सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • संबिधान दिवसको अवसरमा अखिल क्रान्तीकारीद्धारा भलिवल प्रतियोगीता

संबिधान दिवसको अवसरमा अखिल क्रान्तीकारीद्धारा भलिवल प्रतियोगीता

  • मङ्लबार, अशोज २, २०८०
संबिधान दिवसको अवसरमा अखिल क्रान्तीकारीद्धारा भलिवल प्रतियोगीता

बाजुरा– नेकपा माओबादी केन्द्र निकट अखिल क्रान्तिकारी बाजुरा जिल्ला कमिटिको आयोजनामा संबिधान दिवसको अवसरमा भलिवल प्रतियोगीताको आयोजना गरिएको छ । बाजुरा क्याम्पसमा आयोजना गरिएको भलिवल प्रतियोगिता हाम्रो संविधान राम्रो संविधान भन्ने मुल नाराका साथ आजदेखी सुरु भएको छ ।

हाम्रो संविधान राम्रो संविधान भन्ने मुल नाराका साथ ९औं संविधान दिवसको अवसरमा अखिल क्रान्तिकारी बाजुरा जिल्ला कमिटिको समन्वय र अखिल क्रान्तिकारी बाजुरा क्याम्पस इकाई कमिटीको आयोजनामा संचालन भएको अखिल क्रान्तीकारी जिल्ला कमिटि बाजुराका अध्यक्ष खेमराज साउँदले बताएका छन । अखिल क्रान्तिकारी बाजुरा क्याम्पस इकाई अध्यक्ष पारस बुढाको अध्यक्षतातामा संचालन गरिएको कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र केन्द्रिय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज देबकी मल्ल रहेकी थिइन ।
बिशिस्ट अतिथी अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष खेमराज साउद, माओवादी प्रदेश सचीवालय सदस्य जलुदेबी रोकाया,माओवादी प्रदेश कमिटी सदस्य तथा बडिमालिका नगर इन्चार्ज मान बहादुर बिक, बाजुरा क्याम्पसका क्याम्पस प्रमुख रुपक बहादुर रौले रहेका थिए ।
त्यसै गरी नेकपा माओवादी केन्द्र कार्यलय सचीव चन्द्र बहादुर थापा,नेकपा माओवादी केन्द्र गौमुल गाउपालिका अध्यक्ष महेन्द्र धामी, नेकपा माओबादी केन्द्र जिल्ला समन्वय समिती सदस्य बिष्णु रावल, दिलिप रोकाया, प्रदेश सदस्य गोपाल साउँद निबर्तमान क्याम्पस प्रमुख शुरेश प्रशाद पण्डित सदुरपश्चिम बिश्वबिद्धालय प्राध्यापक संघ इकाइ सभापति भिम बिस्ट क्याम्पस प्रशासन प्रमुख मदन जोशी लगायत बाजुरा क्याम्पस मा अध्यनरत छात्र छात्रा लगायत १ सय बढिको उपस्थित रहेको अखिल क्रान्तीकारी बाजुरा क्याम्पस इकाई कमिटिले जनाएको छ । आज देखी सुरु भएका बाकी खेलहरु भोलि बिहान ७ बजे बाट सुरु हुने र संविधान दिवसको अवसर पारी भोलि अर्थात असोज ३ गते समापन गरिने अखिल क्रान्तीकारीले जनाएको छ ।
कार्यक्रमको संचालक अखिल क्रान्तिकारी बाजुरा क्याम्पस कमिटी सदस्य किरण रोकायाले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार