• होमपेज
  • विचार/ब्लग
  • एकले आर्कालाई मैलो भन्ने बाहेक के सिक्यौं?

एकले आर्कालाई मैलो भन्ने बाहेक के सिक्यौं?

  • बिहिबार, मंसिर २३, २०७८
एकले आर्कालाई मैलो भन्ने बाहेक के सिक्यौं?

सुरेशकुमार पान्डे — कम्युनिष्ट पार्टीका महान कामरेडहरूको अहिले सम्मको काम हेर्दा अनौठो लाग्छ।२००६सालमा गठन भयको अहिले ७२बर्षको बृद्धा अबस्थामा पुगेको नेपाली कम्युनिष्ट आन्दोलनको उपलब्धि भन्नु पर्दा सुन्य देखिन्छ।मात्र आपसमा गुट फुट र एकले आर्किलाई मैलो भन्ने बाहेक खासै केहि देखिएन।कम्युनिष्टका हाँगा बाँगाहरू टुक्रिने बिस्थापित हुने एउटाले आर्किलाई गालि गर्ने आरोप र प्रतिआरोपको सृंखला भेट्टिन्छ।
नेपालको कम्युनिष्ट आन्दोलन उग्रवामपन्थि भड्काव बाट दक्षिण पन्थि संसोधनवादमा भासिंदै आएको कटु सत्यहो।
सुरूवातमै आपसमा मतभेद रहँदै आएको कम्युनिष्टहरू यहाँ सम्मका भए २०१७सालको राजा महेन्दरले गरेको कु लाई स्वागत सम्म गर्न पछि परेनन्।त्यो बेलाका एउटा मात्र केसरजंग रायमाझि अहिले अनगिन्ति भएकाछन।कम्युनिष्टका नेताले एक आर्कामा हिलो छ्यांप्ने र आफु पानी माथिको ओभानो भन्ने काम गर्न छाडेनन्।कसैले रौं को पनि छाला निकाल्ने प्रयात्न गर्छन।कसैले अरूको गलति मात्रै देख्छन,आफ्नो कमि कम्जोरीलाई देख्दैनन्।
का.माओले भन्छन कम्युनिष्टका नेता जनतामा नङ्ग र मासु जस्तै हुनुपर्छ।कसै सँग बलजफ्ति एउटा सियो पनि लिनु हुँदैन।
नेता र कार्यक्रता बिच अटुट सम्बन्ध हुन्छ,पार्टीको लागि पार्टी काडर रिढको हाड हुँन।तर यँहा त्यसको उल्टो बुझाईछ।देशमा पहिले निरुंकुश पञ्चायति तानासाहि ब्यबस्था थियो।त्यो बेला राजनीति शक्तिहरूलाई बन्देज थियो।उनिहरूलाई आफ्नो हक अधिकारको लडाई लुकिछुपि भुमिगत रहेर गर्नु एउटा बाध्यतात्मक अबस्था थियो।त्यसकारणले धेरैजसो नेता कार्यक्रताहरूलाई तानाशाहि प्रसाशनको दमन खेप्नु पर्दथ्यो।त्यसैले पार्टी भुमिगत थिए।त्यो बेला एउटा क्रान्तिकारी पार्टीलाई त्यसका नेता कार्यक्रतालाई धेरै डर थियो।
२०४६सालको ऐतिहाशिक जन आन्दोलन पछि पनि राजाले घुमाई फिराई सार्वभौम सत्ता आफ्नो अधिनस्त राख्न सफल भयो।एउटा क्रान्तिकारी पार्टीको लागि सबैभन्दा महत्वपुर्ण बिषय आफ्नो बर्गिय एकता हुन्छ र हुनुपर्छ।तर हाम्रो देशको बनावटी अबस्था भिन्दै प्रकारकोछ।उता एसियाको ठुलो देश चीन यता भारत बिचमा नेपालछ।भारतले तिन तिरबाट नेपाललाई घरेकोछ भने अर्को तिर बाट चीनले पनि छोएकोछ।नेपाल एउटा गरिब राष्ट्र भौगौलिक रूपमा पनि सानो जन संख्याको हिसाबले पनि सानो देश जो शमुन्दर बाट समान आयात र निर्यात गर्नलाई भारत वा चीन मध्य एउटा देश भएर जानैपर्ने आर्को बाध्यताछ।हुन त भुपरिबेष्ठित देशको हकमा कुनैपनि देशबाट माल समान आयात निर्यात गर्दा कुनै एउटा देशभयर आउँन जान छुटछ त्यो हाम्रो नैसंङ्गिक अधिकार हो।तरपनि जस्को लाठि उसैको भैंसि भनेको जस्तै पारगमन सन्धिलाई लिएर कयौं पल्ट भारत र नेपाल बिच तनातनि हुँदै आएको कुरा कसैबाट लुकेकोछैन।
छिमेकिको यस्तो दादा गिरि र नियतिले गर्दा हामिले धेरै गम्भिर भयर सोंचि सम्झि पाईला चाल्नुपर्ने हुन्छ।हाम्रो लागि एउटा नागरिकको लागि सबैभन्दा पहिले आफ्नो देश हुन्छ।देश रहेपछि मात्र राजनीति पार्टीका कुरा हुन्छन क्रान्तिकारी कुरा हुन्छन आन्दोलन हुन्छन।
अहिले सम्मको ब्यबहारले के देखाएकोछ भने हाम्रो देशमा जुनसुकै उदेश्यले पनि आन्दोलन हुन्छ भने त्यसको फाईदा छिमेकिले उठाएकोछ।त्यसकारणले अहिले हामिले क्रान्तिकारी आन्दोलनको उठान गर्दा बित्तिकै भारत वा चीनले हाम्रो देशभित्र कुनैन कुनै बहाना बनाएर अटेक गर्न सक्छन।अहिले सम्मको आन्दोलनमा भारतले धेरै फाईदा उठाएको कुरा कसैबाट लुकेकोछैन।
देशभित्र भएको गृहयुद्ध पछि नेपालमा बिदेशिको चलखेल बढेर गएको छ।नेपालको भुभागमा त अतिक्रमण भयकैछ भाषा साँस्कृति रहन सहन थुप्रै ब्यबहारमा बिस्तारै अतिक्रमण हुँदै आएकोछ।त्यसले गर्दा हामिले छिमेकिको यो नियतिको भण्डाफोर्डमा पनि जोड दिनुपर्छ।हाम्रो देशलाई बिदेशि शक्तिको ठुलो खतराछ।अहिले आएर अमेरिकन साम्राज्यवादी शक्तिको झनै खतरा बढेर गयकोछ।यि सबै समस्याहरू सँग पनि हामिले निरन्तर शंघर्ष गर्नुपरेकोछ।
हाम्रो देशमा कम्युनिष्टहरू धेरै देखिएपनि परायजसो अवसरबादी हुँन।उनिहरूले कम्युनिष्टको नैतिकतालाई होईन नामलाई अप्नाएकाछन।झण्डा अप्नाएकाछन तर कम्युनिष्टको ब्यबहारलाई अप्नाउँन सकेकाछैनन् वा चाहाँदैनन।
त्यसता खालका कम्युनिष्टहरूनै अहिलेको अबस्थामा कम्युनिष्टका दुश्मन हुँन।उनिहरू मध्यका कयौँले आफ्नो स्वार्थको लागि राष्ट्रीयता र गणतन्त्र समेत दाउँमा राखेर बिदेशिहरूको दलालि गर्दै आएकाछन।सत्ताको लागि ,पद र प्रतिष्ठाको लागि आफ्नो देश समेतको सौदागर्नेहरूलाई कम्युनिष्ट भन्नु मिल्दैन।तर पनि देशभित्र तेस्तै खाले कम्युनिष्ट भनौदाहरूको बोलवालाछ।
अहिले धेरैजसो मित्रहरूको कथनछ राजमोले आफ्नो बर्गलाई साथ नदिएर दुश्मन बर्गलाई साथ समर्थन दिएकोछ।के नेपाली कांग्रेस भन्दा एमालेका ओलिमा फरक छ त?फरक भाषणमा होला,झण्डामा होला तर अहिले उनको आचरणमा नेपाली कांग्रेसको भन्दा फरक छैन। जतिबेला राजमोले ओलिको बिरोध गय्रो त्यो बेला ओलि नेपाली कांग्रेश भन्दा राष्ट्रघाति अधिनायकवादी र प्रतिगामि शक्ति भयका थिए।के उन्को त्यो कदमको बिरोध गर्नेलाई साथ दिनु गलत थियो त?देश नरहे पछि हामिले कस्को लागि लड्ने?सवाल देशको थियो सवाल गणतन्त्रको थियो सवाल धर्म निरपक्षको थियो त्सकारणले ओलिको बिरोद्धमा नेपाली कांग्रेसको समर्थन गर्नुपरेको हो।
राजमोले सबैभन्दा पहिले वाम एकतामा जोड दिएको थियो।तर कम्युनिस्टहरूको आपसि खिचलोले गर्दा त्यो समभव भयन र देशलाई जोगाउँन नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सरकारलाई समर्थन दिन परेकोहो।
अहिले पनि देशलाई ठुलो खतराछ साम्राज्यवादी शक्तिले कथित अनुदानको रकमलिएर अमरिकन साम्राज्यवाद संगारमा आएकोछ।त्यसैले अब देशका जनताहरुको एकतामा मात्र देशको भबिस्यछ।आफुलाई कम्युनिष्ट भन्ने हरूले आसि खिचलोलाई छाडेर देशको लागि एकमना एकता गरेर जानुपर्छ।अहिले सम्म एकले आर्कालाई तँ मैलो भन्ने ब्यबहारलाई छाडेर कम्तिमा देशको लागि एकमना एकता गरेर जानुपर्छ।

चर्चामा

सम्बन्धित समाचार