सुरेशकुमार पान्डे — हाम्रो देशका जनता वीर लडाकु मेहंती छन तर अरुको देशको लागि।आफ्नो देशमा त उनिहरु चमत्कार मात्रै खोज्छन।आफुले सिन्को सार्न नपरोश तर प्रत्येक क्षेत्रमा आमूल परिवर्तन पनि आउस।त्यसमा कसैले पनि देशको निमित्त केही गरेर देखाउँन खोज्छ उस्लाई सघाउ पुराउँनुको सट्टा उसैको पुजा गर्न थाल्छन।अनि कसैको मद्त नपाएर ति होनहार पात्रहरु पनि यात पलायन हुन्छन या शक्तिहिन भएर दाशता स्विकार गर्छन।यो हाम्रो देशमा सात साल एताको तितो सत्यहो।कसैले चर्का र अतिरञ्जित नारा लगायो भने जनताले त्यसैलाई हिरो बनाई दिन्छन त्यसको बारेमा छानबिन गर्ने त उनिहरुलाई फुर्शतनै हुँदैन।हो कुटामार गर्न भने पछि पर्दैन आपसमै पनि हात पात गर्न बेर लगाउँदैनन्।
एसको अर्थ जनताले सिस्टमलाई हेर्न जान्दैनन वा चाहाँदैनन वा सिस्टमलाई गोण र ब्याक्तिलाई प्रमुख सम्झिन्छन।तर त्यसो गर्नु भनेको हाम्रो ठुलो भुल हो।जनताले सबैभन्दा पहिले देशको सिस्टम र त्यसलाई कन्ट्रोल गर्ने रिमोटको बारेमा गहिरोगरी बुझ्नुपर्छ।
बिगतमा कुलमानज्युले बिधुतको हालतमा सुधारिकरण गर्नुभयो तर त्यो सरकारलाई अपच भयो।जनताले कुलमानलाई हटाएको बिरोध गरे तर सरकारले कुलमानलाई हटाउँनु पर्ने कारणको बारेमा पत्ता लगाएनन कुलमानको माग जारि राखे।कुलमानले गरेको काम जनतालाई राम्रो लाग्यो आखिर आज बिधुत जनताको आधारभुत आबस्याकता मध्यको भएकोछ बिधुत बिना धेरै काम रोकिन्छ त्यसकारणले बिजुली बत्ति पुगेको ठाउँमा जनताले त्यो सुचारु हौश भनेर कामना गर्छन,त्यसो गर्नु स्वभाबिक बिषय पनि हो।अहिले कुलमान जी फेरी फर्किनु भएकोछ।सरकार पनि परिवर्तन भएकोछ अब जनताले मैले माथि भने झैं सिस्टमलाई हेर्दैनन उनिहरुले परिणाम हेर्छन।जबसम्म बिजुली सुचारु रुपमा चल्छ त्यसबेला सम्म कुलमानको पुजा गर्छन तर कुलमानको कामलाई सहयोग गर्दैनन्।बिधुत डगमगयो भने कुलमान को बिरुद्धमा नारा लगाउँने पनि यिनै जनता बन्नेछन।अहिले कुलमानको लागि ठुलो चुनौतिको सामना गर्नु पर्नेछ।
एका तिर नेताहरुले राम्रो क्षामता र निश्पक्षिय ईमानदार ब्याक्तिलाई काम गर्नेबेलामा खुट्टा तान्ने चलनछ भने त्यस्तै जनताले पनि आफ्नो जीम्मेदारीलाई पुरा गर्नुपर्दछ जो गर्दैनन।
जनताले देशको सिस्टमलाई बुझ्नु पर्ने बेला आएकोछ।
अहिले हाम्रो देशमा पानी बाट बिजुली बनाएपछि सबै भन्दा सस्तो बिजुली हाम्रो देशले उत्पादन गर्न सक्छ।यो देशले बनाएको बिजुली बेचेर देशका जनताले जीवन यापन गर्न सक्छन।नोकरी आफ्नै देशमा फाल्तु हुनसक्छ सरकारले बिदेश बाट महंगो बिजुली किंनेर सोस्तोमा बेच्यो भने देशको कुन गतिहोला?र त्यो प्रकृयाबाट कति दिन पुग्ला।यदि देशभित्रै उत्पादनमा जोड दिनेहो भने देशमा प्रगति हुन्छ।यसकोलागि एकजना कुलमानको मात्रै क्षामताले पुग्दैन सरकरलाई साथ दिन जनताले दवाब दिनुपर्छ।अहिले दुर्गम क्षेत्रमा बिधुत पुगेकैछैन जँहा पुगेकोछ त्यँहाको हालातमा पनि ब्यापक सुधार गर्नुपर्ने देखिन्छ।अहिले बजारमा पनि बत्ति खराब भयो भने तुरुन्तै ठिक गर्ने गरिन्न घन्टौ बिजली ब्यबस्था बाधित हुन्छ।बिजुलीको लोड अनुसार त्यसमा क्षामता बढाउँनु प्रने आबस्याकताछ।जँहा कयौं बिधुतका ट्रासफार्मरहरुको क्षामतामा बृद्धिगरेर बिजुली लाई जनताको घरमा पुग्ने बोल्टेज बराबरी गर्नुपर्ने हुन्छ।अहिले यति उज्यालो पनि दिन सक्ने क्षामता छैन।यसमा ब्यापक सुधार ल्याउँनु पर्ने देखिन्छ।बिजलीमा बोल्टजको अत्यैन्तै महत्व हुन्छ त्यो बराबर भयन भने हाम्रा बिधुत बाट चल्ने ‘जैस्तै टिवी,फ्रिज पंखा पानीको मोटर आदी उपक्रण खराब हुन्छन सड्छन त्यसो हुनु बिजलिको बोल्टेज कमभएर हुन्छ।त्यसलाई रोक्न पनि बिधुतमा बोल्टेजको बराबरी हुनुपर्छ।कयौं पल्ट घरमा आउँने बत्ति धेरै कहिले थोरै हुने गर्छ त्यसको मतलब अर्थ मा गडबड पनि हुनसक्छ जस्ले हाम्रा उपकण हरु खराब हुनसक्छन।वोलटस कमधेरै हुँन थाल्यो भने मैन स्यूच आफ गरेर सिकायत गर्नुपर्छ। कतै तार छिनेर भुँईमा छ भने पनि तुरुन्तै जाकारी गराउँनुपर्छ।ताकि कुनै घटना हुनबाट बच्न सकियोस।
यि याबत बिषयहरु छन।आज दुनिया कत्न पुग्यो तर हाम्रो पहाडी भेगमा आजपनि आकासको भरमा किसानहरु बाँचेकाछन।बिधुत प्रस्तै हुन्छ भने पानी का टुबेलबाट सिंचाई हुनसक्छ।पहाडमा अहिले पनि बिजुली पुगेकोछैन पुगेको ठाउँमा सिंगल लाईन छ जो खराब भयो भने कयौं दिन सम्म पनि बिधुत सुचारु हुँदैन जनताले पनि त्यसबारेमा सिकायत दर्ज गर्दैनन्।कयौं पल्ट तार छिनेर पशुहरु मरेका हुन्छन यसबारेमा पनि जनताले सचेत रहनुपर्ने हुन्छ।कुनै एकजना ब्याक्तिको फोटालाई पुजेर उनको गुणगान गरेर मात्रै उस्को हिम्मत बढ्दैन उस्ले गरेको काममा पनि जनताको सहभागिता हुनुपर्छ।
सबै भन्दा पहिले सिस्टमलाई शुधार र ब्यबस्थित गर्नुपर्छ र मात्र टेकाव हुनसक्छ।
अहिले कुलमान जी फर्किए बाट जनताको एउटा माग पुरा भयकोछ तर पनि यसमा मात्रै निर्भर रहनु गलत हुन्छ।उन्लाई सरकारले फिर्ता बोलाउँनुमा सरकारी नियत केछ त्यसमा पनि ध्यायन जानुपर्छ।
हाम्रो देशका साशक बन्न खोज्नेहरुको नियति पूर्व राजाहरुको भध्दा फरक पनि छैन।कुँवर ईन्द्रजित सिहँ(केआई सिहँ)लाई राजाले सत्तामा ल्याएर नङ्गाएको ईतिहाशछ।यस्ता कयौं घटनाहरु बाट पनि पाठ सिक्नुपर्छ।अहिले कुलमान जि लाई पहिले भन्दा धेरै सजग र सचेत भएर आफ्नो कार्यभार सञ्चालन गर्नु पर्ने हुन्छ।यो एउटा उँहालाई ठुलो चुनौति पनिहो भनेर सचेत रहनुपर्छ।जे हवश कुलमान जिलाई पुनः हार्दिक बधाई ।तथा कार्य कुसलताको शुभ कामना पनि भने।