आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • आजकाे माैसम: हिमाली क्षेत्रमा हिमपातको सम्भावना

आजकाे माैसम: हिमाली क्षेत्रमा हिमपातको सम्भावना

  • आइतवार, कार्तिक १९, २०८०
आजकाे माैसम: हिमाली क्षेत्रमा हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । अहिले मुलुकका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहेको छ । विभागका अनुसार आज दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ ।

मुलुकका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहने विभागले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार