• होमपेज
  • समाचार
  • लाइसेन्सको रि-ट्रायल भदौ २७ देखि खुल्ने

लाइसेन्सको रि-ट्रायल भदौ २७ देखि खुल्ने

  • आइतवार, भदौ २०, २०७८
लाइसेन्सको रि-ट्रायल भदौ २७ देखि खुल्ने

बागमती प्रदेश अन्तर्गत यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमति पत्रको रि-ट्रायल परीक्षा यही भदौ २७ गतेदेखि खुलाउने भएको छ।

ललितपुरस्थित एकान्तकुनामा भदौ २७ देखि बिहान १०:३० बजेदेखि सुजुकी ड्राइभिङ स्कुल प्रालि एकान्तकुनामा रि-ट्रायल परीक्षा हुनेछ।

आइतबारदेखि बुधबारसम्म वर्ग (ए) र (के) दैनिक दुई सय जनाको रि-ट्रायल हुनेछ भने वर्ग (बी) को दैनिक एक सय जनाको रि-ट्रायल हुने कार्यालयले जनाएको छ।

बिहीबार भने वर्ग (एफ) को एक सय ५० जना र वर्ग (जी) को एक सय जनाको रि-टायल हुनेछ। कोरोनाका कारण संख्या निर्धारण गरेर रि-ट्रायल गर्न लागिएको हो।

एक वा दुईपटक ट्रायल असफल भएका तर १८ महिना नकटेका सेवाग्राहीले फारम भरेर शुल्क बुझाएपछि ट्रायल दिन पाउँछन्। शुक्क बुझाएको दिन ट्रायल हुने दिनबारे कार्यालयले जानकारी दिनेछ। प्राय: २४ घन्टापछि ट्रायल दिन पाइनेछ।

कार्यालयले २०७८ वैशाख १४ मा लिखित परीक्षा पास तथा वर्ग थप समेतको ट्रायल परीक्षाका लागि भदौ २० देखि २२ सम्म सम्पर्क कार्यालयमा गर्न भनेको छ भने ट्रायल भने भदौ २३ गतेदेखि हुनेछ।

२०७८ वैशाख १४ गतेभित्र राजश्व तिरेर लिखित बाँकी रहेका नयाँ तथा वर्ग थपका सन्दर्भमा भदौ २० मा सम्पर्क गर्न र लिखलित भदौ २१ र पास भएमा ट्रायल भदौ २५ गते हुनेछ।

भदौ १५ मा बायोमेट्रिक भई राजश्व तिर्न बाँकी रहेकाहरूले भदौ २० मा सम्पर्क गर्न र भदौ २५ मा राजश्व तिर्न पाउँछन् भने भदौ २८ मा लिखित र लिखित पास भए असोज १ गते ट्रायल दिन पाउँछन्।हेर्नुस् सूचना:

चर्चामा

सम्बन्धित समाचार