शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • छिमेकीलाई कुटपिट गरी गम्भीर घाइते बनाएको अभियोगमा पक्राउ

छिमेकीलाई कुटपिट गरी गम्भीर घाइते बनाएको अभियोगमा पक्राउ

  • बिहिबार, भदौ २४, २०७८
छिमेकीलाई कुटपिट गरी गम्भीर घाइते बनाएको अभियोगमा पक्राउ

धनुषा — प्रहरीले छिमेकीलाई कुटपिट गरी गम्भीर घाइते बनाएको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । प्रहरीले २५ वर्षीया छिमेकी महिलालाई कुटपिट गरी गम्भीर घाइते बनाएको अभियोगमा शहिदनगर नगरपालिका(६ हठिपुर बस्ने २० वर्षीय कृष्ण पासवानलाई बुधबार दिउँसो पक्राउ गरेको हो ।

बाख्राको विषयलाई लिएर कृष्ण र उनकै बुबा ३५ वर्षीय श्याम पासवानले ती महिलालाई कुटपिट गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय यदुकुहाबाट खटिएको प्रहरीले कुटपिट गर्नेमध्ये कृष्णलाई पक्राउ गरेको हो । घाइतेलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ पठाइएको छ । हाल फरार श्याम पासवानको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार