बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • समाचार
  • कैलालीकी युवती करेन्ट लागेर मृत्यु

कैलालीकी युवती करेन्ट लागेर मृत्यु

  • बिहिबार, भदौ १०, २०७८
कैलालीकी युवती करेन्ट लागेर मृत्यु

कैलाली —  कैलालीकी एक युवतीको करेन्ट लागेर मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–५ बस्ने ४० वर्षीया सोनिया रानाको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

बुधबार साँझ कञ्चनपुरको बेलौरी नगरपालिका–५ भकुण्डास्थित माईती घरमा मोटरको तार खुट्टामा अल्झिएर करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको ईशान मेमोरियल अस्पताल बेलौरीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

चर्चामा

सम्बन्धित समाचार