बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • बसमा चेकजाँच गर्दा ब्राउनसुगर सहित ३ जना पक्राउ

बसमा चेकजाँच गर्दा ब्राउनसुगर सहित ३ जना पक्राउ

  • बिहिबार, साउन ७, २०७८
बसमा चेकजाँच गर्दा  ब्राउनसुगर सहित  ३ जना पक्राउ

दाङमा बस चेकजाँच गर्दा ब्राउनसुगर सहित ३ लाई प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्जबाट तुलसीपुर जाँदै गरेको बसमा चेकजाँच गर्दा ९ ग्राम ब्राउनसुगर सहित ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

नेपालगञ्जबाट तुलसीपुर आउँदै गरेको ना ४ ख ७२९४ नम्बरको यात्रुबाहक बस दमारगाउँ प्रहरी चौकीमा जाँचका क्रममा पक्राउ परेका हुन् ।

प्रहरीले तुलसीपुर उपमहानगरपालिका वडा नं.६ भीआइपी टोल निवासी ४५ बर्षीया चामुकुमारी विश्वकर्मालाई ७ ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको हो । उनले आफुले बोकेको झोलामा राखेर ब्राउनसुगर ओसारपसार गरिरहेको अबस्थामा पक्राउ गरिएको हो । यस्तै मोटरसाइकलमा सवार दुई किशोरलाई २ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको थियो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १ पैयाखोरे निवासी १८ बर्षीय प्रेमप्रकाश विकले चलाएको रा ५ प ८५१५ नम्बरको मोटरसाइकलको पछाडी सवार तुलसीपुर ४ निवासी १४ बर्षीय किरण विकले मास्क भित्र ब्राउनसुगर लुकाएको अबस्थामा दुबैजनालाई पक्राउ गरिएको हो । यस विषयमा थप अनुसन्धान शुरु भएको दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।

चर्चामा

सम्बन्धित समाचार