शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • मोटरसाइकलले ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु

मोटरसाइकलले ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु

  • सोमवार, मंसिर २७, २०७८
मोटरसाइकलले ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु

विराटनगर  — बूढीगंगामा मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका एक जना भारतीय नागरिकको सोमबार बिहान मृत्यु भएको छ ।

प्रदेश १–०२–०४२ प ४२७३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा भारतीय नागरिक ४० वर्षीय दिनेश पटेलको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले बताए ।

उनका अनुसार तीव्र गतिमा रहेको मोटरसाइकलले कोसी लोकमार्गअन्तर्गत बूढीगंगा–१ स्थित गंगा चोकमा ठक्कर दिँदा पैदल हिँडिरहेका पटेल गम्भीर घाइते भएका थिए ।

सडक पार गर्दै गरेको अवस्थामा उनलाई आइतबार राति ८ बजेतिर मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ । पटेलको उपचारका क्रममा बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा सोमबार बिहान मृत्यु भएको खड्काले जानकारी दिएका छन् । दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ का ३० वर्षीय अशोक अधिकारी सामान्य घाइते भएका छन् । अधिकारीको विराट शिक्षणमै उपचार भइरहेको छ । प्रहरीका अनुसार अधिकारीको साथमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) पनि नभएको पाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार