सोमवार, कार्तिक ८, २०७८
  • होमपेज
  • विचार/ब्लग
  • तत्काल क्रान्तिको अबस्थानै छैन।

तत्काल क्रान्तिको अबस्थानै छैन।

  • मङ्लबार, अशोज २६, २०७८
तत्काल क्रान्तिको अबस्थानै छैन।

सुरेशकुमार पान्डे  — कम्युनिष्टहरुको पहिलो क्रतब्य बर्तमानको बस्तुगत अबस्थालाई बुझ्नु हो र हुनुपर्छ।त्यहि अबस्थालाई ठोंश मुल्यांकन गरेर सहि कार्यनीति तजुर्मा गर्न सक्नुपर्छ।यदि समयमा हामि चुक्यौं भने हामिसँग बिधि बिधान रहनन् तर त्यसलाई कार्यन्वयन गर्ने जनताहरु समर्थक कार्याक्रताहरु रहनेछैनन।
अहिले मात्रै होईन धेरै बर्ष पहिले देखी हामीले देखेकाछौँ कम्युनिष्टका ठुला ठुला नेताहरुलेपनि आ-आफ्नो क्यारिएर बनाउने होडमाछन।उनिहरुले आ-आफ्ना छोराछोरी लाई त्यहि प्रकारको पाठ पढाएकाछन।हामिले देखेकै कुराहुन हाम्रै बिचबाट कयौनेता बनेका संगठानिक काम छाडेर बिदेश गए धन सम्पत्ति कमाएर आफ्नो राम्रो ब्यबस्था बनाएपछि पार्टी र संगठनमा फेरी लागे अनि नेता बने।अब उनिहरु सुरक्षित छन।आर्थिक सम्पन्नसिलता भयपछि आफुलाई पुँजिपतिहरुले सुरक्षित सम्झिन्छन।त्यहि रोग अहिले कम्युनिष्टहरुमा पनि लागेकोछ।
अहिलेको अबस्था क्रान्तिकारी छैन मात्रै सुधारवादी भयो किन?अहिले पुजिवादी बब्यबस्थाले एकलौटो अबस्थामा जनतालाई पुँजिको दाश बनाएकोछ।यहि दाशतां बाट उम्किन ठुलो कठिन भएकोछ।
आज कुनैपनि गरिब सर्वहाराले जिवन यापन गर्ने बस्तु भावलाई सित्तैमा हासिल गर्न सक्दैनन्।पुँजिको दाश बनेर मात्र उस्ले आधार भुत उपभोग्य बस्तुलाई हासिल गर्न सकिन्छ।
संसारमा टेक्नोलोजिको चरम अबस्थामा बिकास भएकोछ।तर पनि सामाजिक चिन्तनमा बिकास हुन सकेकोछैन।हामिले चुनावलाई कुनैपनि हालतमा जीत्न सक्ने अबस्था छैन।गरिबले सारादिन काम गरेर सांझमा घरभित्र चुला बाल्छ।त्यहि गरिबलाई खानकै लागि भयपनि पुँजिपताको चुनाव प्रचारमा गयो भने उस्ले धन कमाएर आ-आफ्ना बाल बच्चा पाल्ने जोह हुनसक्छ।तर सर्वहाराको पार्टीले उस्लाई त्यो राहत दिन सक्दैन।परिणाम केभयो भने स्वायम गरिब सर्वहाराले बुजुर्वा समाजको बिकासका लागि सक्या सम्म काम गरेकोछ जसबाट उसले जानि नजानि आफूजस्तै माथि आकारमण गरेकोछ।हामिले बुझ्ने कुरा भनेको अहिलेको द्वौर यहि हो।
सधैभरी कम्युनिष्ट सङ्कृणर्वादी बनेर कम्युनिष्टको फाईदा देख्नेहरु बिस्तारै दक्षिण धारमा परिणत हुन्छन।जति सुकै क्रान्तिकारीता प्रदर्शन गरौँ क्रान्तिकारी बिचार कार्यन्वयन हुनसक्दैन।
पार्टी संगठनले निर्णय गरेको लाई जस्ताको तस्तै कार्यरुप दिन नसकेको कयौँ जिउँदा उधारणहरु हाम्रो सामुन्यछ।बिगतका दिनहरुमा जस्तो अबस्था अहिलेको छैन।पार्टी भित्र क्रान्तिकारी ब्यबहारलाई तत्कालमा कार्यरूप दिन सक्ने कुनै पनि आधार देखिदैन।
क्रान्ति हुनुपर्छ भन्ने धेरै भेट्टिन्छन तर क्रान्तिकारी आन्दोलनमा कुंद्न हरेकको हिम्मत हुँदैन।सबैले कसैले आएर क्रान्ति गरिदिए हुन्थ्यो भन्ने गर्छन।किन भने उनिहरु नै अवसरबाद महत्व कांक्षि क्यारिरिष्ट प्रकारका मान्छे हुन उनैको हातमा कम्युनिष्टको लगाम छ।त्यसकारणले क्रान्तिकारी आन्दोलन चल्छ र सेलाउलछ।चम्त्कारी आन्दोलन बाट आमूल परिवर्तन चाहानेहरुले गर्दानै देशमा जसले चर्को भाषण गय्रो चर्का र अतारञ्जित नारा लगायो जनता तिनिहरुको पछि लाग्छन।उनिहरुलाई यो कत्ति थाहाहुँदैन उनि अवसरबाद हुन।अनि जनतालाई माछो माछो ब्यगुतो गराएर आफ्नो क्यारिरिष्ट पुरागर्दछन।जस्ले कम्युनिष्ट पार्टीको गरिमामय विस्वको ईतिहाशलाई धमिलो पारेको हुन्छ्।
भारतिय ईतिहाशमा चारु मजुम्दारको आन्दोलन बाट कयौं सकार्त्मक र नकार्माक पर्भाव परेकोथियो।तर पनि भारतिय कम्युनिष्ट पार्टिले लगातार पश्चिम बाँगाल बाट करिब ३२बर्ष जोतिबसुले राजगर्न सफल भय।एकन्ताक भारतिय संसदमा कम्युनिष्टका आवाज दबाउँन नहक्ने शक्ति थियो तर अहिले नगन्य अबस्थाछ।कनैया कुमारले बिध्यार्थिकालमा खुब संघर्ष गरे उन्ले पुराभारतको ध्यायन आफुतिर खिचेका थिए।त्यो मान्त्रै होईन छिमेकि देशहरु समेतको दृष्टी कनैया कुमारतिर थियो।उन्ले काग्रेसको दामन थामि सके।
आखिर किन हामिले ठट्टा गर्छौं जवारलाल बिस्वबिध्यालयले जन्माएको कम्युनिष्ट कार्यक्रता बाबुराम समेतलाई लिएर।कि विस्वबिध्यालयले जन्माएका कम्युनिष्ट यस्ता हुन्छन।कुरा त्यँहिमात्र सिमित हुदैन कुराको चुराभनेको कम्युनिष्टले नया प्रकारको नीति त्यै गर्न नसक्नुले गर्दा पनि यो अबस्था आएको हुनसक्छ।
अहिले नेपालमा कम्युनिष्टको बहुल्यता हुँदा हुदै पनि अल्पमतमा पर्ने देखिन्छ।
कम्युनिष्टहरु वास्तबिक रुपमा यथार्थबादी हुनुपर्छ
यहि त्याग जिविन रक्षा हुनसक्छन्छ।अहिले कम्युनिष्ट हुँ भनेर कसैले हाम्रो उपचार गर्नेवालाछैन।चन्दा माग्दा पनि भिख माग्न गएको जस्तै देख्न थाले।किन यस्तो भयो यसलाई पनि हामिले खगाल्नुपर्छ।कम्युनिष्ट पनि मानिस हुन उनिहरुको पनि हृदयछ आफन्तिछन लालाबाला छन तिनिहरुमा पनि दुःख बिमार हुन्छ।यि यआवत कुराहरु हाम्रो माझमाछन।अहिले भर्खर न त आमूल परिवर्तन हुन्छ न क्रान्तिकारी गरेर समपन्न हुन्छ।यो अबस्थामा हामिले बुझ्नु पर्ने कुरा केहोत?दृघाकालिन जनशंघर्ष अहिलेको अबस्था त्यहिहो।त्यसकालागि आर्थिक नैतिक र भौतिकको खाँचो हुन्छ।त्यसकारण अहिलेको आन्दोलनपनि शुधारबादी आन्दोलन नै प्रयोगमा ल्याईने योजना हुनुर्छ यद्मापि त्यो आन्दोलनले भबिष्यको नौलोजनवादी क्रान्तिको लागि आधार तैयार पार्न सकियोश।खालि मार्क्स-एंगेल्श,लेनिन स्टालिन र माओ का तस्विरहरुलाई देवता पुँजेको जस्तै पुजेर कुनै उपल्ब्दि हुनेछन।ब्यबहारिक रुपमा कम्युनिष्ट बन्न यि ससाना बिषय तिरपनि ध्यान जावस।

चर्चामा

सम्बन्धित समाचार