शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • प्रा.डा. आत्रेयको स्मृतिग्रन्थ र कृति लोकार्पण कार्यक्रम सम्पन्न:-

प्रा.डा. आत्रेयको स्मृतिग्रन्थ र कृति लोकार्पण कार्यक्रम सम्पन्न:-

  • शुक्रबार, भदौ २५, २०७८
प्रा.डा. आत्रेयको स्मृतिग्रन्थ र कृति लोकार्पण कार्यक्रम सम्पन्न:-

मिति २०७८ भाद्र २१ गते सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनमा दुई कृति लोकार्पण भएका छन् । चार दर्जन कृतिका कृतिकार कीर्तिशेष प्रा.डा बिष्णुराज आत्रेय, जो नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक एवं पूर्व व्याकरणविभागाध्यक्ष, नेपाल चेयर, काशी हिन्दु विश्वविधालयका र भाषा विज्ञान विभाग सम्पूर्णानन्द संस्कृत विश्वबिधालयका भिजिटिंग प्रोफेसर पनि हुनुहुन्थ्यो।

प्रा.डा बिष्णुराज आत्रेय” लाटो साथी” ज्यूको वार्षिक पूण्यतिथिको अवसरमा उहाँकै स्मृतिमा निकालिएको स्मृतिग्रन्थ “ स्मृतिमा प्रा. डा. विष्णुराज आत्रेय लाटोसाथी “ र उहाँकै अन्तिम ऐतिहासिक पुस्तक “ वररुचि कात्यायन “ को लोकार्पण का निमित्त आयोजित उक्त कार्यक्रम प्रज्ञा प्रतिष्ठानको पारिजात कार्यकक्षमा सम्पन्न भएको थियो । सो लोकार्पण कार्यक्रममा वहाँका परिवारका सदस्यहरूबाट धर्मपत्नी आर्या आत्रेय, ठूली छोरी डा. अलका आत्रेय चूडाल, माइली छोरी आज्ञा आत्रेय न्यौपाने , गंगा प्रसाद न्यौपाने लगायत विभिन्न सदस्यहरूको उपस्थिति रहेको थियो।
बाँकी सदस्यहरु देश बाहिर रहनु भएकोले वहाँहरुको भौतिक उपस्थिति हुन नसकेपनि जुम भर्चुअल मार्फत कार्यक्रममा सहभागीता जनाउनु भएको थियो।जुममा जोडिनु भएकी कान्छी छोरी प्रीति आत्रेयले बुबाको सम्झनामा स्मृति शुभकामना कविता सम्प्रेषण गर्नु भएको थियो सो कबितालाई कार्यक्रममा कार्यक्रम सञ्चालिका पवित्रा दाहाल द्वारा वाचन गरिएको थियो।कविताको अंश यसप्रकार थियो-

कार्यक्रम बनोस् भव्य आजको स्मृतिको दिन।
सम्झना शब्दले खाका कोरिएका सबै छिन ॥
लोकार्पण हुँदै ऐले बुवाका स्मृतिका कुरा।
कामना शुभ यो मेरो सम्झना प्रीतिका कुरा॥

प्रा. डा. बिष्णु राज आत्रेयज्यूका पाँच सन्तानहरु क्रमश: जेठी छोरी- डा. अलका आत्रेय चूडाल,माहिली छोरी – आज्ञा आत्रेय न्यौपाने, कान्छी छोरी- प्रीति आत्रेय ज्ञवाली,जेठो छोरा – डा. आलोक आत्रेय र कान्छो छोरा – ई. अलंकार आत्रेयको संयोजकत्व र डा. अलका आत्रेयको प्रमुख सम्पादनमा स्मृतिग्रन्थ तयार पारिएको थियो जसमा कवि वैरागी जेठाले पनि विशेष सहयोग गर्नुभएको थियो । स्मृतिग्रन्थको प्रकाशन “प्रा.डा.विष्णुराज आत्रेय लाटोसाथी स्मृति प्रतिष्ठान” ले गरेको थियो ।

” स्मृतिमा प्रा.डा.बिष्णु राज आत्रेय लाटो साथी” र “ वररुचि कात्यायन दुवै कृति नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेती एवं आत्रेयज्यूकी धर्मपत्नी आर्या आत्रेयले संयुक्त रूपमा लोकार्पण गर्नुभएको थियो। कार्यक्रमको प्रमुख आतिथ्य डा. गंगाप्रसाद उप्रेतीले र सभापतित्व प्रा.डा.विष्णुराज आत्रेय लाटोसाथी स्मृति प्रतिष्ठानका अध्यक्ष श्री विष्णु भन्डारीले गर्नुभएको थियो साथै प्रा.डा हेमनाथ पौडेल, डा.देवी नेपाल, डा. जगत प्रसाद उपाध्याय आदि विशिष्ट अतिथिको रूपमा रहनुभएको थियो ।

कोरोना कहरको कारण ठूलो संख्यामा उपस्थित हुन नसकेपनि काठमाडौंका विभिन्न स्थानबाट र वहाँको जन्मक्षेत्र लुम्बिनीबाट साहित्यकार हरुको बाक्लो उपस्थिति रहेको थियो।
नेपाली राष्ट्रिय गानबाट सुरू गरिएको कार्यक्रममा विभिन्न वरिष्ठ साहित्यकार ज्यूहरुले शुभकामना मन्तब्य दिनुभएको थियो। कार्यक्रमको दोश्रो चरणमा पुस्तक बिमोचन भए पश्चात विशिष्ट अतिथिहरू एवं प्रमुख अतिथिज्यूले कृतिकार साहित्यकार आदरणीय प्रा. डा. बिष्णुराज आत्रेयज्यूले नेपाली साहित्यमा दिनु भएको योगदानको बारेमा चर्चा परिचर्चा गर्दै उहाँको निधनले देशलाई अपूरणीय क्षति भएको कुरा गर्नुभएको थियो । तीन घण्टा सम्म चलेको उक्त कार्यक्रम पवित्रा दाहालले सञ्चालन गर्नु भएको थियो, जसमा डा. अलका आत्रेयले स्मृतिग्रन्थबारे प्रकाश पार्नुभएको थियो । डा. देवी नेपालले वररुचि कात्यायन पुस्तकको समीक्षा गर्नुभएको थियो । लक्ष्मी गौतमले आत्रेयज्यूकै संस्कृत महाकाव्य कृति “हनूमदयनम्” बाट मंगलाचरण गर्नुभएको थियो । त्यस्तै आज्ञा आत्रेय न्यौपानेले बुवा डा. आत्रेयकै अन्तिम कविता जुन छन्दसम्बन्धी थियो त्यसैको सस्वर कविता वाचन गर्नुभएको थियो । सुबोध शुक्लाले उहाँको स्मृतिमा संस्कृतमा मन्तव्य, वैरागी जेठा लगायत अन्य व्यक्तित्वहरूले पनि डा. आत्रेयलाई स्मरण गर्दै आफ्नो मन्तव्य राख्नुभएको थियो ।

बालकुमार क्षेत्री” साइनो” 

चर्चामा

सम्बन्धित समाचार