शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • नवलपरासीमा तीर्थालु सवार बस दुर्घटना, ४५ जना घाइते

नवलपरासीमा तीर्थालु सवार बस दुर्घटना, ४५ जना घाइते

  • शनिबार, माघ ७, २०७९
नवलपरासीमा तीर्थालु सवार बस दुर्घटना, ४५ जना घाइते

पश्चिम नवलपरासीको पाल्ही नन्दन गाउँपालिकामा तीर्थलु सवार बस दुर्घटना हुँदा ४५ जना घाइते भएका छन् ।

त्रिवेणी धाम मेलामा तीर्थ गरी भारततर्फ फर्किँदै गरेको युपी १६ एफटी ७४६६ नम्बरको बस दुर्घटना हुँदा ४५ जना भारतीय तीर्थालु घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

पाल्हीनन्दन गाउँपालिका वार्ड नम्बर १ झरहीखोला नजिकै रमपुरवास्थित भित्री सडक खण्डमा सडकबाट १० मिटर तल बस खसेको प्रहरीले जनाएको छ। घाइतेहरूलाई जिल्ला अस्पताल परासी पठाइएको छ ।

घाइतेहरूमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अन्य घाइतेहरूको अवस्था सामान्य रहेको छन् ।

चर्चामा

सम्बन्धित समाचार