बाजुरा–नेकपा बाजुराको पाटि कार्यलयमा नेकपा बाजुराको साइनबोर्ड हटाएर नेकपा एमाले जिल्ला कमिटि बाजुरा लेखेको बोर्ड टासिएको छ । अनेरास्वीयुुका युुवा नेता डेनिश शाहिको नेतृत्वमा नेकपा एमाले लेखिएको बोर्ड टासेको अनेरास्वीयुु वाजुुराका नेता लक्ष्मण रोकायाले वताएका छन् ।
नेकपा ओली पक्षधर गएर नेकपा लेखिएको बोर्ड हटाएरु नेकपा एमाले लेखिएको बोर्ड टासेको बुुझिएको छ । नेकपा नामको विवादमा सर्वोच्च अदालतले फैसला दिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली पक्ष देशभर नेकपा एमाले ब्यूँताउन लागिपरेको छ ।
सर्वोच्च अदालतले आइतबार ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएको थियो ।
बाजुरामा मात्र नभई विभिन्न जिल्लामा रहेका पार्टी कार्यालयमा नेकपाको साइनबोर्ड हटाएर नेकपा एमाले लेखिएको साइनबोर्ड राख्न थालिएको छ । मकवानपुर, मोरङ, नुवाकोट, पर्वतलगायतका जिल्लामा ओली पक्षका कार्यकर्ताले पार्टी कार्यालयमा नेकपाको साइनबोर्ड हटाएर नेकपा एमालेको साइनबोर्ड राखिएको हो ।