शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • के हामी एक ढिक्का भएर बाँच्न सक्दैनौँ?

के हामी एक ढिक्का भएर बाँच्न सक्दैनौँ?

  • सोमवार, अशोज ११, २०७८
के हामी एक ढिक्का भएर बाँच्न सक्दैनौँ?

सुरेशकुमार पान्डे — हामि नेपालीहरु हिमालमा पहाडमा मधेशमा जँहा बसेका भएता पनि एउटै शन्तानकाहौँ।नितान्त एउटै शन्तानका हाम्रो वास्तबिक कोम कुनै बेग्गा बेग्लै जात होईन नेपालीहो फेरी पनि हामी एक ढिक्का किन हुन सक्दैनौँ?अहिलेको आलेख यसैमा आधारितछ।
सुगौलिमा भयको सन्धि भन्दा पहिले देश अर्ध औपनेबेशिक थिएन।देशमा तानासाहि जहानिया राणाहरुको साशन ब्यबस्था भयपनि राष्ट्रीयताको लागि लडाई हुन्थ्यो।जनताको बिचमा मेल मिलाप थिए।पहिले बाईसे चौबिसिय राजाहरुको राज्य भयपनि उनिहरुले आफ्नो राजपाठ र क्षेत्रको जोगेर्ना गर्थे।पृथिविनाराण शाहले देशलाई एकिकरण गर्नमा आफ्नो साराजिवन लगाए उन्ले पहिले नुवाकोटलाई गोर्खामा मिसाएर एकिकरणको बेगुल बजाएकाथिए।त्यो बेला देशलाई अखण्ड र सुदृढ बनाउँन धेरै देशभक्तले सहदात प्राप्त गरे।
आखिरमा ब्रिटिश भारतको पालामा नेपालीहरु लाई गोर्खा भर्ति केन्द्र खोलेर दुई प्रकारले लडाउँन थालियो।देशको प्राकृतिक श्रोत र साधनलाई र देशका बहादुर गोर्खालि युवाहरुको शक्तिलाई दोहन गर्ने गरि गरेको गोर्खा भर्ति बाट देशलाई दोहोरो भिड्न्तमा पुरायो।एकता तिरदेशका बलिया नौजवानहरु लाई आफ्नो सैनिक बनायो आर्को तिर देशका जनता र भारतिय जनताको सदियौँ देखिको मित्रताले गर्दा भारतमा हुने स्वधिन आन्दोलनको समर्थकहरु माथि बरबर दमन गर्न स्वयम उनै नेपाली नौजवानलाई प्रयोग गय्रो।त्यो बेलाको ईतिहाशलाई अध्यायन गर्दा नेपाली जनताहरु एकातिर ब्रिटिश हुकुमतको सिकार भयकाथिए भने आर्को तिर राणाहरुको दमन झेल्नु परेको थियो त्यसको बावजुद भारतिय स्वतन्त्र संग्रामलाई सक्दो सहयोग गरेका थिए।
यहि परमपरा लामू समय सम्म रहँदै आएकोछ।भारतको आजादि पछि पनि यो परमपरा रहँदै आएकोछ।हामीले अहिले पनि भारतिय र नेपाली जनताको मित्रता लाई प्रघाढ बनाउँने प्रयात्न गर्दै आएकाछौँ भने भारतिय प्रसाशनले नेपालीहरुलाई सिमानाहरुमा दमन गर्दै आएकोछ।त्यो बेला ब्रिटिश हुकुमतले एकलौटी सन्धिगरेर
टिष्टा तेखुन सतलज सम्मको नेपाली भुभाग सुगौलिको सन्धिले भारतमा गाभ्यो।एकातिर भारतको आजादिका लागि नेपाली जनताले बलिदानिपुर्ण शंघर्ष गरेर भारतलाई आजाद बनाउँनमा योग दान दिए आर्को तिर उनै नेपालीका छोराहरुले ब्रिटिशको सेना भएर आफ्नै सन्तानको खेदो खन्यो।
भारतको आजादि पछि ठिक अंग्रेजहरुको पद चिन्हमा हिंडेर नेपाली युवाहरुलाई आफ्नो मुट्ठिमा गराएर नेपालको दोहन गर्ने भारतिय रणनीति रह्यो।नेपालमा बिकाश नहुँनु भनेको वास्तबिक रुपमा पहिलो गोर्खा भर्ति केन्द्र र दुस्रो असमान सन्धि भनेर चिन्निने भारत र नेपालको बिचमा भएको शान्ति तथा मैत्रि सन्धिले गर्दा हो।
हामीलाई बिदेशीले एक आर्का बाट छुट्याउँने र आफुले फाईदा लिने गर्दै आयो।हामीले उनिहरुको शड्यन्त्रलाई बुझ्न नसकेर वा क्षाणिक लालचमा परेर त्यहि गय्रौँ।अहिले पनि त्यस्तै गर्दै आएकाछौँ।समाजलाई जातिको नाउँमा बिभाजन गराएको शामन्तहरुले आफ्नो स्वार्थ पुरागर्नलाई थियो।राजनीतिक रुपमा भिडाएर स्वार्थ लिन बिदेशीहरुको भुमिका रंहदै आएकोछ।
भारतको आजादि पछि सिक्किमको अबस्था ठिक नेपालको अबस्था जस्तै गराएर अन्तिममा सिक्किम भारतको प्रान्तनै भयो।सिक्किम साँचैभन्दा स्वतन्त्र राष्ट्रनै थियो।जो अहिले भारतको एउटा प्रान्त भएकोछ।
भारत आजाद हुनेभन्दा पहिलि भारतमा जातिय हिंशा गराएर हिन्दु र मूश्लिमको बिचमा ठुलो दरार गरायो।मोहमद अलि जिन्नालाई उक्साएर सम्बिधान सभाका सदस्यहरुलाई नै टुक्रा पाय्रो।हिँन्दु र मूश्लिमको बिचमा एति ठुलो दरार पैदा गय्रो कि आखिर उनिहरुले आफ्नै देशलाई दुई टुक्रा पार्यो।त्यो लावा त्यँहि रोकिएन भारतको पहलमा पाकिस्तानका दुई टुक्रा पुर्वि पाकिस्तान टुक्रिएर बाङ्गला देशबन्यो।तर लडाई रोकिएन जम्मु काश्मिरलाई भारतले आफ्नो बनायपछि भित्रभित्रै अँझै आगो बोलिरहेकोछ।उनिहरुलाई अंझै धेरै समय लाग्नसक्छ।
जातिय द्वौन्ध भनेको देश लाई खतम पार्ने माध्याम हो।यो सितिमिति सकिदैन भनेर बुझ्न गारोपर्दैन मूश्लिमहरुको बिचमा पनि सिया र शुन्नि जातिले गर्दा आपसमा ठुलो शंघर्ष चलिनै रहेकोछ।अहिले दुई दसक पछि तालिवानिहरुको अफगानिस्तानमा सरकार फर्किएकोछ उनिहरुको ब्यबहारले सरकारको उमेर निर्धारित गर्नेछ।जनतामा मेलखाने बिचार देशको हितमा देशको माटो सौउँदो बिचारले मात्रै राष्ट्रीयतालाई बलियो बनाउँन सक्छ।हाम्रो बिचको एकता बलियो हुन्छभने कुनैपनि दुष्ट आई लाग्नेछैन।त्यसैले हामीले सबै स्वार्थलाई त्यागेर एकमना एकता गरेर जानुपर्छ यहि समयको पनि मागहो।हामिले एउटा देशको मात्र झण्डा उठाउँन किन सक्दैनौँ?हाम्रो देश रहेछ भने हामिले आ-आफ्ना पार्टीको लागि लडौँला, जातिय बिभेद लैङ्गिय बिभिध लगायत तमाम सामाजिक बिभेदहरुका बिरुद्धमा लडौँला तर अहिले को आबसस्याकता राष्ट्रीयताकोछ।

चर्चामा

सम्बन्धित समाचार