शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाचार
  • बझाङको सदरमुकाम चैनपुरको जयपृथ्वी अस्पतालद्धारा शल्यक्रिया शिविर सम्पन्न

बझाङको सदरमुकाम चैनपुरको जयपृथ्वी अस्पतालद्धारा शल्यक्रिया शिविर सम्पन्न

  • बुधबार, पुस २०, २०७९
बझाङको सदरमुकाम चैनपुरको जयपृथ्वी अस्पतालद्धारा शल्यक्रिया शिविर सम्पन्न

अर्थ जङ्ग शाही/ बझाङ — जिल्लाको सदरमुकाम चैनपुरमा रहेको जयपृथ्वी अस्पतालमा सञ्चालन भएको शल्यक्रिया शिविर सम्पन्न भएको छ ।

यहीं पौष १५ गते बाट सञ्चालन भएको शिविर आज सम्पन्न भएको हो । करिव ५ दिन सम्म विरामीको सेवाका लागि राखिएको जयपृथ्वी अस्पतालको स्वास्थ्य शिविर सम्पन्न भएको अस्पताल ब्यावस्थापक अशोक मल्लले बताए ।

दुर्गम बझाङका विरामीहरुको सेवा जिल्लामै ठुलो डाक्टर बाट उपचार गराउन सक्ने भन्दै, अस्पतालले शिविर सञ्चालन गरेको स्नाेतको भनाइ छ । विरामीहरुले जिल्लामै उपचार सहजै रुपमा लिनु पर्ने, फाईदालाई मध्यनजर गर्दै राखिएको शिविरमा सेती प्रादेशिक अस्पतालका बरिस्ठ एम एस जनरल तथा ल्याप्रोस्कपी सर्जरी डाक्टर राजिव चौधरी डाक्टरको नेतृत्वमा शल्यक्रिया शिविर सम्पन्न भएको थियो ।

No description available.

सदरमुकाम चैनपुरमा रहेको भरपर्दो, अस्पतालमा पाँच दिने शिविरमा १८० जनाले सेवा लिएका हुन। शिविरमा बिरामी चेकजाँच शल्यक्रिया प्रार्मश साथी विरामीलाई बेहोस बनाएर पाईल्स लगाएत ठुला ठुला अप्रेसन गरिएको मल्लले बताए ।  यहीं पुस १५ गते देखि सञ्चालन भएको शिविरमा, पाईल्स हाडजोर्नी, हर्निया, गाठागुठी दुख्ने लगाएत १५ जनाको अप्रेसन गर्न सफल भएको अस्पताल व्यावस्थापक अशोक मल्लले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार