शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • समाचार
  • सिद्दी स्मृति अस्पतालको लापरवाहीले सुत्केरीको मृत्यु भएको आरोप,

सिद्दी स्मृति अस्पतालको लापरवाहीले सुत्केरीको मृत्यु भएको आरोप,

  • शुक्रबार, भदौ १८, २०७८
सिद्दी स्मृति अस्पतालको लापरवाहीले सुत्केरीको मृत्यु भएको आरोप,

भक्तपुरको सिद्दी स्मृति अस्पतालको लापरबाहीले सुत्केरी महिलाको मृत्यु भएको भन्दै आफन्तले धर्ना दिएका छन् । काभ्रेको मण्डनदेउपुर नगरपालिका–१ ढाडा गाउँकी ३० वर्षकी सुत्केरी रिता तामाङको शुक्रबार बिहान १० बजे त्रिवि शिक्षण अस्पताल मृत्यु भएको हो ।

घरबाट १५ गते अस्पताल आउँदा सकुशल आएकी तामाङको सोही दिन ४ बजे अपरेसन गरेर बच्चा निकालिएको आफन्तले बताए । बिरामीको अवस्था जटिल भएपछि मात्रै १७ बिहान सिद्दी स्मृति अस्पतालले शिक्षण अस्पतालमा थप उपचारका लागि पठाएको मृतकका जेठाजु लोकबहादुर तामाङले बताए ।

‘अस्पतालको १०० प्रतिशत लापरबाही हो, उपचारमा लापरबाही गर्ने डाक्टरलाई कारवाही गर्नुपर्छ’ उनले भने । अहिले मृतकका श्रीमानसहित अस्पताल प्रशासनबीच वार्ता भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार