शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • बाजुराकाे मुक्तीकाेटमा पहिलोपटक कुपोषणको स्मार्ट सर्बेक्षण शुरु

बाजुराकाे मुक्तीकाेटमा पहिलोपटक कुपोषणको स्मार्ट सर्बेक्षण शुरु

  • आइतवार, भदौ २६, २०७९
बाजुराकाे मुक्तीकाेटमा पहिलोपटक कुपोषणको स्मार्ट सर्बेक्षण शुरु

बाजुरा — स्वामीकार्तिकखापर गाउँपालिका, वडा नं १ मुक्तीकोट मा कुपोषणको बिकराल रुपको बिभिन्न संन्चारमाध्याममा समाचार प्रकाशन पछि बाजुरामा कुपोषणको स्मार्ट सर्बेक्षण शुरु भएको छ। समाचारमा कुपोषणले २०७८ साउन देखि ५ वर्ष मुनिका ६ जना बालबालिकाको मृत्यु कुरा उल्लेख गरीएको थियो ।
समाचार प्रकाशन पछि प्रदेश तथा स्थानिय तहको नेतृत्व तथा यूनिसेफ, सुआहारा लगायतका सरोकारवाला निकायहरुको संम्लग्नतामा मुक्तीकोटको पोषणको अवस्थाको लेखाजोखा भएको छ । उक्त लेखाजोखाबाट ६ महिना देखी पाँच बर्ष मुनिका कुल २ सय ९३ बालबालिकाहरू मध्ये ४५ जनामा मध्यम शिघ्र कुपोषण र १६ जनामा कडा शिघ्र कुपोषणका देखिएकोछ । कुरा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेश चन्दले बताएका छन्।
मुक्तीकोटमा खाद्य सुरक्षाको अवस्था अत्यन्त कमजोर रहेको  र जसमा जम्मा २ सय ४३ घरधुरीमा बर्ष दिनसम्म खान पुग्ने १ परिवार पनि नरहेको, खाद्य आपूर्ति र स्वच्छ पानीको अभाव, लैंगिक विभेद, बालविवाह प्रमुख समस्या रहेको छ भने समुदाय नै पहिरोको जोखिममा छ । तसर्थ मुत्तिकोट त प्रतिनिधि स्थान मात्र हो । यस्ता समस्या अन्य धेरै स्थानमा हुन सक्छ भनेर इयु र युनिसेफ नेपालको आर्थिक र प्राविधिक सहयोगमा प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा शनिबार बाट गणक र सुपरभाइजरहरुलाइ ५ दिने स्मार्ट सर्वे सम्बन्धि तालिम सदरमुकाम मार्तडीमा शुरु भएको हो ।
प्रदेश नीति तथा योजना आयोग बहुक्षेत्रिय पोषण योजनाका प्रदेश संयोजक ज्ञानेन्द्र दवाडीले भनेः‘ यस समस्यालाई बहुआयामिक दृष्टिकोणबाट विश्लेषण गरी विकासका सवै आयामहरु (कृषि, खाद्य सुरक्षा, स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाइ, महिला शशक्तिकरण, जीविकोपार्जन, सिपमूलक कियाकलाप लाई एकिकृत गरी तीनै तहका सरकारले विशेष प्याकेज तयार गरी लक्षित वर्ग केन्द्रित बहुक्षेत्रीय कार्यक्रम लागु गर्न जरुरी देखिन्छ ।’
अनुगमन मुल्याङकन बिशेषज्ञ डा संजय रिजालले भनेः ‘यो सर्वेक्षण पश्चात जिल्लाको पोषण अवस्थाको यथार्थ चित्रण हुने र आगामि दिनमा नीति तथा योजना बनाउन महत्वपूणर् हुने विश्वास छ।’ सूदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका तत्थयाङक अधिकृत डि एन गिरीले भनेः‘कार्यक्रम यो सर्वैक्षणलाइ आधार मान्दै आगामि दिनमा अन्य जिल्लामा विस्तार गर्ने तयारीमा छौं ।’
तालिममा २४ जना स्वास्थयकर्मी लगागत अन्यको उपस्थिती रहेको छ । मानव विकास प्रतिवेदन २०१४ अनुसार बाजुरा जिल्लाको मानव विकास सुचाकंक सबै भन्दा कम अर्थात ०.४२५ रहेको छ । बाजुरा जिल्लामा रहेका ९ स्थानीयतह छन । बाजुरेलीले बेहोर्ने अर्को दुःख हो-खाद्य संकट ।
जिल्लावासीको प्रमुख पेशा कृषि हो । तर, खाद्यसंकटको हिसाबले यो जिल्ला सुदूर पहाडकै सबैभन्दा जोखिमयुक्त जिल्ला हो । जिल्लामा बाली सप्रेकै सिजनमा समेत बार्षिक ११ हजार मेट्रिक टन खाद्यान्न अपुग हुन्छ । कृषि ज्ञान केन्द्रकाअनुसार ४० प्रतिशत बाजुरेलीलाई आफ्नो उत्पादनले ३ महिनासम्म पनि खान पुग्दैन । त्यसो त ९.२१ प्रतिशत जमीनमात्रै खेतीयोग्य छ, सिंचाई १.४२ मा मात्रै । चरम भोकमरी, गरिबी, अशिक्षा र भौगोलिक विकटताका कारण पोषणको पहुचबाट टाढा र कुपोषणको मात्रा धेरै रहेको छ ।
भौगोलिक विकटता, खेतीयोग्य जमिनको अभाव, खडेरी, पानीको स्रोतको अभाव, चरम बेरोजगारी, शिक्षा, खानेपानी, सरसफाई जस्ता आधारभूत सेवाको अभाव, बाल विवाह, छाउपढीजस्ता सामाजिक कुरीति विद्यमान हुनु, अन्य जीविकोपार्जनका लागि वैकल्पिक उपाय र अन्य आम्दानीका स्रोतको कमी, स्वास्थ्य सेवाका लागि सहज पँहूच नहुनु, सामाजिक सुरक्षाका कार्यक्रमहरुको न्यूनताजस्ता कारणले पोषणको अवस्थामा अपेक्षित सुधार हुन सकेको छैन ।

चर्चामा

सम्बन्धित समाचार