शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • समाचार
  • बल्छीमा परेको सर्पजस्तै माछा टोक्दा गयो ज्यान

बल्छीमा परेको सर्पजस्तै माछा टोक्दा गयो ज्यान

  • आइतवार, भदौ २०, २०७८
बल्छीमा परेको सर्पजस्तै माछा टोक्दा गयो ज्यान

दाङमा अढैया जातको माछा दाँतले टोकेर बहोस भएका एक ब्यक्तिको मृत्यु भएको छ । लमही नगरपालिका वडा नं. १ सुनडबरीका ४९ बर्षीय खिमबहादुर घर्तीले शनिबार दिउँसो स्थानीय कुलोमा बल्छी लगाएर तानेको अढैया जातको माछा मार्न आफ्नै दाँतले माछाको टाउकोमा टोकेका थिए ।

माछाको टाउको टोके लगत्तै घर्ती बेहोस भएपछि उनलाई लमही अस्पतालमा पु¥याएपनि चिकित्कसले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रमुख एसपि सुरेशप्रसाद काफ्लेले बताए ।

वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरिक्षक राजन पौडेलले दिउँसो साढे ३ बजेतिर घर्तीलाई अस्पताल पु¥याउँदा मृत्यु भइसकेको बताए ।

घर्ती शनिबार दिउँसो श्रीमतीका साथ स्थानीय कुलोमा बल्छी लगाएर माछा मार्न गएका थिए । उनको बल्छीमा सर्प जस्तै देखिने झन्डै एक हात जति लामो अढैया जातको माछा परेपछि बाहिर तानेका थिए । तर, माछा फटफटाउन थालेपछि घर्तीले माछाको टाउको आफ्नै मुखले टोकेर कच्याककुचुक पारेपछि उनी बेहोस भएको प्रहरी निरिक्षक पौडेलले बताए ।

उनी बेहोस हुनासाथ श्रीमतीले गाउँलेलाई बोलाएर तत्कालै श्रीमानलाई अस्पताल पु¥याएकी थिइन् । ‘ अस्पताल ल्याउन झन्डै ४५ मिनेट जति लागेको अनुमान गरिएको छ,’ प्रहरी निरिक्षक पौडेलले भने ‘ त्यस बीचमा घर्तीको मृत्यु भइसकेको थियो ।’

प्रहरी निरिक्षक पौडेलले मृत्युको स्पष्ट कारण पोष्टमार्टम रिपोर्ट आए पछि खुल्न बताए ।

चर्चामा

सम्बन्धित समाचार