजयी भएका हुन् ।

रविन्द्र ‘रोड टु यूएफसी’ मा स्थान बनाउने पहिलो नेपाली खेलाडी हुन्।

हालसम्म घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका उनले नेपाली एमएमएलाई नयाँ उचाइमा पुर्‍याउने आशा जगाएका छन्।v

चर्चामा

सम्बन्धित समाचार