शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • क्रान्ति के हो र क्रान्ति कहिले हुन्छ?

क्रान्ति के हो र क्रान्ति कहिले हुन्छ?

  • सोमवार, साउन ४, २०७८
क्रान्ति के हो र क्रान्ति कहिले हुन्छ?

सुरेशकुमार पान्डे — क्रान्ति के हो अनि यो कहिले र कस्ले गर्छ यो प्रश्न उट्पट्याङ्ग जस्तो लागेको होला तर अहिले पनि यहि प्रश्न प्रमुख रुपमा हाम्रो माझमाछ।
प्रथमतःक्रान्ति केहो भन्नेबारेमा छलफल गर्नुपर्छ आखिरमा यो क्रान्ति कुनचरोको नामहो?क्रान्ति भनेको बर्तमान राज्य ब्यबस्थालाई ढालेर आमूल परिवर्तन गर्ने फर्मुलाहो।खास गरेर नेपालमा कम्युनिष्टको जनम न्युनतम नौलोजनवादी क्रान्ति गर्नको लागि आज भन्दा बहत्तर बर्ष पहिले गठन भयो।राणा साशनलाई पल्टाए र राजा सत्तासिन भए,राजालाई पल्टायौँ उनैका बन्धुभाई आए।जनताले सत्तासिन भएका प्रतिगामिहरु लाई फालेपनि उनिजस्तै आर्को क्रान्तिको तगारो भएर उभिन्छ।र वास्तबिक रुपमा जनताको हातमा सार्वभौमसत्ता आउँदा आउँदै फुत्केर असरवादको हातमा पुगेको हुन्छ।अब भन्नुपर्दा कम्युनिष्टहरुले गर्न खोजेको क्रान्ति नौलो जनवादलाई स्वयम कम्युनिष्ट बाटनै बंग्याएर झापा बिद्रोह पछिको अबस्था कस्तो भयो? वास्तबमा २०४६साल पछि बहुदलिय जनवादलाई नयाँ जनवाद भनेर जनतालाई उल्लु बनाउँने काम मदन भण्डारिबाट भएकोहो।त्यो कुरा हामिले उनि जिवित छँदै भनेका र भण्डाफोर्ड गरेकाहौँ।किन कि नया जनवादी क्रान्ति मुलतःपुँजिवादि क्रान्ति भएपनि त्यो ब्यबस्थामा सर्वहाराको नेतृत्व र मेहनतकस बर्गको अधिनायकत्व हुँने भयकोले बहुदलिए जनबाद र नयाजनवादमा जमिन र आकासको फरकछ।जनवाद र नयाँ जनवादमा धेरै फरकछ त्यसकारणले कम्युनिष्ट ब्यबस्था भित्रको नयाँ जनवादमा गरिखाने बर्गको अधिनायकत्व हुँनेभएकोले काममा जोड हुन्छ र काम गर्नेहरुको सम्मान हुन्छ।अहिले अल्छि भ्रष्टचारी कालाबजारीहरु जो बसिबसि हुकुम दिन्छन उनिहरुको काम गर्ने बर्ग माथि दवाबछ त्यो कम्युनिष्टहरुले गलत मान्छन।नैतिकताको आधारमा भन्नुपर्दा श्रमजीवीहरुको अधिनायकत्व र सर्वहारा बर्गले गरेको नेतित्वमा आधारित नौलो जनवादी ब्यबस्थालाई कम्युनिष्टहरुले न्युनतम र समाजवाद र साम्मेवादलाई अधिकतम कार्याक्रम मानेर आन्दोलन गर्दैछन।हिँजोका कम्युनिष्टहरु कोई दक्षिण पन्थि र कोई मध्यमपन्थि मोडेलका हुँदै पुँजिवादमा पतन हुँदै आएकोले उनिहरुले आफ्नो स्वार्थ पुराहुने देखेपछि त्यहि उनिहरुको क्रान्तिहुनजान्छ।त्यसकारण उनिहरुको मकसद सत्ता र भत्ताको लागि शंर्घष गर्नुनैहो।त्यसकारणले क्रान्तिकारी बर्ग अँझैपनि धेरै पछिछ।जस्ले क्रान्तिकारी लगामलाई छोपन्न सकेकैछैन।त्यस कारण क्रान्तिकारी बर्ग कोहो?भनेर प्रश्न तेर्छिन्छ।
अब क्रान्तिको बारे शंक्षिप्त चर्चा गरेपछि हामिले क्रान्तिकारी बर्गको बारेमा छोँटो छलफल गर्ने प्रयास गर्नेछौँ।आखिर क्रान्ति बाहक बर्गको हो?अहिले त्यो बर्ग क्रान्तिको छत र छाँया भन्दा धेरै परछ।सर्वहारा सुकुमवासि,भरिया लाहुरे भूमिहिन किसान आदि काम सँग जोडिएको कमेरा बर्गनै वास्तबिक अर्थमा क्रान्तिकारी बर्गहो।जबसम्म त्यो बर्गको हातमा लगाम जाँदैन क्रान्तिकारी कम्युनिष्ट पार्टिको नेतृत्व त्यो बर्गमा पुग्दैन तब सम्म नौलो जनवादि क्रान्तिको मात्र गफ चल्छ र त्यो नौलोजनवादलाई बंग्याउँने छल हुन्छ।
धेरैजसो ब्याक्तिहरुले प्रश्न गर्नुहुन्छ यो कम्युनिष्ट किन फुट्छ किन यो ठुलो पार्टि हुँदैन?त्यसको उत्तरमा भन्नुपर्दा कम्युनिष्ट भएर फुटेको हुन्छ।कम्युनिष्ट शभयको भए सबैसँग मिल्थ्यो जस्ले जेगरेपनि हुन्थ्यो।अनुसाशित पार्टीमा पटक पटक फुटहुन्छ।जबसम्म क्रान्तिकारीहरु को हातमा पार्टिको बागडोर जाँदैन तबसम्म यस्तैपर्कारको अबस्था रहिरहन्छ।तर हामिले पार्टी भित्रको फुटलाई राम्रो भयो भन्न खोजेको होईन पार्टी संगठन नफुटे हामि बलिया हुँने थियौँ तर त्यो हामिले चाहेर मात्रै हुँदैन।
आज पुँजिवादको हालिमुहालिछ र सदैभरि एकैनाशले शंर्घष गर्न कठिन हुन्छ।त्यसैले गर्दा बेला बखतमा शिर्ष ठाउँमा रहेका वा पेसेवर बनेकाहरु बिस्तारै सुख भोगि बन्दै जान्छन अनि त्यो नीतिलाई पार्टीमा लाधने प्रयात्न गर्छन त्यसैको परिणाम पार्टि संगठनमा फुट पर्ने पार्टीवाट बहिगर्मित हुँने कथाको सुरुवात हुन्छ।यस्तो जुनसुकै नेता र कार्याक्रतामा हुनसक्ने गुण होँ।
हामि भित्र सारमा गुण र बैगुण दुबैथरीछन तर कतिबेला कुन हैवी हुन्छ त्यसैमा निर्भर हुँनेकुराहो।कसैलाई गालि गरेर कसैको चरित्र हत्यागरेर क्रान्ति सम्पन्न हुँदैन।क्रान्ति गर्नको लागि आफैबाट सुरु गर्न सक्ने आँट राखौँ।आफ्नो ब्यबहार आचरणमा सुधार गर्नुपनि एउटा आफै सँग गर्ने क्रान्तिहो यदि हामिले आफै सँग क्रान्ति गर्न सक्दैनौँ बेला बखतमा हुने गलतिलाई हटाउँनु आत्मलोचना गर्न सक्दैनौ र त्यसलाई ढाक छोप गर्न थाल्छौँ त्यो हाम्रो पतनको बाटोहो। हामि रोगि भयको त्यसैले पनि पुष्टीगर्दछ।जँहा कार्याक्रताले टाउको हल्लाउँने तालि पिटेर मौन समर्थन गर्छन त्यसैले गर्दा पनि नेताहरुलाई बिग्रिने आधार बनाई दिएका हुन्छ।शहिलाई सहि भन्ने र गलतको खण्डन गर्ने प्रबृतिको बिकाश गरेर जानुपर्छ।तर अनुसाशनमा रहेर आ-आफ्नो ठाउँमा लेखित वा मौखिक रुपमा गलत प्रबृतिको बिरोध गर्नु पार्टीका जिम्मेवार नेता र कार्याक्रताको जिम्मेवारी बन्छ।
कयौँ आसेपासेले गर्दा यँहा क्रान्तिका गफ लगाएर आफ्नो दुनो सोझाउँन खोज्नेहरुको हरिबिजोग भएको हामिले देख्दै आएकाछौँ।बिगत बाट शिक्षा लिएर बर्तमानमा त्यसको रुपरेखा खिचेर भबिश्यको क्रान्तिकारी योजना बनाउँन हरेकसैले सकिदैन तर त्यसो गर्नैपर्छ।एउटा अखबारमा लामु लेख छापेर त्यो क्रान्तिकारी हुँदैन भन्नेकुरालाई बुझेर जमिनमा बसेर जमिनि शंर्घषमा भागलिएर जनताको बिचबाट अघि बढ्न सक्ने हैसियतलाई जन्माउँन सिकौँ।एउटा क्रान्तिकारीको जनता सँग हाड मासुको सम्बन्ध हुन्छ।त्यस पछि क्रान्तिकारीहरुको एकताले थुप्रो छद्मभेषिहरु लाई पाखा लगाउँदै जानसक्छ।अनि क्रान्तिकारी बर्गको नेतृत्वमा हुँने आन्दोलनले मात्र क्रान्तिलाई सम्पन्न पार्नेछ।त्यो बेला सम्मको लागि अहिलेको अबस्थालाई जनशंर्घषको रुपमा आफु आन्दोलित भएर अगाडि बढ्नु आजको बस्तुगत आबस्याकताहो।हाम्रो देशको भोगौलिक अबस्था र छिमेकिहरुको हाम्रो देशलाई हेर्ने बिस्तारवादी नीति खुल
सिमाना आदिले गर्दा पनि नेपाली जनक्रान्ति को आफ्नै प्रकारको बिसपिष्टता छ।जस्लाई गम्भिर रुपमा बुझ्न र दृघाकालिन योजनामा हामि चुक्यौँ भने त्यसको ठुलो नकारत्मक परिणाम ब्यहोर्नु पर्ने हुन्छ।

चर्चामा

सम्बन्धित समाचार