• होमपेज
  • देश/प्रदेश
  • आज २०८१ साल जेठ १४ गते सोमबारको राशिफल

आज २०८१ साल जेठ १४ गते सोमबारको राशिफल

  • सोमवार, जेष्ठ १४, २०८१
आज २०८१ साल जेठ १४ गते सोमबारको राशिफल

आज २०८१ साल जेठ १४ गते सोमबार तदनुसार सन् २०२४ मे २७ तारिख। जेठ कृष्ण पक्षको चतुर्थी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ।  आजको फलादेशः

मेष : समय रमाइलो छ। शुभ समाचार सुन्न पाइने छ। लगानीको क्षेत्रमा उत्साह बढ्नेछ। शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक क्षेत्रमा तपाईंको सम्मान हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : नयाँ ठाउँ घुम्ने अवसर मिल्नेछ। पढ्न अल्छी लाग्नेछ। जुनसुकै काम सुरुवात गरे पनि ढिलासुस्ती बढ्नेछ। साथीको असहयोग रहने छ। देशभित्र गरेको लगानीबाट उत्साह बढ्नेछ।

मिथुन : खर्च बढ्ने योग छ। अनुत्पादक क्षेत्रमा खर्च बढ्ने भएकाले लगानी गर्नु अगाडि सोच्नु राम्रो हुन्छ। शिक्षामा भन्दा कृषि र पशुपन्छीको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : झुटो आरोपको सामना गर्नुपर्ने हुनसक्छ। काम गर्दा सचेत बन्नु राम्रो हुनेछ। पश्चिमको लामो यात्रामा नजानु राम्रो हुन्छ। साथीभाइ र बन्धुले शंका गर्ने दिन छ।

सिंह : बलले भन्दा बुद्धिले काम गर्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रको लगानीबाट उत्साह मिल्नेछ। धन आर्जनको बाटो शिक्षा क्षेत्र बन्नेछ। परिवारको मन जित्न नसक्दा खटपटी भने बढ्ने देखिन्छ। राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ।

कन्या : आफैंले गरेको काम प्रमाणित गर्नुपर्ने बाध्यता हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

तुला : दिन राम्रो छ। आफन्तले सहयोग गर्नेछन्। शिक्षाको लगानीबाट उन्नति हुनेछ। एकल निर्णयले व्यापारमा घाटा हुनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। व्यापार गर्दा सचेत हुनु राम्रो हुनेछ।

वृश्चिक : धनलक्ष्मी योग छ। लामो समयदेखि फसेको धन प्राप्त हुनेछ। लगानीको क्षेत्रमा तपाईंको उचित मूल्यांकन हुनेछ। प्रतिस्पर्धी सक्रिय भएको कुरालाई ख्याल गर्नुपर्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : शिक्षामा सफलता मिल्नेछ। व्यापार क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक काममा सम्मान प्राप्त हुनेछ। खानपानमा ख्याल नगर्दा भने रोगको जोखिम देखिएको छ। परिवारको साथ मिल्नेछ।

मकर : संघर्ष गर्नुपर्ने दिन छ। अरुको कुरा सुन्दा घाटा हुनेछ। तपाईंको लगानी फस्ने जोखिम भएकाले सोचेर काम गर्नु राम्रो हुन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। शिक्षा क्षेत्रको लगानीबाट उत्साह मिल्नेछ।

कुम्भ : शनिदेवको छाया योग छ। अपेक्षा गरेको व्यक्ति वा संस्थाले धोका दिने जोखिम देखिन्छ। परिवारको साथमा अगाडि बढ्नु राम्रो हुनेछ। धार्मिक कार्यमा मन दिनु फाइदाजनक हुनेछ।

मीन : खर्च बढ्ने दिन छ। कतै लगानी गर्नुपर्ने भए परिवारमार्फत् जानु राम्रो हुन्छ। लगानी गर्नुभयो भने विवाद बढ्नेछ। दिन संकटपूर्ण भए पनि परिवारको सथा मिल्नेछ। गुरुको सुझाव अनुसार अगाडि बढ्नु राम्रो हुनेछ।

चर्चामा

सम्बन्धित समाचार