शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • आजको राशिफल : कुन राशिका लागि आजको दिन शुभ ?

आजको राशिफल : कुन राशिका लागि आजको दिन शुभ ?

  • शनिबार, भदौ २६, २०७८
आजको राशिफल : कुन राशिका लागि आजको दिन शुभ ?

वि.सं.२०७८ साल भदौ २६ गते । शनिबार । ईश्वी सन् २०२१ सेप्टेम्बर ११ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि–पंचमी, बेलुकी १० बजेर ०१ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–स्वाती, दिउसो ०२ बजेर ४० मिनेट उप्रान्त विसाखा । योग–ऐन्द्र, बेलुकी ०६ बजेर ४७ मिनेट उप्रान्त वैधृति । करण– बव, बिहान ११ बजेर १० मिनेट उप्रान्त बालव, बेलुकी १० बजेर ०१ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–तुला ।

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ४७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ११ मिनेट । दिनमान ३१ घडी ०१ पला । ऋृषिपञ्चमीव्रत,सप्तर्षिपूजा, कोखजाविय, धर्मविनायक राष्ट्रिय रथयात्रा ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) यात्राका क्रममा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । औषधीजन्य व्यापारमा लगानी गर्नेहरूले मनग्गे आम्दानी गर्न सकिने तथा आर्थिक रूपमा सम्पन्न हुने समय रहेको छ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) स्वास्थ्यले साथ दिने हुँदा साहसिलो काम गर्न सकिनेछ । नयाँ ठाउँको भ्रमणमा रमाउन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) १९ पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात लाग्ने योग रहेको छ भने बौद्धिक,साहित्यिक तथा सिर्जनात्मक क्षेत्रमा समय लगानी गरी आम्दानी बढाउन सकिनेछ । आकस्मिक धन तथा सम्पत्ति हात लागि हुने योग रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आफन्त सँगको सम्बन्ध सुधार गर्दै अगाडी बढ्न सके फाइदा हुने योग रहेको छ । कृषि,सहकारी तथा पशुपालन व्यावसायबाट भने आम्दानी केही मात्रामा बढाउन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) छोटो तथा रमाइलो यात्रा तय हुनेछ । माया प्रेम तथा पति पत्नी बीच विश्वासको वातावरणमा थप प्रगाढता आउनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सामाजिक सभा समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ भने बोलीको प्रभाव बढ्ने तथा महत्त्वपूर्ण कामहरू आज नै फत्ते गर्नु उचित हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) माया प्रेममा सामीप्य बढेर जानेछ भने घर परिवार तथा आफन्त बीचको सम्बन्धमा सुधार भएर जानेछ । सुन्दर तथा विलासी वस्तुहरूको प्रयोग मार्फत अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) स्वास्थ्यमा गडबड आई दैनिक कामकाज बिग्रने खतरा रहेको छ सचेत रहनुहोला । पढाइ लेखाइमा मन नजाने तथा अल्छी गर्नाले नतिजा बिग्रनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) घर परिवारमा आत्मियताको भाव बढ्नेछ भने मित्रताको बन्धन कसिलो भएर जानेछ । नयाँ प्रकृतिको काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यवसाय फस्टाएर जानेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईंको काममा सहयोग हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) लामो दूरीको शैक्षिक तथा धार्मिक यात्रा हुने प्रशस्त सम्भावना रहेको छ । सरकारी तथा प्रशासनिक काम समयमा सम्पादन गर्न सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समय मध्यम रहेकोले कुनै व्यापार व्यवसायमा लगानी गर्नको लागि केही दिन कुर्नुहोला । माया प्रेममा अविश्वास तथा धोका हुने अधिक सम्भावना रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार