मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • समाज
  • चन्द्रनिगाहपुरमा चिरपटले हानेर बुवाको हत्या, छोरा पक्राउ

चन्द्रनिगाहपुरमा चिरपटले हानेर बुवाको हत्या, छोरा पक्राउ

  • शुक्रबार, माघ २०, २०७९
चन्द्रनिगाहपुरमा चिरपटले हानेर बुवाको हत्या, छोरा पक्राउ

रौतहट  –  रौतहटको चन्द्रनिगाहपुरमा छोराले दाउराको चिरपटले हानेर बाबुको हत्या गरेका छन् ।

गएराति चन्द्रपुर नगरपालिका-६ का ५५ वर्षीय बुवा निरकुमार राईलाई छोरा प्रकाश राईले दाउराको चिरपटले हानी हत्या गरेको इलाका प्रहरी कार्यालयका चन्द्रनिगाहपुरका डिएसपी सन्तुप्रसाद जयसवालले बताए ।

डीएसपी जयसवालका अनुसार घरायसी विवादका क्रममा छोरा प्रकाशले चिरपटले बुवा निरकुमारलाई आक्रमण गरेका थिए । टाउको र निधारमा गम्भीर चोट लागेका निरकुमार उपचारका लागि अस्पताल लगिए पनि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले बाबुको हत्या आरोपमा ३२ वर्षीय छोरा प्रकाश राइलाई पक्राउ गरेको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार