शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • बझाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु

बझाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु

  • सोमवार, माघ २३, २०७९
बझाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु

अर्थ जङ्ग शाही,बझाङ –  बझाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ ।

जिल्लाको केदारस्युँ गाउँपालिका २ र ४ को बिच बज्वामा मालबाहक ट्रकले ठक्कर दिँदा हेयर नेपालमा कार्यरत दुर्गाथलि गाउँपालिका ३ रकैल घर अन्दाजी २३/२४ अमृता खत्रीको मृत्युु भएको हो ।

सोमबार आज बिहान सदरमुकाम चैनपुरदेखि बागथाल तर्फ गइरहेको सुपप्र ०१०१ ० प ५३१७ नम्बरको मोटरसाइकललाई धनगढीबाट बझाङ आइरहेको सुपप्र ०१००१ ख ३०७१ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार खत्रीको घटना स्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ ।

अहिले ट्रक चालक बैतडीको पुर्चौडि नगरपालिका ६ का दिपेन्द्र साउँद प्रहरीको नियन्त्रणमा छन भने मोटरसाइकल चालक जयपृथ्वी नगरपालिका-७ का नारायण जोशी फरार रहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार