शुक्रबार, अशोज १, २०७८
  • होमपेज
  • समाचार
  • चट्याङ लागेर लमजुङमा पाँच भैंसी मरे

चट्याङ लागेर लमजुङमा पाँच भैंसी मरे

  • बुधबार, भदौ ३०, २०७८
चट्याङ लागेर लमजुङमा पाँच भैंसी मरे

लमजुङ –– लमजुङको क्व्होलासोंथर गाउँपालिका-४ भुजुङको लेक स्यालुमा चट्याङ लागेर पाँच वटा लैनो भैंसी मरेका छन् ।

चरनक्षेत्रमा पानी परेपछि ओत लाग्न रुखमुनि रहेका बेला चट्याङ खस्दा भैंसी मरेका किसान रुनबहादुर गुरुङले बताए ।

सोमबार साँझ करिब ५ बजे परेको चट्याङले आफ्नो मात्रै ३ वटा भैंसी मरेका उनले बताए । बाँकी भैंसी वीरबहादुर गुरुङ (इना) का हुन् । किसानको करिब ३ लाख ५० हजार रुपैयाँ नोक्सान भएको स्थानीय नौराज गुरुङले बताए ।

चर्चामा

सम्बन्धित समाचार