शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • प्रतिनिधिसभा उपसभामुखको उम्मेदवारी दर्ता आज

प्रतिनिधिसभा उपसभामुखको उम्मेदवारी दर्ता आज

  • शुक्रबार, माघ ६, २०७९
प्रतिनिधिसभा उपसभामुखको उम्मेदवारी दर्ता आज

प्रतिनिधिसभाको उपसभामुखका लागि आज मनोनयन दर्ताको समय तोकिएको छ। संसद सचिवालयले मनोनयन दर्ताका लागि दिउँसो १ देखि अपराह्न ४ बजेसम्मको समय निर्धारण गरेको छ।

निर्वाचन कार्यतालिकाअनुसार आजै अपराह्न सवा ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। भोलि दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उपसभामुखका लागि मतदानको कार्यक्रम छ ।

सत्ता साझेदार दलमा उपसभामुख रास्वपाको भागमा परेको छ। उसले आज बिहान ९ बजे संसदीय दलको बैठक बसेर उम्मेदवार टुंग्याउने तयारी गरेको छ।

चर्चामा

सम्बन्धित समाचार