बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाचार
  • रुपन्देहीमा चट्याङ लागेर १ जनाको मृत्यु, ३ जना घाइते

रुपन्देहीमा चट्याङ लागेर १ जनाको मृत्यु, ३ जना घाइते

  • शुक्रबार, भदौ २५, २०७८
रुपन्देहीमा चट्याङ लागेर १ जनाको मृत्यु, ३ जना घाइते

बुटवल — रुपन्देहीको मर्चवारमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

जिल्लाको मर्चवारी गाउँपालिका वडा नम्बर ३ रायपुर कोमरवाका अन्दाजी १५ वर्षीय श्यामसुन्दर यादवको चट्याङ लागेर मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता सत्य नारायण थापाले जानकारी दिए ।

बिहीबार साँझ करीब ५ः३० बजे यादवसित दुई जना खेतबाट घाँस काटेर आउने क्रममा चट्याङ लागेको थियो । श्यामसुन्दरसँगै रहेका ११ वर्षीय सन्तोष यादव घाइते भएका छन् ।

यसैगरी सोही समयमा मर्चवारी १ कोटहिहवाको इन्द्रवती यादव, माया यादव, गौरी यादव र विश्वनाथ यादव पनि चट्याङबाट घाइते भएको थापाले बताएका छन् ।

घाइतेहरूलाई उपचारका लागि भैरहवा पठाइएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार