बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • लडाई लड्नै पर्छ तर को सँग?

लडाई लड्नै पर्छ तर को सँग?

  • आइतवार, अशोज २४, २०७८
लडाई लड्नै पर्छ तर को सँग?

सुरेशकुमार पान्डे — बिचार त सबैका आ-आफ्ना हुन्छन तर तिनै बिचारको देश र जनतालाई मेल खाने र आफ्नो पार्टी समेतलाई मेलखाने बिचारदाई साझा बिचार बनाएर जान सक्नुपर्छ।
हामि खास गरेर गरिब मज्दुरहरु त्यसमा पनि परदेश गएर जीवन धान्नकै लागि अरुले तोकेको काम अनि ज्याला पनि उसैले तोकेकोमा आफ्नो समय र सिप खेर फाल्छौँ।हाम्रो उदेश्य लक्ष के थियो भने कम्तिमा जो दुःख हामिहरुले गय्रौं त्यो दुःख र पिंडा़ हाम्रा छोरा नातिहरुले उठाउँन नपरोश।
हाम्रो एकताको महान शंघर्षले देशको मुहार बद्लन सकोश।जुन काम हामी अरुको देशमा गएर गर्छौ त्यो काम हाम्रा छोरा नातिलाई आफ्नै देशले दिनसकोश भन्ने हाम्रो मुख्य उदेश्य हो।
तर बिढम्बना नै भनौ हामिले जीवनभरी त्यसैको लागि आर्थिक नैतिक र भौतिक सहयोग गर्छौँ।आफ्ना तिनै छोरा नातिको पेटकाटेर संगठनलाई पार्टीलाई सहयोग गर्छौँ।हाम्रो पौरख बाट झांगिदै जान्छ अब केहि हुन्छकि भन्दै हामि उत्साहित भयका हुन्छौं ठिक त्यहि बेलामा संगठन मा अकल्पनिय पहिरो जान्छ।अनि त्यो गएको पहिराको बिरुद्धमा हामि फेरी शंघर्ष गर्छौँ अनि बिस्तारै हामिले नयाँ साथिलाई लिएर त्यो रिक्त्ता पुरा गर्छौँ जसरी तसरी पुराना सथिहरुलाई भुल्न त सकिदैन तरपनि अरुसाथिहरुले उनिहरुका ठाउँ लिन्छन औपचारिक भयपनि रिक्त स्थानको पुर्ति हुन्छ।अनि अब संगठन बलियो बनाउँन थाल्छौँ अनि फेरी जुँआका कचकच सुरु हुन्छन।अनि जती तैयार गरेका हुन्छौं उति फेरी अर्को तिर बाट भत्किन्छ अनि फेरी उस्तै यो प्रकृया निरन्तर चलिरहेकोछ।
हुनु पर्ने केथियो भने बिगतका कयौँ यस्ता घटनाहरु बाट शिक्षा लिनुपर्ने र मानिशलाई अलि बलियो गराएपछि मात्र जीम्मा दिनुपर्ने तर त्यसो पनि हुनसकिन।हामि त निरन्तर लडेकै छौँ तर को सँग र किन?त्यो हामि कयौँ लडाकुहरु लाई थाहानैछैन।आखिर हाम्रो दुश्मन को हो?जो सँग तपाई र म लड्नु पर्ने हो।हामिले हाम्रा दुश्मन शक्तिलाई कम्जोर पार्ने भन्दापनि एक आर्का बाट फुटेर आ-आफ्नो अश्तित्वको लागि शंघर्ष गर्नुपरेकोछ।प्रत्येक टुक्राले
अब हाम्रो आन्दोलन हाम्रै बिरूद्धमा हुन पो थाल्यो।मैले किन लेख्छु?के नाम कमाउँन हो वा यसबाट मलाई कसैले रोयल्टी दिएकोछ?बिना काम लेख्दा रातिको बाह्र बजेको हुन्छ ,बिहानै तिन बजे निद खुल्छ असलमा निन्द्रानै लाग्दैन किनभने हामि कम्जोर भयकाछौं एक आर्कामा हिंशक भयकाछौँ।यस्तो नहौश साथिहरुले केहि बुझे भने मलाई चिनेकाले कम्तिमा होनी हामि मिलेर जानुपर्छ भन्छनकी फर्किन्छन की भनठानेर हो लेखि रहने।
बलवानले दुश्मन सँग युद्ध गर्न मैदानमा उत्रिन्छ कम्जोरले आ-आफ्नै साथिहरु सँग लड्छन।अहिले त्यसतै भएकोछ।यो अबस्था सिर्जना हुनुमा के साथिहरुले लगाएको आरोप जस्तै नेतृत्वको मात्र कमिछ वा हामिहरुपनि त्यसबारे थोरै धेरै जिम्मेवारछौ?यसबारे आत्मा मन्थनको आबस्याकता छ त्यसैको लागि यो बार्ता तैयार पारेको हो।हाम्रा साथिहरु यसरी बाहिर कुर्लिएर दुश्मन हंसाउँनु भन्दा आफुलाई लागेका सबै बिचार भित्र बोल्ने बाताबरण मिलाउँ भन्ने उदेश्यले याहाँहरुको बिचमा छलफलका लागि बाताबरण तैयार पारेकै हुनसक्छ।यो अबस्थामा पनि भाईर टिका टिप्णि कसैले कसैको नगर्नु पर्ने तर दुःखको कुरा अहिलेपनि त्यो खुल्म खुल्ला आलोचना को द्धौर उनै साथिहरुले चलाउँनु भयकोछ।जब हामिले चित्त नबुझेका कुरालाई भित्र राख्दा उँहाको दृष्टिमा हामि अराजक हुन्थ्यो।कति दुःख लाग्दो बिषयहो दुश्मन सँग शंघर्ष गर्ने तैयारी गर्दा गर्दै हामिले दुश्मनलाई र हाम्रो लक्ष उदेश्यलाई ठ्याक्कै भुलाई दिन्छौँ।अनि हामि आपसमा आ-आफ्नो स्वार्थको लागि पद प्रतिष्ठाको लागि लड्न थाल्छौँ।
यसको फाईदा नढांटेर भन्नुस साथिहरुले हाम्रा दुश्मनलाई भयो कि भएन।हेर्दै रहौँउ अलिपछि यसको रिजल्ट दुबै पक्षको माझमा आउँनेछ।त्यसपछि बल्ल अनुभव गर्नेछौँ हामिले के बिरायौँ आज खुब लडौँ आपसमा।हाम्रो लक्षलाई भुलेर उदेश्य भुलेर एउटाले आर्काको भण्डाफोर गर्न धेरै झुठमा थोरै सच मिसाएर एकले आर्कालाई आरोप लगाउँदा गालि गलौच गर्दा कत्ति मज्जा आउँछ।किन कि हामिलाई दुश्मनले भड्काएकोछ बेला बेलामा आपसमा लड्दा तालि पिड्छ हौशला बढाउँछ हाम्रो दुश्मनले।हामिलाई थाहानैछैन हामि किन आपसमा लडेकाछौँ।हामिलाई को सँग लड्नु पर्ने हो?तर बर्ग बिर्शिएपनि लड्न त लडेकैछौँ।हामिले देख्दा देख्दै प्रवाशिमा गए,कलकत्ते भए,चैते भए,कसैले बन्दुक छोपेर हजारौँ होनहार युवा देशभक्तलाई मराए,देशको सम्पत्तिमा आगो बाले अनि आफु मन्त्री बने देशलाई सात टचक्रा पारे।
यस्ता जुंएलडाईले हामि कसैको भलो हुनेछैन भन्ने बिगतको ईतिहाश छरलङ्गैछ भन्नै पर्दैन।हामिहरु मध्य कयौं लडाईका लागि लडाई गर्छौ।जसबाट हाम्रै दुश्मनहरुले फाईदा निरन्तर उठाई राखेका हुन्छ त्यसबारी पनि सोंचौ।जसले स-साना समस्यमा संगठन टुक्रा टुक्रा पार्छिन अनि हामिले कसरी क्रान्तिकारी भन्ने?यो वास्तबिक अर्थमा कुनै संगठन पार्टीले गलतलाईन देखिन्छ भनि उनिहरुको लाईनको बिरुद्ध किभने भित्र शंर्ष गर्न सकिदैन र सांचै पार्टीले अबस्था अनुसारको कार्यनीति प्रस्तूत गर्न सक्दैन रणनीतिनै गलतछ भने तुरुन्तै बिद्रोह गरेर बेग्लै पार्टी बनाउँने त्यसै बाट जनताहरुले चिन्छन र उनिहरु क्रान्तिकारी पार्टीमा आबद्ध हुँदैजान्छन।त्यो भन्दा राम्रो नीति सिधान्त कार्यनीतिलाई ब्यबहारमा उतार्छौ भने आफ्नो पार्टी ठुलो आफै हुन्छ।
अर्को ऐतिहाशिक समझ्दारी आपसमा कमप्रमाईज जो पार्टीले अगाडि सारेकोछ।साथिहरु लाई बोल्ने ठाउँ आफ्नो अधिकारको लडाई गर्न सक्ने ठाउँ पार्टीले दिन खोजेको बेला कम्तिमा छलफल गरौं यो सहि बाटो हुनेछ।
तर लड्न त भन्दै आफ्नै घर भित्काउँनेलाई कसैलेपनि ठिक भन्न सकिदैन।

चर्चामा

सम्बन्धित समाचार