बिहिबार, बैशाख १३, २०८१

अनुभब

  • शनिबार, मंसिर १८, २०७८
अनुभब

सुरेशकुमार पान्डे — मैले अंस्तिको दिन३०-११-२०२१मा आफ्नो नोकरिबाट अबकास प्राप्त गरें।म किसोर अबस्थामा भर्खर रेखि बसेका थिए भारतको हरियाणा प्रान्तको थर्मल पलान्ट बाट सन १९८१बाट आफ्नो जागिरको क्यारियर सुरू गरेको हुँम।जति बेला म थर्मलमा काम लागेको थिएं त्यो बेला त्यँहा नेपालीहरू प्रसस्तै थिए।त्यो बेला अखिल भारत नेपाली एकता समाज नामक संगठन कता कति भेट्टिन्थ्यो।त्यहि नोवेम्बरको मैनामा मैले सदस्यता काटेको हुँ।अहिले मैले चालिस बर्ष पुरागरेर अंस्ति भर्खर रिटायर्ड भयँ।हो त्यत्ति बर्ष मलाई एकता समाजको झण्डा उचालेको पनि भयो।
एकता समाजमा लाग्ने बेला हामिलाई राजनीतिको “र”पनि थाहा थिएन।हामि संगठनमा किन लागेका हौँ भने संगठनको माध्यायम बाट केहि ज्ञानका कुरा सिक्न सकिन्छ,दुःख दर्दमा हामि एक आर्काको काम आउँछौँ।परदेशको जीवन कष्टकर नै हुन्छ एकतामा रहेपछि आईपरेका समस्य हलगर्न सकिन्छ।त्यो बेलामा मानिसहरू दिनभरी काम गरेपछि रातभरी सुत्ने रातिमा काम गरेका दिउसभरी सुत्ने गर्थे।छुट्टिको दिनमा या त पिक्चर हेर्न वा तास जुवा खेल्न जान्थे।गाउँले छिमेकी वा नाते दारबाहेक अरू कसै सँग खासै सम्बन्ध हुँदैन थियो।
नेपाली श्रमजीवीहरूमा जुवा खेल्ने,रक्सि पिउँने सिनेमा लाटरी आदिको फैसन जस्तै थियो।बिडि सिग्रेट त हामिले गर्भै देखि पिउँदै आएका मध्य हौं।हामिले समयलाई सदउपयोग गर्दै सिक्ने र सिकाउँने गर्न थाल्यो।
जब हामि एकता समाजमा सामिल भयौं त्यसपछि हामिले तासको ठाउँमा क्यारमबोट भालिबाल र कतिपय ठाउँमा भजन कृतन आदि पनि गर्थ्यौ।
त्यो बेला देखि हामि एकता समाज बाट अनुसाशित ब्याक्तिहरू युवक मोर्चामा सामिल हुन थाल्यौँ।बिस्तारै कोई खेलाडि भयौँ कोहि कलाकार बन्दै गयौँ।जब हामि संगठनको काममा बि जि हुनथाल्यौँ क्रमसै फिलम हेर्ने लाटरि किन्ने वा तास खेल्ने बानि छुट्दै गयो।त्यो बेला फिलम हेर्न मलाई पनि सोक थियो संगठनमा लागेपछि पनि हामि लुकेर फिलम हेर्न जानथ्यौँ।
जेहौश राजनीतिक ज्ञान थिएन नेपालीहरू बिच एकता हुनैपर्छ भन्ने लाग्थ्यो।सन१९८१देखि म पनि एकता समाज भित्र आएं र अलि पछि एउटा टोलमा सामिल भएपछि लगातै नगरको साँस्कृतिक बिभागमा सल्हाकार राखे पछि जिम्मा अनुसार काम गर्न थालियो।फर्वरी१९८६मा मेरो सरोट तत्कालिन हिसार जील्लाको टोहाना भन्ने ठाउँमा भयो।अहिले त्यो ठाउँ बतेहाबाद जिल्लामा पर्छ।
एकता समाजको कखरा बुझेको ब्याक्ति चुपलागेर बस्न सकिन त्यँहा नेपाली हरू खोज्न थालें।संगठन निरमाण गर्ने उदेश्यले धारसुल भन्ने ठाउँ करिब बिस किलो मिटर बाट टोहाना आएर नेपाली साथिभाई जुटाउँन थालियो।पछि त्यो ठाउँमा एकता समाजको निर्माण भयो।जब एकता समाजको निरमाण भयो लगातार कम्पलैण्डहरू आउँन थाले।कतै नेपाली आपसमा लडेका,मालिकले तलब नदिएका यि घटनाहरू ब्यापक आउँन थाले तिनैमा हामि दिनरात उल्झिन थाल्यो।कतिपय ठुलाठुला घटनाहरूले हामिलाई शंघर्ष गर्न सिकायो।
काम गर्दै जाँदा देशभित्रको राजनीति चासो पनि राख्न थाल्यौँ।संगठन भित्रको फुट त त्यति बेला सम्म भोगि सकेका थियौँ।बिस्तारै नेकपा मसालको बारेमा अध्यायन गर्न थाल्यौँ हामिलाई बिस्तारै वामपन्थि युवक मोर्चाले जोसिला क्लास प्रतिक्षाण र अनुसाशनको बारेमा प्रतिक्षाण दिंन थाल्यो।पार्टीकै बारेमा अध्यायन गर्न पनि थालियो।
बिभिन्न लेख रचनाहरू पढ्दै अध्यायन गर्दै जाँदा हामि पञ्चायति तानासाहि ब्यबस्थाका बिरोधी बन्दै गयौँ।संगठनलेनै हामिलाई राष्ट्रीय अन्तरराष्ट्रीय अबस्थाको बारेमा जानकारी गरायो र हामि देशबिदेशका आन्दोलनहरूमा भागलिन सक्यौँ।राजतन्त्रको बिरूद्धमा लगातार शंघर्ष गर्न थालेपछि हामिलाई यो थाहा भयो हामिले कम्युनिस्ट पार्टीको झण्डामुनि नौलोजनवादी क्रान्तिकारि आन्दोलन अगाडि बढाई रहेकाछौँ।भारत स्थित नेपालीहरूको बिचमा नेकपा मसालका कामरेडहरू को आवत जावत र हाम्रो समस्यलाई उनिहरूलेनै उठाएको हामिले पायौँ।समय समयमा शंघर्षकै द्वौरान थुप्रै साथिहरू निक्लेर जाने गर्थे कति पय जाने पछि फर्केर आउँने पनि गर्थे।नेपालमा २०४६सालको जनान्दोलनको बेलामा प्रत्यक्ष हामिले आन्दोलनमा भाग लिन गयौँ तर त्यो बेला हाम्रो बिचार भन्दा बेग्लै अबस्था सर्जना भयो।म आफै पनि स्वायम सेवकको रूपमा नेपालको जनआन्दोलनमा भागलिएको थिएं।त्यो बेला भारत स्थित नेपालीहरूमा ठुलो जोस थियो डरभने कत्ति थिएन।
तर त्यो बेला नेपाली कांग्रेस र वाम मोर्चाको ब्यबहारले हामिलाई उनिहरू प्रति आक्रोशित पाय्रो।बहुदल आएपछि हामिले गाउँमा संगठन निर्माण गर्न थाल्यौँ।तर २०४८को आम निर्वाचनलाई सक्रिय बहिस्किर गर्यौ।यो द्वौरानमा पार्टीको क्रान्तिकारी छविमा निखार आउँदै गयो।एकता समाजका कार्यक्रता हरू निडर सहासि त थिएनै उनिहरू त्यागि र उद्धारवादी पनि थिए।पटक पटक संगठन फुट्दा हामिलाई नराम्रो लाग्छ।त्यो बेलाका आत्मिय साथिहरूले हामिलाई छाडेर जाँदा पनि हामिले संगठनमा कुनै कमि आउँन दिएनौँ।उनिहरू सँग हाम्रो ब्यबहार मैत्रिपुर्णनै रहँदै आयो।
हामिले त्यो बेला देखि एउटा के कुरा भन्दै आएकाछौँ भने भित्र अन्धाधुन्द शंघर्ष गरौँ तर पार्टीलाई टुक्रा नपारौँ।प्रत्येक समस्याको छलफल बाटनै समाधान हुनसक्छ भन्ने हामिलाई लाग्छ।
अहिले मेरो संगठानिक यात्रा चालिहबर्षको भयो यो द्वौरानमा कयौँ पटक संगठन बाट साथिहरू जानुभयो संगठन फुट्यो तर हामिले चित्त नबुझेका कुराहरू संगठनको बिचमा राख्नै ब्यापक छलफल गर्ने तर संगठनबाट न भाग्ने गर्दा कसैलाई लाग्छहोला यो नेताको नजिकको मान्छेहोला।त्यो भ्रम बाट मुक्त हुनुपर्छ मेरो बिचारमा संगठन कसैको प्याउते होईन न हामि कसैका दुध पछि आएका हौँ।हामि त संगठनमा स्वांम सेवक समाज सेवागर्न आएका हौँ त्यसैले पनि नीजि स्वार्थमा गुट फुट र जुटको ब्यबहार गरेनौँ।
हाम्रो उदेश्य छलफलमा स्वतन्त्रता कार्यमा एकता हुनुपर्छ भन्नेहो।त्यसैले साथिहरू जुनसुकै परिस्थितिमा भयपनि आठौँ महाधिबेशन समपन्न भैसकेपछि त्यो भन्दा पहिलेका बिवादलाई तानेर संगठनलाई टुक्रा पार्ने ब्यबहार ठिकहोईन।बरू भित्रबसेर शंघर्ष गर्न सक्नुपर्छ भन्नेनै मेरो बिचारहो।
मेरो लेखहरूमा कतिपय साथिहरूका नकारत्मक टिप्णिहरूले उँहाहरूको अबस्थालाई प्रस्टपार्दै लगेकोछ।अहिले पनि साथिहरूमा फुटको नियति समप्ष्ट झल्किन्छ।तर हामिहरू कसैलाई पनि फुटेर कत्ति फाईदाछैन।आकास तिर थुक्दा थुक आफ्नै मुखमा पर्छ भन्ने अनुभव हुनुपर्छ हामि सबैलाई।

चर्चामा

सम्बन्धित समाचार