दार्चुला — दार्चुलामा एक युवक घरभित्रै झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ४ खंलगामा शुक्रबार बिहान एक युवक घरभित्रै झुण्डिएको अवस्थामा मृत फेला परेका हुन ।
जिल्ला कारागारको छेउमै रहेको घरभित्रै जगतराम चुनाराका १८ वर्षीय छोरा राहुल चुनारा कोठाभित्र झुण्डिएकोे अवस्थामा मृत फेला परेको प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र बहादुर चन्दले जानकारी दिए ।
सूचना अधिकारी चन्दका अनुसार आज बिहान साढे नौ बजेतिर चुनारा कोठाभित्र झुण्डिएको अवस्थमा मृत फेला परेका हुन । मृतकले विगतका दिनमा लागुपदार्थ सेवन गर्ने गरेको स्रोतले जनाएको छ । घटनाको प्रकृति हेर्दा आत्महत्या जस्तो देखिएको भएपनि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।