• होमपेज
  • समाचार
  • नेपाल अमेरिका पत्रकार संघ(नेजा)को सातौं अधिवेशन भर्जिनियामा

नेपाल अमेरिका पत्रकार संघ(नेजा)को सातौं अधिवेशन भर्जिनियामा

  • आइतवार, साउन १०, २०७८
नेपाल अमेरिका पत्रकार संघ(नेजा)को सातौं अधिवेशन भर्जिनियामा

नेपाल अमेरिका पत्रकार संघ(नेजा)को सातौ अधिवेशन तथा १४ औ साधारण सभाको उद्घाटन सुरु भएको छ । उद्घाटन कार्यक्रम नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले उद्घाटन गरेका छन् भने उनि नै कार्यक्रमका प्रमुख अतिथि हुन् ।

नेजाको प्रचलन अनुसार नेपाल पत्रकार महासंघका अध्यक्ष नै अधिवेशनका प्रमुख अतिथि हुने गर्छन् ।

अमेरिकाको भर्जिनिया राज्यको स्यानटीली शहरमा आयोजना भएको कार्यक्रम जुलाई २४ र २५ अर्थात् शनिबार र आइतबारसम्म चल्नेछ ।

सो क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यक्रम सफलताको शुभकामना सन्देश पठाएका थिए त्यस्तै गरि राजदुत युवराज खतिवडा(विद्या वारिधि )पनि अन्य कार्यक्रममा व्यस्त भएकोले उद्घाटन समारोहमा सहभागी हुन् नसकेकोले शुभकामना सन्देश पठाएका छन् ।

कार्यकमको अध्यक्षता नेजाका कार्यवाहक अध्यक्ष विकासराज न्यौपानेले गरेका छन् भने कार्यक्रमको लागि पत्रकार महासंघ तथा प्रेस काउन्सीलका पूर्व सभापति हरिहर विरही, महाबाणिज्यदुत प्रेम राजा महत ,पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल ,वरिष्ठ पत्रकार तारा वराल, एनआरएएनए अमेरिकाका अध्यक्ष बुद्धि सुबेदी ,इन्जाका अध्यक्ष गुणराज लुइँटेल ,संघका पूर्व अधिकारीहरु ,वरिष्ठ तथा अग्रज पत्रकारहरु लगायत विभिन्न संघ/संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार