मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • अंधभक्ती एक खतरनाक पाटो!

अंधभक्ती एक खतरनाक पाटो!

  • बुधबार, साउन १३, २०७८
अंधभक्ती एक खतरनाक पाटो!

सुरेशकुमार पान्डे — आज अंधभक्त कार्यक्रताले राजनीतिलाई दुशित बनाएकाछन।हाम्रो देशमा राजनीतिको दरिलो पाटो छैन,एसका पछाडि दुईवटा कारणहरुछन।प्रथम देशभित्रका सोझा ग्वालेजनता जस्ले साराजीवन आध्यात्मिक घेरामा हुर्के,उनिहरुलाई कम्युनिष्ट भन्नु वा कांग्रेस भन्नु मावादी र अन्य कुनै दल भन्नु खासै फरक हुँदैन उनिहरुले पार्टीलाई मात्रै चिनेकाछन।त्यो पनि हिंजोका प्रधान पञ्च अलि हुनेखाने गाउँको फटाह जस्तालेनै जीतेको हुन्छ। त्यो कम्युनिष्ट भयपनि नभ एपनि खासै त्यसले महत्व राख्दैन।
पार्टिको आन्तरिक नैतिक्ताबारेमा थाहानै छैन।कम्युनिष्ट पार्टीको उदेश्य लक्ष र कम्युनिष्ट बन्नकालागि के गर्नुपर्छ त्यसबारेमा उनिहरुलाई थाहानैछैन।कांग्रेसको उदेश्य केहो कम्युनिष्टको उदेश्य केहो त्यसको बारेमा जनतालाई नेताले जस्तो पाठ पढाए त्यहीमात्र बुझेका हुन्छन।पार्टीको सदस्य चन्दा काटेपछि उनिहरुले आफुलाई त्यो पार्टीको सम्झिन्छन।कोई कसैको प्रभावमा आएका हुन्छन कोई कसैको प्रभावमा संगठित भएका हुन्छन।जस्ले जेसिकाउँछ उनिहरुले त्यहि सिक्छन।गरिब सुकुमबासि कर्मि र गोठालाहरुको पार्टी कस्तो हुनुपर्छ त्यो भन्दापनि गरिबहरु कुनैन कुनै धनी वा जानकारको भ्रममा आउँछन।कोई कसैको प्रभावमा त कोई कसैको प्रभावमा आएका जनतालाई उनिहरुले एउटा गुटको रुपमा उपयोग गर्दै आएका हुन्छन।नेताहरुको लागि के गर्नुपर्छ त्यो गर्न तैयार हुन्छन लड्न र मर्न तैयार हुन्छन।आफुलाई कम्युनिष्क भन्नेहरुको आचरण र अरुपार्टीहरुको आचरण र नैतिक्ता ब्याबहार बारे उनिहरुले बुझ्नै सक्दैनन्।गाउँका गोठाला घाँशीहरु जो दिनरात ग्वाला र लाला बावाको सेवाचाक्रीमा जुटेका हुन्छन उनिहरुले न त कार्ल मार्क्सको पुँजी अध्यायन गरेका हुन्छन न कम्युनिष्टको घोसणा पत्र र बिधान लाई अध्यायन गरेका हुन्छन।वास्तबिक रुपमा भन्नुपर्दा जुन बर्गलाई कम्युनिष्ट ब्यबस्था चाहिन्छ त्यो बर्ग अंझै धेरैपछि छ।अहिलेपनि कम्युनिष्ट पार्टीको लगाम निम्न पुँजिवादीहरुको हातमा निहितछ।त्यसैले कम्युनिष्टलाई संसोधन गरेर आफुलाई जस्तो आबस्याकताछ त्यस्तै पर्कारको पार्टी तैयार पारेका हुन्छन।उनिहरुले कम्युनिष्टबिचार धारालाई तिनि जनताको माझमा पुराउँछन जस्लाई कम्युनिष्टको क को बारेमा पनि जानकारी हुँदैन।त्यसैको परिणाम कम्युनिष्टको सिधान्तलाई अवसरबादीहरुले बदलेर आफ्नो हित अनुकूलको बनाउँछन।जनता त जनता हुँन स्वयम कम्युनिष्टका सदस्य वा कार्यक्रता समेतले नेताको हँ मा हँ मिलाएर तालि पड्काई दिन्छन।यस्ता दुईटा खाले कार्याक्रता हुन्छन एउटो त्यो जो लपम्ट हुन्छ दोस्रो दलला वा चम्चा हुन्छ।जस्ले चम्चागिरिमा नै आफ्नो भबिश्य देखेको हुन्छ।अर्को लम्पट जस्लाई कम्मुनिस्टको क पनि थाहाछैन त्यो ब्याक्तिले कम्युनिष्टको दस्ताबेज केकामको जस्लाई अध्यायन गर्ने खांचोनैछैन।
नेपालमा कम्युनिष्ट भनौदाहरुको हांगाबांगा हुनु यस्तै कारणले हो।अहिले देशमा कम्युनिष्टलाई चाहानेहरुको बहुमतछ तर कम्युनिष्ट को बिउ पनि छैन,भयको भएपनि अपवादको रुपमा होला त्यो पनि ओझेलमा छ।
प्रतेक कम्युनिष्टको गुटमा कार्यक्रताहरुछन तिनिहरुले जानेर वा अञ्जानेमा कम्युनिष्टलाई बद्नाम गरेका हुन्छन।
कम्युनिष्ट भनेकोनै एउटा लोह अनुसासन र मिलिटैन्ट पार्टीहो।जस्ले मार्क्सवाद लेनिनवाद र माओ त्सेतुङ्ग बिचारधारालाई पदप्रदर्शक सिधान्तको रुपमा मान्दछ।मार्क्सवादले बर्ग शंघर्षको खाका कोरेको थियो त्यो मार्क्सवादलाई बर्ग शंघर्ष को माध्याम बाट सर्वप्रथमा रुसमा महान समाजवादी क्रान्ति सम्पन्न गराएर सन१८४८को त्यो घोषणा पत्रलाई सन१९१७मा महान अक्टुवर क्रान्तालाई सम्पन्न पारेर का.ब्लादिमिर ईल्याईच उल्यानोवले देखाए।समाजवादी क्रान्तिका लागि उन्ले जुन प्रकारको एउटा नयाँ प्रकारको सिधान्तलाई ब्यबहारमा उतारन सफल भएकाथिए।त्यो समाजवादी क्रान्ति त्यत्तिकै आएकोथिएन।बेला बखतमा हुने जनताको आन्दोलन जन शंर्घषको कठोर परिश्रम र त्यो बाटलिएको शिक्षाले सफल तुल्याएको हो।
महान अक्टुवर क्रान्ति गर्दा क.लेनिनले फ्रांस को राजधानी पेरिसमा भयको पहिलो पल्ट मज्दुरहरुले पुँजिपतिको सत्तालाई खोसेर आफ्नो हातमा सत्ता ल्याएर ऐतिहाशिक बनेका त्यो पेरिस कम्युन बाट र जर्मन क्रान्तिबाट शिक्षा लिएकाथिए।लेनिनले बर्गशंर्घषलाई निवको पत्थर जस्तो बनाएर त्यहि सिधान्तलाई मिन बनाएर शंघर्ष गरेकाथिए।विजय त्यत्तिकै हुँदैन त्यसको लागि धेरै त्याग र बलिदानको खाँचो पर्छ।महान अक्टुवर क्रान्तिले त्यसको ऐतिहाशिक पुष्टी गर्दछ।त्यस पछि पनि चीनमा नौलो जनवादी क्रान्तिको खाका कोरेर का.माओत्येतुङले सन १९४९मा जनतालाई कम्युनिजमको फर्मूला दिई सकेका थिए।कार्यक्रताहरु चनाखो भयपछि कसैलेपनि झ्यस्सै हातलगाउँन सक्दैनन्।तर नेता र कार्यक्रताको बिचमा केहि नलुखाएपछि मात्र देशले निकाश पाउँनेछ।कार्यक्रताले बिना कारण आफ्नो पार्टी भित्रका कुराहरु भाईर ल्याउँछन भने कसैले पनि राम्रो मन्दैन।संगठलाई ब्यबस्थि बनाउँनमा सधै अगाडि रहनुउ पर्छ।अन्यथा देशको सार्वभौम शक्ति अर्कैको हातमा जना सक्छ।यसलाई ध्यानमा रखेर सँगडनलाई दरिलो बनाउँ।मात्रै तालि पिटेर र टाउको अह्लाएर पार्टीको नत बिकास हुन्छ न पार्टी क्रान्तिकारी बन्छ।पार्टीलाई क्रान्तिकारी बनाउँनुछ भने अध्यायन गरेर नेताहरुले भनेको गलत बिचारको सैधान्तिक र अनुसाशित रुपमा खण्डन गरेर पार्टी भित्र गलत बिचार प्रवेशहुन बाट रोक्न सक्नु पर्छ।
कार्यक्रताहरुले अनुसाशनको पालना गरेर अध्यायन मनन गर्ने छलफलमा भागलिने र सहिलाई सहि गलतलाई गलत भनेर अगाडि भढेपछि एकन एकदिन देशमा नयाँजनवादी क्रान्ति पनि सम्पन्न हुनसक्छ।तर अंध भक्त भयर नेताको रैति बन्न थालियो भने कुनै पनि पार्टी संगठन लोप र नैतिक पतन भएर सकिन्छन।बैचारीक शंघर्षमा लगातार छलफल गर्दै सम्झौता हिन शंघर्ष गर्नुपर्दछ।त्यसपछि मात्र एउटा क्रान्तिकारी मिलिटेन्ट पार्टीको बिकाश भएर जानेछ।

चर्चामा

सम्बन्धित समाचार